साइबर स्टकिङबाट बालबालिका बढी प्रभावित

 काठमाडौँ - विद्युतीय सञ्चारमाध्यममा हुने विभिन्न अपराधमध्ये साइबर स्टकिङबाट पनि ग्राहकलाई नकारात्मक असर परिरहेको छ। कुनै व्यक्ति वा संस्थाको वेबसाइटमा निगरानी गर्दै जाने र त्यहाँका सम्पूर्ण गतिविधि थाहा पाएपछि ग्राहकलाई हतोत्साहित गर्ने प्रचलन बढेको प्रमाणीकरण नियन्त्रकको कार्यालयका नियन्त्रक राजनराज पन्तले जानकारी दिए।

उक्त कार्यालयले यहाँ आयोजना गरेको मिडिया टक-टेक कार्यक्रममा इन्टरनेट प्रयोगकर्तामध्ये २४ प्रतिशतलाई इमेलबाट मेसेज पठाएर, ११ प्रतिशतलाई फोनबाट, १०.५ प्रतिशतलाई टेक्स मेसेजबाट र ९.५ प्रतिशतलाई फेसबुकको माध्यमबाट हतोत्साहित गर्ने गरेको उनले बताए।

अनलाइन वा अफलाइनमा रहेर पनि इन्टरनेट प्रयोगकर्ताका सबै गतिविधि निगरानी गरेर पासवर्ड पाएपछि गलत तत्वले विभिन्न माध्यमबाट भाइरस, भ्वाइस मेल, अश्लील दृश्य पठाउने गरेका हुन्छन्।

यस्ता अपराधबाट महिला तथा १८ वर्षमुनिका बालबालिका प्रभावित हुने गरे पनि नेपालमा भने यस्तो अपराध हालसम्म नपाइएको नियन्त्रक पन्तले बताए। रासस

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out