पारसले 'हुन्छ' भन्दा हिमानीलाई पीडा

काठमाडौं। पूर्वयुवराज पारसले गरेको एउटा सामान्य 'भूल' निर्मलनिवासलाई साताभरि टाउको दुखाइको विषय बन्यो। दरबारियासँग पुरानै चिनजानकी सिंगापुरे महिला एन्जिला चेङले स्वर्गीय राजा वीरेन्द्रका नाममा ट्रस्ट बनाउने इच्छा व्यक्त गर्दा आफ्ना छोरा हृदयेन्द्रलाई संरक्षक राख्ने कुरामा मौखिक सहमति दिएका पारसको त्यही सहमतिले गर्दा टाउको दुखाउनु परेको हो।
सिंगापुर आउँदा–जाँदा पारिवारिक हितैषी पनि भएका कारण चेङसाग पारसको भेट भइरहन्थ्यो। त्यही क्रममा गफ हुादा पारसले 'भइहाल्छ नि!' भन्ने जवाफ दिएको निर्मल निवासस्रोतले बताएको छ। गत साता काठमाडौं आएर चेङले एक पत्रकार सम्मेलनमा हृदयेन्द्रलाई संरक्षक राख्ने कुरा सार्वजनिक गरेकी थिइन्। त्यसलगत्तै चेङको घोषणाको कारण खोजी हुादा पारसको भूल भएको पनि ठहर भइसकेको छ।
उता, हिमानी ट्रस्ट स्थापना गरेर सामाजसेवामा विधिवत् लागेकी पूर्वयुवराज्ञी हिमानी शाहले भने झम्सिखेलस्थित आफ्नो कार्यालयमा चेङको घोषणाको विषयलाई लिएर साताभरि परामर्श गरिन्। उनले राप्रपा नेपालका केन्द्रीय सदस्य तथा अधिवक्ता विष्णु भट्टराई र कांग्रेसनिकटका अर्का अधिवक्ता गणेश केसीसहित केही वकिलसाग चेङको घोषणाविरुद्ध कानुनी उपचार खोज्न आग्रह गरेकी थिइन्। तर, घोषणा मात्र भएको, संस्था दर्ता नभएको अवस्थामा यति धेरै आपत्तिको विषय बनाउन नहुने सुझाब अधिवक्ता केसीले दिएको जनआस्थालाई बताए। 'घोषणा गर्दैमा संरक्षक राखेको ठहर्दैन, त्यसैले यसमा कुनै कानुनी उपचार खोज्नुभन्दा त्यो घोषणालाई अस्वीकार गरेको अभिव्यक्ति दिए पुग्छ,' केसीले हिमानीलाई दिएको सुझाब उद्धृत गर्दै जनआस्थालाई बताए।
हिमानीलाई यस विषयमा कोही कानुन व्यवसायीले मानहानीको मुद्दा लाग्ने सुझाब दिएका थिए, केहीले प्रेस विज्ञप्ति निकालेर खण्डन गर्न सुझाब दिएका थिए। प्रेस विज्ञप्ति लेख्नका लागि हिमानी ट्रस्टले एक दैनिक पत्रिकामा काम गर्ने पत्रकारलाई कार्यालयमा बोलाएको पनि थियो। तर, विज्ञप्ति निकाल्दा वा कानुनी प्रक्रियामा जाादा चेङसागको सम्बन्धमा झन् चिसोपना आउने भन्दै निर्मलनिवासमा छलफल भयो। हिमानीले कार्यालयमा बोलाएका वकिललाई भनेकी थिइन्, 'हामी आफ्नै ट्रस्ट बनाएर काम गर्दै छौँ। अरू कसैले त्यस्तो ट्रस्ट बनाएर हाम्रो छोरालाई संरक्षक राख्ने भन्नु हामीलाई ओझेलमा पार्न खोज्नु हो। त्यसैले त्यस्तो काम हुन दिनुहुादैन।' उनले नाबालक छोरालाई अगाडि सारेर अनावश्यक राजनीतिक विवाद खडा गर्ने नियत पनि लुकेको हुनसक्ने भन्दै फेरि चेङ वा कसैले आफ्नो परिवारका नाममा यस्तो गतिविधि नगरून् भन्नका लागि पनि उपयुक्त समाधान खोज्नु आवश्यक भएको बताएकी थिइन्। हिमानीले झन्डै आधा दर्जन कानुन व्यवसायीसाग परामर्श गरिन्, तर आफ्नै ट्रस्टको सदस्य रहेकी कानुन व्यवसायी अनिता केसीसाग भने केही पनि सोधिनन्। अनिताले भनिन्, 'खै, मलाई त केही पनि थाहा छैन।'
स्रोतका अनुसार, चेङको गैरजिम्मेवार घोषणाविरुद्ध प्रेस विज्ञप्ति तयार भएर पनि निर्मलनिवासमा थन्क्याएर राखिएको छ। विज्ञप्ति सार्वजनिक गर्नमा निर्मलनिवास बाधक भएपछि हिजो मंगलबार नेपाल समाचारपत्रमा हिमानीले आफ्नो प्रतिक्रिया प्रकाशित गरेकी हुन्। उनीनिकट केही पत्रकारले समाचार नलेख्न र आधिकारिक विज्ञप्ति केही दिनभित्रै सार्वजनिक हुने भनी हिजो जनआस्थालाई अनुरोध गरेका थिए।
जनआस्था

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out