बलिउड एक्ट्रेस कट्रीना कैफलाई उतारिएको चलचित्र 'तीस मार खाँ' चलचित्रको गीत 'शीलाको जवानी…' पछिल्ला दिनमा निकै धुम मच्चाइरहेको छ । यसकारण हुनुपर्छ कट्रीना जहाँपनि पुग्छिन् उनलाई यही नामबाट बोलाउन थालिएको छ । हालै कैफ आफ्नो फिल्म प्रमोसनका लागि दिल्लीको एक मलमा पुग्दा दिल्लीका युवाहरुले 'आइ लव यु शीला' भन्दै उनको स्वागत गरे ।
कट्रीनालाई यी सबै सुनेर राम्रो त लाग्यो तर 'एम्बेरेन्स' पनि अनुभूति गर्न थालिन् । किनकी उनले केही युवाहरुले आफूलाई 'कति राम्री', 'वाह क्या झ्वाँक'लगायतका बाक्यहरु भनेको सुनिन् । कट्रीनालाई देखेपछि केही केटाहरुले उनलाई विभिन्न अश्लिल टिप्पणी पनि गर्न थालेका थिए । उक्त सिलसिलामा कट्रीनासँग निर्देशक फराह खान पनि उपस्थित थिइन् ।
कट्रीना उक्त मलमा आउनु केही घण्टा अगावै भीड बढिरहेको थियो । यस दौरान कट्रीनाले सेतो रङको टप र जिन्स पहिरिएकी थिइन् जसमा उनी साधारण तर सुन्दर देखापरेकी थिइन् । यो सिनेमा २४ डिसेम्बरमा रिलिज हुँदैछ । जसमा कैटसँग अक्षयकुमार पनि मुख्य भूमिकामा देखापर्दैछन् ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago