'माओवादीले भारतीय नक्सलवादीलाई हतियार बेच्छ': विकिलिक्स खुलासा

उमेश श्रेष्ठ, काठमाडौँ, पुस ४- भारतीय माओवादी (नक्सलवादी) र आफूबीच वैचारिक सम्बन्ध मात्र रहेको दावी माओवादीले गरे पनि भारत सरकारले भने उनीहरुबीच वैचारिक सम्बन्ध नरही हतियार किनबेचको 'व्यवसायिक' सम्बन्धमात्र रहेको विश्वास गरेको छ। नेपाली माओवादीहरुले भारतीय माओवादी (नक्सलवादी)हरुलाई हतियार बेच्ने गरेको खुलासा विकिलिक्सद्वारा हालै जारी एउटा गोप्य दस्तावेजले गरेको छ।
  नयाँ दिल्लीस्थित भारतीय दूतावासले १८ अप्रिल २००६ मा पठाएको 'केबल'मा भारत सरकारले त्यस्तो जानकारी दिएको उल्लेख छ।
केबलमा भारत सरकार र स्वतन्त्र विज्ञहरुले नक्सलवादीहरुले केही हतियार नेपाली माओवादीबाट खरिद गरेको उल्लेख गर्दै भारतको सरकारको यस्तो धारणा उल्लेख गरेको छ- '(उनीहरुबीचको) सम्बन्ध व्यवसायिक हो, वैचारिक हैन'

नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले यो जानकारी वासिङटनस्थित विदेश मन्त्रालयलाई पठाउँदै गर्दा नेपालमा भने माओवादी र सात दलबीच १२ बूँदे समझदारी भएर राजा ज्ञानेन्द्रविरुद्ध आन्दोलन चर्कँदै थियो।

भारत सरकारले नेपाली माओवादी र नक्सलवादीहरु बीच कुनै महत्त्वपूर्ण 'अपरेसनल लिङ्क' नभएको पनि बताएको छ। नेपाली माओवादीहरु नक्सलवादी प्रभावित क्षेत्रमा खुला रुपमा आवतजावत गर्ने त्यसमा उल्लेख छ।
माओवादीलाई शरण दिएको छैन-
'माओवादी शीर्ष नेताहरु प्रचण्ड र बाबुराम भट्टराई भारतमा लामो समयसम्म वामपन्थी सहानुभूतिकर्ताहरुसित बसेको रिपोर्ट सुने पनि भारत सरकारले हामीलाई नेपाली माओवादीहरुलाई कुनै शरण नदिएकोमा आश्वस्त तुल्याएको छ र कयौँ उच्च पदका माओवादीहरु भारतीय जेलमा रहेको बताएका छन्,'- केबलमा लेखिएको छ।
सन् २००६ मा तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी माओवादी र दलहरुबीच भारतको मध्यस्थतामा हुन लागेको १२ बूँदे समझदारीको विपक्षमा थिए। त्यतिबेला मोरियार्टीले दिल्लीसमेत पुगी १२ बूँदे समझदारी रोक्न पहल गरेका थिए।
'काठमाडौँ विमानस्थल आतंकवादी अखाडा'
सोही मितिको केबलमा भारत सरकारले काठमाडौँ र यहाँको विमानस्थल पाकिस्तानको आइएसआइ समर्थित आतंकवादीहरुको सञ्जाल सञ्चालनको केन्द्रबिन्दू बनेको तर नेपाल सरकारले त्यस विषयमा आँखा चिम्लेको गुनासो गर्ने गरेको उल्लेख छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out