अनैतिक काममा जीन जिम्मेवार

काठमाडौ, मंसिर २५ - विभिन्न अनैतिक सम्बन्ध हुनुमा व्यक्ति नभई जिन जिम्मेवार हुन्छ । यस्तो हुनुमा चिटिङ जिन डीआरडी-४ को प्रमुख भूमिका रहने गरेको छ ।
न्युयोर्कका अनुसन्धाता जस्टिन गर्सियाका अनुसार कुनै पनि आफ्ना पुरुष वा महिला साथीलाई धोका दिँदै अन्य व्यक्तिसँग यौनसम्बन्ध राख्ने व्यक्तिहरूलाई चिटिङ जिन डीआरडी-४ ले नै त्यसो गर्न दुरुत्साहित गरेको हुन्छ । यो जिनका कारण नै कुनै पनि व्यक्ति अरूलाई धोका दिने, डि्रंक गर्ने, जुवा खेल्ने र बाहिरफेर यौनक्रियामा संलग्न हुने गर्छन् । त्यसैले चिटिङ जिन डीआरडी-४ लाई अनैतिक जीन पनि भनिन्छ ।
अनुसन्धाताका अनुसार यो जिन सबै व्यक्तिमा हुन्छ ।
यसले मस्तिष्कमा रहेको डोपेमाइनलाई क्रियाशील बनाउँछ । डोपेमाइनले कुनै पनि व्यक्तिलाई खुसी प्रदान गर्छ । तर जब डीआरडी-४ ले काम गर्न छोड्छ, त्यतिखेर सम्बद्ध व्यक्ति अनैतिक र खतरासँग खेल्ने व्यवहार गर्न थाल्छन् । अहिलेसम्म यस्तो व्यवहारका लागि व्यक्तिलाई नै जिम्मेवार ठहर्‍याइन्थ्यो । तर यो पछिल्लो अनुसन्धानले त्यस्ता व्यक्तिप्रति आममानिसको धारणा परिवर्तन गर्न तथा प्रभावितहरूलाई परामर्श र उपचारको माध्यमले सुमार्गमा ल्याउने बाटो खुलाएको छ ।
घामले भियाग्राको काम गर्छ
घामले शरीरका लागि आवश्यक भिटामिन 'डी'को आपूर्ति मात्र गर्दैन, यौनक्षमता वृद्धि (सेक्स ड्राइभ) का लागि आवश्यक टेस्टोस्टेरोन हार्मोनको अत्यधिक बहावमा समेत वृद्घि गर्छ ।
अस्टि्रयाको एउटा मेडिकल युनिभर्सिटीमा हालै गरिएको अनुसन्धानअनुसार घाम ताप्नाले पुरुषको शरीरमा भिटामिन 'डी'को मात्रा बढ्छ । अनि यसले पुरुषको सेक्स ड्राइभ बढाउँछ । यो हार्मोन माछामासुमा समेत पाइन्छ । जुन व्यक्तिको रगतमा प्रतिमिलिमिटर भिटामिन 'डी'को मात्रा बढी हुन्छ, उनीहरूमा पुरुष यौन हार्मोन टेस्टोस्टेरोनको स्तर समेत उच्च हुन्छ । एक घन्टा घाममा सेकिँदा टेस्टोस्टेरोनको स्तर ६९ प्रतिशतले वृद्घि हुन सक्छ । अनुसन्धाताहरूका अनुसार पुरुषको सेक्स ड्राइभ राम्रो पार्न भियाग्रा खानु वा सन बाथ गर्नु उस्तैउस्तै हो ।
घामले उमेर पनि बढाउँछ अनुसन्धानअनुसार नियमित रूपमा सन बाथ गर्ने महिलाहरू बढी बाँच्ने सम्भावना हुन्छ । स्विडेनको लुड विश्वविद्यालयको अन्कोलजी (ट्युमरसम्बन्धी क्यान्सर विज्ञान) विभागका प्राध्यापक हाकन ओलसनले यसबारे अनुसन्धान गरेका थिए । उनले के सावित गरेका छन् भने सूर्य स्नान (सनबाथ) का बेला पाइने भिटामिन 'डी'ले रगत जम्ने, मधुमेह र केही किसिमका ट्युमरविरुद्घ शरीरलाई आवश्यक प्रतिरोधी क्षमता दिन्छ ।
सूर्य स्नानबाट छालासम्बन्धी क्यान्सरको खतरा बढ्ने आमधारणा छ । तर ओलसनका अनुसार सूर्य स्नानले हामीलाई थुप्रै किसिमका ट्युमरसम्बन्धी जोखिमबाट जोगाउँछ । सूर्य स्नान गर्दा खुट्टामा रगत जम्ने समस्या नरहने उनी बताउँछन् । रगत जम्ने जोखिम जाडोमा बढी हुन्छ ।
प्रकाशित मिति: २०६७ मंसिर २६ ०९:२०

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out