ऋचाले मनाइन विहेको वर्षगाँठ

हिरोइन ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले आइतबार पारिवारिक माहौलमा विहेको वर्षगाँठ सेलिव्रेट गरे । ठीक एकवर्षअघि लगनगाँठो कसेको यो जोडी विहानैदेखि मुडमा थियो । कुमारीगालस्थित घरमा ऋचा दम्पतिले डेढकिलोको ब्ल्याकपोस्ट केक काटे र एकअर्कामा रमाए । शनिबार मध्यरातदेखि नै ऋचाको सोसल साइटको भित्ताहरु एनिभस्ररी शुभकामनाले भरिएका थिए । 'लोडसेडिङले सबैलाई रिप्लाइ पनि गर्न पाइँन' ऋचा भन्दैथिइन् ।
छोराबुहारीको विहे वर्षगाँठमा सहभागि हुन शंकरका बुबाआमा चितवनबाट आएका थिए । केक काटेपछि शंकरले ऋचालाई सरप्राइज गिफ्ट दिए । ऋचाले भने भाटभटेनीमा सपिङ गरेको क्याजुएल वेयर शंकरलाई गिफ्ट दिइन् । सिनेमा क्षेत्रबाट भने एनिभस्ररीमा पूजा चन्द र मेलिना मानन्धरमात्र उपस्थित थिए । 'पूजा मेरी दिदी र मेलिना आफ्नै छिमेकी भएकाले डाकेकी हुँ' ऋचा भन्छिन् 'अरु कसैलाई निम्तो दिन नपाएकोमा दुःखी छु ।'
ऋचा आफ्ना पति शंकरलाई मिहेनती, सरल, आत्मनिर्भर र मायालु व्यक्तित्वका रुपमा अथ्र्याउँछिन् । शंकर पनि ऋचालाई मायालु, स्नेही र हितैषीका रुपमा लिन्छन् । 'मैले आफ्नो बारेमा भन्दा पनि अर्काको बारेमा सोचेकी छु' मेरोसिनेमासँग हिस्सी बालाले भनिन् 'मलाई लगाउनमा सोख छ त्यो सोखलाई चाँडै व्यावसायिक रुप पनि दिँदैछु ।' बच्चाबारे भने अहिले सोचेकी छैनन् उनले । 'पाँचवर्षपछि भने बच्चाबारे सोच्छौं' उनले भनिन् ।
'यो वर्ष थुप्रै त्यस्तो काम गर्छु जसले मलाई धेरै खुशि देओस' ऋचा भन्छिन् । विहे लगत्तै यो जोडीले स्कटल्यान्डमा डेढमहिना हनिमुन मनाएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out