'नेपालमा चीनको गतिविधि कम गर्न भारतद्वारा अमेरिकासित सहयोग माग'

काठमाडौँ, मंसिर २० (नागरिक)- विकिलिक्सले सार्वजनिक गरेको एउटा दस्तावेजले नेपालमा बढ्दो चिनियाँ प्रभावबारे भारतीय कूटनीतिज्ञले अमेरिकासमक्ष चिन्ता र चासो व्यक्त गरेको देखाएको छ। बेइजिङका लागि अमेरिकी राजदूत जोन हन्टसम्यानले फेब्रुअरी २०१० मा  वासिङटनमा पठाएको केबलमा भारतले त्यस्तो चासो व्यक्त गरेको देखिएको हो।

आफ्नो केबलमा अमेरिकी राजदूतले आफ्ना समकक्षीहरुसँगको भेटमा भएका कुरा उल्लेख गरेका छन्। जसमध्ये चीनका लागि भारतीय राजदूत एस जयशंकरको नाम पनि उल्लेख छन्। जयशंकरले चीनको आक्रामक रणनीतिका कारण अमेरिका र भारतबीच नजिकको सहयोग हुनुपर्ने बताएको सो केबलमा उल्लेख छ।

त्यसैगरी २००८ जुन १८ को अर्को  अमेरिकी विदेश मन्त्रालयको अर्को केबलमा लस्कर ए तोयबाका सदस्य सफिख खफाले भारतको गुजरातमा मुख्यमन्त्री नरेन्द्र मोदीको हत्या गर्न खोजिरहेको उल्लेख छ। सो केबलमा लस्कर नेता खफाको सञ्जाल भारत, श्रीलंका, पाकिस्तानसहित नेपालमा पनि रहेको उल्लेख छ। 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out