बलात्कारीलाई राजनीतिक संरक्षण

एकातिर बलात्कार गर्ने अपराधीलाई राजनीतिक संरक्षणका कारण कारबाही हुन सकेको छैन भने अर्काेतिर बलात्कारमा परेका महिला घर न घाटका भएका छन्
नयाँ पत्रिका - सल्यान, २५ मंसिर
कोर्वाङ-३ साननचौरकी २३ वर्षीया माया डाँगी २८ कात्तिकमा उपचारका लागि सल्यानको श्रीनगर आइन् । स्थानीय मेडिकलबाट टाइफाइडको उपचार गरी स्यानिखाल-२ डुंग्रेस्थित माइती घर फर्किंदै गर्दा जंगलमा उनको सामूहिक बलात्कार भयो ।
मुखमा पट्टी बाँधेका तीनजनाको समूहले खुकुरी देखाई डाँगीको मुख छोपेर सामूहिक बलात्कार गरेको थियो । डाँगीलाई बलात्कार गर्ने तीनैजना उनका परिचित हुन् । उनले बिरामी अवस्थामै प्रहरीलाई खबर गरिन् । बलात्कार गर्ने खलंगा-२ श्रीनगरका सन्तोष कुँवर, प्रेम चनारा र प्युठान खलंगा-४ का देवेन्द्र पुनलाई प्रहरीले पक्राउ पनि गर्‍यो र बलात्कार गरेको उनीहरूले स्वीकार पनि गरे । तर, पक्राउ गरेदेखि उनीहरूलाई छुटाउन राजनीतिक दलको दबाब प्रहरीदेखि पीडितसम्मलाई निकै पर्न थालेको छ ।
उनीहरूको मुद्दा अदालतमा गइसकेकाले बयानका लागि अदालतमा नजान मायालाई राजनीतिक दलका नेता-कार्यकर्ताले दबाब दिन थालेका छन् । मायाले भनिन्, 'अदालत गए ज्यान मार्ने धम्की दलका कार्यकर्ताले दिएका छन् ।' सामूहिक बलात्कार गर्ने दुईजना माओवादी र एकजना जनमोर्चाका कार्यकर्ता हुन् ।
दलका कार्यकर्ताको धम्की खेप्न नसकेपछि १३ असोजमा उनी श्रीमान्को घर साननचौरमा गइन् । बिरामी अवस्थाकी मायालाई पारिवारिक सहयोगको आवश्यकता थियो, तर सहयोगको सट्टा उनी घरबाट त्यसै दिन निकालिइन् । श्रीमान् शुकलाल डाँगीले घरबाट निकालेदेखि उनी बेसहारा अवस्थामा रहेकी छिन् । न घरमा बस्न सकेकी छिन् न त माइतीमा । उनी श्रीनगरमा भौँतारिरहेकी छिन् ।
त्यसैगरी ढाँकाडाम-५ की २३ वर्षीया गर्भवती लाली खत्री २४ असोजमा गाउँकै वीरबहादुर खड्काबाट बलात्कारमा परिन् । राति १० बजे सलाई माग्ने निहुँमा घरभित्र पसेका खड्काले गर्भवती लालीलाई बलात्कार मात्र गरेनन् कुटपिट पनि गरे । खड्काको कुटपिटबाट २६ असोजमा उनको पेटमा रहेको पाँच महिनाको गर्भ पतन भयो र उपचारका लागि उनी थारमारे प्राथमिक स्वास्थ केन्द्रमा भर्ना भइन् । रकम अभावका कारण उपचार नै पूरा नगरी उनी घर र्फकेकी छिन् । श्रीमान् भारतको कालापहार भएका कारण उनी पनि बेसहारा अवस्थामै रहेकी छिन् । बलात्कार गर्ने खड्का कांग्रेस समर्थक कार्यकर्ता भएका कारण उनलाई छुटाउन कांग्रेसजनको दबाब पर्न थालेको छ । छुटाउनका लागि केन्द्रदेखि जिल्लातहबाट दबाब आउन थालेको प्रहरी स्रोतले बतायो । तीन महिनायता बलात्कारका ११ मुद्दा जिल्ला अदालतमा परेका छन् भने प्रहरीचौकीबाट २१ मुद्दा किनारा लागेका छन् । बलात्कृत हुनेमा अधिकांश विवाहित महिला नै छन् । परपुरुषको जबर्जस्ती बलात्कारमा परेका अधिकांश महिलारू घरबाट निकालिएका छन् । इन्सेक सल्यानका अनुसार घरनिकाला भएका महिलाको संख्या एक वर्षयता सात पुगेको छ ।
