होसियार † प्रहरी खोरमा रात बित्ला

टपेन्द्र कार्की/राजधानी - काठमाडौं, १८ मंसिर
सुनसान सडकमा राति मोटरसाइकल चलाउँदै हुनुहुन्छ - यदि साढे नौ बजेपछि विवाह, भोज वा समारोहमा सहभागी भई मोटरसाइकलमा घर र्फकंदै हुनुहुन्छ भने होसियार † तपाईंको रात प्रहरी खोरमा पनि बित्न सक्छ ।
ढल्कँदो समयको ख्यालै नगरी अबेरसम्म मनोरञ्जन गरी र्फकंदा शुक्रबार दर्ुइ सयभन्दा बढी व्यक्तिले प्रहरी कार्यालयको चिसो छिँडीमा रात बिताउनु पर्‍यो । आपराधिक घटना नियन्त्रणका लागि राजधानीमा केही दिनदेखि प्रहरीले यस्तो अभियान सुरु गरेको हो । अभियानका क्रममा प्रहरीले 'गुड प|mाइडे' मनाउन हिँडेका युवालाई रातभर चिसो छिँडीमा राखी 'ब्याड प|mाइडे' बनाएको छ ।
शुक्रबार राति १० बजेदेखि दरबारमार्ग, सोह्रखुट्टे, चाबहिल, कोटेश्वर, बानेश्वर, माईतीघर, थापाथली, कालीमाटी, पुल्चोकलगायत दर्ुइ दर्जनभन्दा बढी ठाउँमा प्रहरीले एकै पटक चेकजाँच सुरु गरेको थियो । सो क्रममा सबैभन्दा बढी निसानामा पल्सर मोटरसाइल चढेका युवा परेका थिए ।
प्रहरीका अनुसार शुक्रबार राति पक्राउ परेकामध्ये झन्डै ८० प्रतिशत पल्सर चढेका युवा थिए । मादकपदार्थ सेवन गरी तीव्रगतिमा मोटरसाइकल चलाउने र होहल्ला गर्ने गरेकाले सम्झाउनका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । यद्यपि, दरबारमार्गबाट सडकमा हिँडिरहेका र्सवसाधारणलाई समेत प्रहरीले विनासोधखोज भ्यानमा कोचेर कार्यालय पुर्‍याएको थियो ।
चेकजाँचको निसानामा मादकपदार्थ सेवन गरेर तीव्रगतिमा सवारी चलाउने युवा पनि परेका थिए । चक्रपथभित्र चल्ने मझौला सवारीसाधन र शंकास्पद निजी कारधनी निसानामा परेका हुन् । प्रहरी कारबाहीमा केही सरकारी कर्मचारीसमेत परेका थिए ।
राजधानीलाई अपराधमुक्त क्षेत्र बनाउने महानगरीय प्रहरी आयुक्त कार्यालयको योजनाअनुरूप रातको समयमा चेकजाँच तीव्र पारिएको हो । कारबाहीको क्रममा शुक्रबार प्रहरी कार्यालयको क्षमताभन्दा तेब्बर थुनुवा पुगेको एक अधिकृतले बताए । ३५ जना थुनुवा राख्न मिल्ने महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा मात्रै शुक्रबार ७३ जनालाई राखिएको थियो ।
रातको समयमा अपराध निक्कै बढेका कारण चेक जाँचलाई तीव्रता दिइएको र शुक्रबार निकै कडा बनाइएको प्रहरीको दाबी छ । शुक्रबार राति पक्राउ परेकाहरूलाई आवश्यक छानबिनपछि शनिबार बिहान छाडिएको थियो । पक्राउ पर्नेमा आधाजसो आफन्तको भोजमा सहभागी भई घर र्फकंदै गरेका र आधा 'गुड प|mाइडे' मनाउन निस्किएका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
प्रहरीको आँखा छल्दै अपराधीहरू राति भाग्ने गरेको विशेष सूचना पाएपछि चेक जाँचमा कडाइ गरिएको महानगरीय प्रहरी आयुक्त कार्यालयले बताएको छ । आयुक्त कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव नेपालका अनुसार शुक्रबार रातभरि नै हतियारसहित प्रहरी तैनाथ गरी अपरेसन चलाइएको थियो ।
'उपत्यकालाई अपराधमुक्त क्षेत्र बनाउन अभियान थालिएको हो, त्यसक्रममा केही र्सवसाधारण पनि पक्राउ परेकाले छानबिन गरी छाडेका छौं,' प्रवक्ता नेपालले भने । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश खरेलले मादकपदार्थ सेवन गरी अनियन्त्रित तरिकाले सवारी चलाउनेलाई नियन्त्रणमा लिई सम्झाएको बताए । उनले शुक्रबारको चेकजाँच नियमित भएको बताउँदै निरन्तरता दिने जानकारी दिए ।
प्रहरीले राजधानीमा पल्सर मोटरसाइल चढेर हिँड्ने समूहबाट सबैभन्दा बढी आपराधिक क्रियाकलाप हुने गरेको बताउँदै आएको छ । प्रहरी तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै उपत्यकामा चार सय ४२ ओटा आपराधिक घटना भएका थिए भने एक सय १७ ओटा सवारी दर्ुघटना भएका छन्  । सोही तथ्यांकअनुसार असोज महिनाको कुल अपराध संख्या एक हजार तीन सय नौ पुगेको थियो । कात्तिकमा सो संख्या ३३ दशमलव २३ प्रतिशतले वृद्धि भई एक हजार सात सय ४४ पुगेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out