रक्सीको नशामा छोरी बलात्कार

रोहित राई, धरान, मंसिर१३- छोरी बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। भोजपुर, मूलपानी-१ घर भई हाल धरान ८ मा डेरा गरी बस्ने ४२ वर्षीय कुमार गुरुङ छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।
उनले शुक्रबार राति १३ वर्षीय छोरीलाई बलात्कार गरेको प्रहरीको भनाई छ। घटनाको दुई दिनपछि आइतबार साँझमा मात्रै उनलाई प्रहरीले पक्राउ गरेको हो। छोरीले धरान १५, बगरकोटकी सानी आमालाई आइतबार दिउँसो जानकारी गराएपछि सानीआमाले नै घटनाबारे प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे सूचना पाए लगत्तै प्रहरी परिचालन गरेर बलात्कारी बाबुलाई पक्राउ गरेर कार्वाही अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डीएसपी दीपक रेग्मीले बताए। डिएसपी रेग्मीका अनुसार बाबुले रक्सीको नशामा छोरीलाई जर्बजस्ती गरेका थए। पीडित बालिकाको मेडिकल रिपोर्ट भने आउन बाँकी छ।

पीडित बालिकालाई सोमबार उप्का नेपाल नामक संस्थाले जिम्मा लिएको छ। बलात्कारी बाबुविरुद्ध सोमबार कान्छी आमा माया गुरुङले जाहेरी दिएकी छिन्। उनलाई मुलुकी ऐनको जबर्जस्ती करणी महल अर्न्तगत मुद्दा चलाइने डीएसपी रेग्मीले बताए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out