बलात्कार हुनेमा सात वषर्ीया बालिकादेखि ५८ वषर्ीया वृद्धासम्म रहेका छन् । भल्चौर-९ पुरखाकी सात वर्षीया लीला परियार आफ्नै काका नाता पर्नेबाट बलात्कृत भइन् । १७ वषर्ीय काका डिल्ली परियारले घरमा कोही नभएको वेला उनलाई बलात्कार गरे । बालिकाको मुखमा रुमालले बाँधी बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । बलात्कारपछि बालिकाको पाठेघरमा घाउ भएको छ । आर्थिक स्रोत कम भएका कारण उनको उपचारका लागि बाहिर लैजानुपर्ने चिकित्सकको सल्लाह भए पनि परिवारले लैजान सकेका छैनन् । बलात्कार गर्ने काका डिल्ली परियार भने फरार रहेका छन् ।
मार्क-४ मार्केकी बिजुली केसी (५८) जंगलमा बाख्रा चराउन गएका वेला बलात्कारमा परिन् । गाउँकै भुपबहादुर कुँवर (२७) ले उनलाई बलात्कार गरेका हुन् । बलात्कारमा परे पनि बिजुलीले सामाजिक डरले बाहिर ल्याइनन्, तर कुँवरले नै मदिराको झोकमा जंंगलमा बलात्कार गरेको बताएपछि उनको केस पनि प्रहरीसमक्ष आएको हो । प्रहरीमा आएको मुद्दा पनि माओवादी कार्यकर्ताको दबाबमा अदालत जान सकेन । विवाहित महिला, बालिका र वृद्धा मात्र होइन बाहिर जिल्लाबाट आएका पनि बलात्कारमा परेका छन् ।
रुकुमको खोलागाउँ-१ बाट सल्यानको कालागाउँ मामाघर आइएकी सुनिता परियार (१६) पनि बलात्कारमा परिन् । कालागाउँ-७ का प्रेमबहादुर परियार (३३) ले खुकुरी देखाई बलात्कार गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । घरेलु हतियार देखाई बलात्कार गर्ने प्रेमलाई बचाउन यतिवेला एमाले नेता-कार्यकर्ताको दबाब पर्न थालेको प्रहरी बताउँछ । एकातिर बलात्कार गर्ने अपराधीलाई राजनीतिक संरक्षणका कारण कारबाही हुन सकेको छैन भने अर्काेतिर बलात्कारमा परेका महिला घर न घाटका भएका छन् । बलात्कृत भएदेखि न घर न माइतीको सहयोग पाउन उनीहरूले सकेका छन् । श्रीमान्ले घरबाट निकालेपछि कतिपयले त आत्महत्याको बाटो पनि रोजेका छन् ।
जबर्जस्ती करणी गर्नेलाई अवस्था हेरी दुई वर्षदेखि १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था भए पनि दुई वर्षदेखि कसैले यस्तो सजाय पाएका छैनन् । डर, धम्कीले पीडितलाई बयानका लागि अदालतमा उपस्थित हुन नदिएका कारण पीडितले न्याय पाउन नसकेको कानुन व्यवसायी सिपी ओलीले बताए । 'दोषी भए पनि विभिन्न कारणले मुद्दामा प्रभाव पार्नाले सजाय हुन सक्दैन,' उनले भने ।
(पीडित महिलाको नाम परिवर्तन गरिएको छ)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out