सानिया इंगेज्ड

लस एन्जल्स (एजेन्सी), पुस ८ - हरेक वर्ष भ्यालेन्टाइन डेमा उनका प्रेमगीतहरू घन्किन्छन् । 'फ्रम दिस मोमेन्ट अन', 'यू आर स्टिल द वान', 'फरएभर एन्ड फर अल्वेइज' जस्ता सदाबहार लभसङ गाएर विश्वभर रुचाइएकी सानिया ट्वाइनको आफ्नै प्रेमकहानी पनि फेरि खुसीयालीले भरिएको छ । भ्यालेन्टाइन डे नजिकिँदै गर्दा गायिकाले ब्वाइफ्रेन्ड फ्रेडरिक थिबउडसँग इंगेजमेन्ट गरेकी छन् ।
'म प्रेममा परेकी छु,' सानियाले आफ्नो वेबसाइटमा लेखेकी छन्, 'फ्रेडरिक मेरो सबभन्दा मिल्ने साथीबाट प्रेमीमा बदलिएको छ । इंगेजमेन्ट गरेर हामी थप खुसी छौं ।' उनले आफ्नो खुसी फ्यानहरूसँग नयाँ वर्ष र क्रिसमसको समयमा बाँड्ने मौका पाएकोमा खुसी व्यक्त गरिन् ।
क्यानडेली कन्ट्री म्युजिक गायिका सानिया र स्विस मूलघर भएका व्यवसायी फ्रेडरिक वर्ष दिनदेखि डेटिङ गरिरहेका थिए । फ्रेडरिकले गायिकालाई ४५ वषर्ीया गायिकालाई दुई महिनाअघि विवाह प्रस्ताव गरेका थिए । केही दिनअघि मात्र सार्वजनिक स्थलमा गायिकाले इंगेजमेन्ट रिङ लगाएको देखिएपछि उनीहरू विवाहको तयारीमा रहेको खुलेको हो ।
न्युयोर्कस्थित एक रेस्टुरेन्टमा खाना खाइरहेका उनीहरू धेरै खुसी देखिएको प्रत्यक्षदर्शीले बताए ।
दुई वर्षअघि पूर्वपति म्युजिक निर्माता रोर्बट 'मट' लान्ज र सानियाको बेस्टफ्रेन्ड तथा सेक्रेटरी म्यारी एनबीच विवाहेत्तर सम्बन्ध रहेको खुलेपछि गायिकाको १४ वर्षे वैवाहिक जीवन अन्त्य भएको थियो । म्यारी एन फ्रेडरिकको पूर्व पत्नी हुन् । आ-आफ्नो जीवनसाथीले विवाहेत्तर सम्बन्ध राखेर धोका दिएपछि उस्तै पीडाबाट पीडित यी दुई नजिकिएका थिए । धोकाले दिएको घाउमा मल्हम लगाउन एक-अर्कालाई सहयोग गर्दा नजिकिएर राम्रा साथी बनेका उनीहरूको सम्बन्ध २००९ मा रोमान्समा बदलिएको थियो ।
एक-अर्काका साथ पाएर फेरि प्रेममा खुसी भेटेका सानिया र फ्रेडरिकको इंगेजमेन्टदेखि उनीहरूका साथी पनि खुसी छन् । 'सानियालाई त्यति खुसी कहिल्लै देखिएको थिएन,' गायिकाको साथी स्टेफनी लागोनिकोले भनिन्, 'उनीहरूले आखिरमा एक-अर्काको जीवनलाई रंगीन खुसीयालीले भर्न सही जीवनसाथी पाएका छन् ।' आफ्नो साथीले भेटेको यो नयाँ खुसीयालीमा उनी धेरै खुसी रहेको समेत थपिन् ।
पाँच पटकसम्म ग्रामी अवार्ड जित्न सफल गायिकाले केही वर्षयता नयाँ गीतहरू रेकर्ड नगरेकी भए पनि आउँदो वर्ष उनी निकै व्यस्त हुनेछिन् । हाल, सानिया यात्रा-व ृत्तचित्रको छायांकनमा छिन् । 'ह्वाई नट ? विद सानिया ट्वाइन' नामक सो कार्यक्रम ओप्रा विन्फ्रेको नयाँ टेलिभिजन नेटवर्क 'ओन' मा देखाइनेछ । त्यसका साथै, आउँदो वसन्तऋतुमा उनको अटोबायोग्राफी प्रकाशित हुँदै छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out