बेबो चाहन्छिन् विहे र सन्तान

करिना कपुरको काम गराइ हेर्दा लाग्छ उनी चन्द्रमा पुगेर पनि धर्तीमा आउनुपर्ने हो । यो टिप्पणीमा हाँस्दै बलिउडकी बेबो भन्छिन् 'तपाईंको मुखमा घिउ र सख्खर छ । किनभने म चाहन्छु यो कुरा साँचो हुनुपर्छ । तर यस्तो स्थितीमा म चन्द्रमाबाट धर्ती फर्कन चाहन्न ।' करिनाका लागि यो वर्षको समाप्ती पनि उनी अभिनित हिट फिल्म 'गोलमाल ३' बाट हुँदैछ । जबकि बितेको वर्ष 'थ्री इडियट्स'को सफलतासँगै भएको थियो ।
यतिबेला करिना निकै उत्साहसँग आउँदो वर्षको सफलताको तयारीमा जुटिरहेकी छिन् । उनको नयाँ वर्षको सुरुआत साहरुख खानको 'रा वान'सँगै सुरु हुनेछ । यसपछि सलमान खानसँग 'बडीगार्ड', सेफ्ली खानसँग 'एजेन्ट बिनोद' र इमरान खानसँग 'सर्ट टम शादी' प्रदर्शन हुनेछन् । यसो भनिरहँदा बेबोले आफू कत्तिपनि महत्वाकाङ्क्षी नभएको प्रतिकि्रया दिइन् ।
प्रदर्शनका लागि पाइपलाइनमा रहेका सिनेमाबारे करिना भन्छिन् 'म अभिनयमा इन्जोय गर्छु । यसबाहेक मैले केहीलाई पनि सम्झन चाहन्न । सबैभन्दा ठूलो कुरा तपाईंलाई जुन काममा मजा आउँछ उक्त कुरामा शिकायतको गुन्जायस पनि हुँदैन । यति व्यस्तताको बीच प्रेमका लागि समय पनि हुँदैन ।'
सेफ्लीसँग गुपचुप विहेलाई मजाकमा उडाउँदै करिना भन्छिन् 'मैले आफ्नो सम्बन्धलाई लिएर कहिल्यै पनि गोपनियता दर्शाइँन । अहिले पनि यसबारेमा म कुर्ली-कुर्ली बोल्न पनि चाहन्न । तर यो यस्तो कुरा हो जसलाई म कहिल्यै पनि लुकाउँदिन । सेफसँगको आफ्नो रिलेसनलाई लिएर म गर्व गर्छु । तर अहिले म 'मिसेज खान' बनेको छैन ।'
आफ्नो कुरा स्पष्ट पार्दै करिना अघि भन्छिन् 'विहे पक्कै पनि मेरो दिमागमा छ । सेफसँग पनि म यसबारे चर्चा गरिसकेकी छु । यो समेत तय भएको छ कि विहे पनि हुन्छ बच्चा पनि हुन्छन् तर यतिबेला म पूर्णरुपमा काममा केन्द्रित छु ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out