'आज त जानु पर्‍यो नि’

नारायण शर्मा/दीपेन्द्र बडुवाल-
चितवन, पुस १ - दुई दिनदेखि सार्वजनिक हिँडडुल गर्न नपाई प्रहरी नियन्त्रणमा रहेका पारस शाहले दिक्दारी मान्न थालेका छन् । दिनभरि प्रहरी तालिम केन्द्रमा बस्दा नरमाइलो मानेका उनले बुधबार आफ्ना सहयोगीमार्फत 'आज त जानुपर्‍यो नि, के भइराख्या छ ?' भन्दै दिक्दारी व्यक्त गरेका थिए ।
तालिम केन्द्रको भीआईपी सुविधामा रहे पनि शाह बुधबार बिहानैदेखि केही चिन्तित देखिएको स्रोतको दाबी छ । 'उनले बुधबार बिहान खाना खान रुचि देखाएनन्,' प्रहरी स्रोतले भन्यो, 'पारसले बारम्बार मैले के सहयोग गर्न सक्छु तपाईंहरूलाई भन्ने प्रश्न सोध्नुभयो ।'

शाहले बुधबार अधिकांश समय वकिल र अनुसन्धान अधिकृतसँग र केही साथीहरूसँग कुराकानी गरेर बिताएका थिए । आफूले सजिलो पारिदिएर मुद्दा छिटो टुंगिन्छ भने छिटो गरांै भन्ने आशय उनले व्यक्त गरेका थिए । शाहले आफ्ना घरपरिवारका सदस्यसँग पनि मोबाइलमार्फत कुरा गरेको स्रोतको भनाइ छ ।
शाहका वकिलहरूले स्वास्थ्य परीक्षण गराउनुपर्ने भन्दै उनलाई उपचारका लागि हाजिरी जमानीमा रिहा गराउने कसरत पनि गरेका थिए । तालिम केन्द्र बाहिरबाट उनलाई सहयोग गरिरहेका अधिवक्ताहरूले शाहलाई तत्काल मुटुको परीक्षण गराउनुपर्ने भन्दै निवेदन तयार पारेका थिए ।
प्रहरीले जायज ठानेमा तत्काल उपचारका लागि छोड्न सक्ने कानुनी व्यवस्थालाई आधार मानेर वकिलहरूले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २१ बमोजिम फेरि हाजिर हुने गरी छाड्न माग गरेका थिए । तर प्रहरीले त्यसो गर्दा झन् विवाद र तर्क बढ्ने भन्दै आनाकानी गरेपछि त्यो मुद्दा दर्ता नै गरिएन ।
शाहलाई राखेको तालिम केन्द्रमा दिनभरि सञ्चारकर्मीलाई भित्र पस्न दिइएन । जिल्ला प्रशासनमा बयानका लागि लैजाने होला भनेर बाहिर दिनभरि पर्खेका
सञ्चारकर्मी साँझ फर्किएका थिए ।
शाह बाहिर निस्किए नेपालको झन्डा फहराउँदै समर्थनमा नाराबाजी गर्न तयार रहेका उनका समर्थकहरूको पनि तालिम केन्द्रबाहिर दिनभरि बाक्लो उपस्थिति थियो । शाहका पुराना सहयोगी, रामनगरका झणीन्द्र भण्डारीको नेतृत्वमा रहेका युवाहरू शाह बाहिर नआउने जानकारी पाएपछि निराश भएर राजमार्गमा प्रदर्शनमा उत्रिएका थिए । बिहान ९ बजेपछि केन्द्रीय बस टर्मिनल (जसलाई पारस बसपार्क भनिन्थ्यो) अगाडि उनीहरूले प्रदर्शन गर्दै शाहका पक्षमा नाराबाजी गरेका थिए ।
उनीहरूले त्यहाँ केहीबेर पूर्व-पश्चिमको यातायातसमेत अवरुद्ध पारेका थिए । केहीबेरपछि नै उक्त जमातले चौबीसकोठीमा महेन्द्र राजमार्गको यातायात अवरुद्ध पारेको थियो । करिब एक घन्टापछि त्यो समूहले नारायणगढमा गई प्रदर्शन गर्न थालेपछि प्रहरीले उनीहरूलाई हटाएको थियो ।
जुलुसमा पुराना राजावादी र राप्रपा नेपालका कार्यकर्ता बढी देखिन्थे ।
पञ्चायतको स्मरण गर्दै (पुस १ गते) बिहीबार भैरहवामा शाहको प्रमुख आतिथ्यमा राखिएको पूर्वघोषित कार्यक्रम अन्योलमा परेको छ । उनको समर्थनमा नाराबाजी गर्न भैरहवा र वीरगन्जबाट पनि केही युवा भरतपुर ल्याइएका थिए । राति अबेरसम्म पनि उनका समर्थक तालिम केन्द्रवरपर छरिएका देखिन्थे ।
बिहीबार छुटेपछि शाहलाई 'पारस बसपार्क' सम्म पञ्चेबाजा र जुलुससहित हिँडाएर ल्याउने कसरतमा उनका समर्थकहरू लागेका छन् । 'उहाँले मन्तव्य तिमीहरू नै राख, मचाहिँ हेरौंला भन्नुभएको छ,' शाहका एक अगुवा समर्थकले भने ।

प्रकाशित मिति: २०६७ पुस १ ०९:०३

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out