गुरुङ जातिको इतिवृत्तान्त

रामबहादुर रावल
अनुसन्धानकेन्दि्रत यो पुस्तक तमू जातिको इतिवृत्तान्त हो भन्दा फरक पर्दैन। पाँच खण्डमा विभाजित तमू-गुरुङ जातिको उत्पत्ति र धर्मसंस्कृति पुस्तकको सुरुमा तमू जातिको नश्लीय, सांंस्कृतिक र धार्मिक इतिहास राखिएको छ। मंगोलियादेखि चीन, तिब्बत हुँदै तमूहरू नेपाल किन र कसरी आए भन्ने जानकारी यस खण्डमा मिल्छ। तमूहरूले यसबीचमा अँगालेको धर्म-संस्कृति, त्यसको इतिहास र स्वरूपको चर्चा यसमा गरएिको छ। तमूले अंगीकार गरेका प्रमुख तीन धर्म बोन, बौद्ध र हिन्दु धर्मको प्रभाव र स्वरूप तथा तमू जातिसँग सम्बन्धित ऐतिहासिक स्थानहरूको परचिय दिइएको छ। अरू खण्डमा तमूहरूको जन्मदेखि मरणोपरान्त संस्कार, चाडपर्व, ल्हो पद्धति अर्थात् तमूहरूको धार्मिक पात्रो, रैथाने संस्कृति, संगठन, पहिरन तथा भाषाबारे सविस्तार चर्चा गरएिको छ।
लिपिको विकास नभएको समयमा पनि मानिसले आफ्ना इतिहासबारे प्रशस्तै छाडेर गएका रहेछन्। जनश्रुतिमा आधारति ती मौखिक दस्तावेजलाई इतिहास निर्माणका महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्न सकिँदो रहेछ भन्ने सफल प्रमाण होमा थकालीले यस पुस्तकमार्फत दिएकी छन्। यसलाई नेपालको मानवशास्त्रीय एवं सांस्कृतिक इतिहासको अध्ययनका क्षेत्रमा महत्त्वपूर्ण प्रयोग र प्राप्ति मान्नुपर्छ। ती मौखिक परम्परामा बाँचेका ऐतिहासिक दस्तावेजको सुरक्षण र अभिलेखनको काम सराहनीय त हुँदै हुन्।

नश्लका आधारमा राजनीतिक सीमा र व्यवस्था कोरनिुपर्ने आवाज उठिरहेको सन्दर्भमा आएको यस पुस्तकले प्रवाह गर्ने सन्देश अझ अर्थपूर्ण छ। लेखिकाले यसलाई पनि ध्यान पुर्‍याएको देखिन्छ। आदिवासी जनजातिमा सूचीकृत तमू-गुरुङ जातिको उत्पत्ति र धर्मसंस्कृतिको यात्राले सामाजिक एकता, भाइचारा र जातीय स्वाभिमानको एकमुस्ट अभिव्यक्ति दिइरहेको महसुस हुन्छ। यिनको उद्गमस्थल मंगोलिया भए पनि आजभन्दा १ हजार ५ सय वर्षअघि उनीहरूको पहिलो बस्ती नेपालको पश्चिम हिमालका खोँचमा बसालेको देखिन्छ। चीन, तिब्बत हुँदै उत्तरी क्षेत्रबाट नेपाल भित्रिएका यी तमू-गुरुङहरूले बसाइँसराइ र बस्ती विस्तारसँगै धार्मिक र सांस्कृतिक व्यवहारमा समेत परविर्तन गर्दै हिँडेको कुरा पुस्तकमा उल्लेख छ। सुरुमा जीववादी विचारबाट धार्मिक विश्वासतिर आकषिर्त भएका उनीहरू प्रकृतिलाई मानवीकरण गरी पूजा गर्थे। प्रकृतिलाई जीवसरह ठानी पूजा गर्ने र दैवी लीलाका रूपमा प्राकृतिक घटनाक्रमलाई व्याख्या गरी भक्तिभाव देखाउने उनीहरूको त्यसबेलादेखिकै विशेषताले आज पनि नेपाली समाजमा प्रशस्तै ठाउँ लिएको छ। प्रकृतिका रहस्यमय घटनाक्रमले नै उनीहरूप्रति धार्मिक भावना पलाएको र पछि मानसिक समस्या, रोग पहिचान र निदानका लागि झाँक्री परम्परा सुरु भएको, त्यसैबाट विकसित परम्परा पछि गएर बोन धर्मावलम्बी भएको क्रमिक इतिहास यस पुस्तकमा उल्लिखित मानव विकाससम्बन्धी रोचक वर्णन हुन्। धेरै विद्वान्ले सुदूरपश्चिम र कणर्ाली क्ष्ाेत्रका खस/आर्यहरूको धामी परम्परा पनि यिनै बोन धर्मावलम्बीहरूको प्रभाव मानेका छन्। त्यसैगरी, हिन्दु अर्थात् खस-आर्यहरूबाट पनि तमू-गुरुङहरूले प्रशस्तै सांस्कृतिक व्यवहारहरू ग्रहण गरेका छन्। मंगोलियादेखि मनाङ-मुस्ताङसम्मको यात्राका बीच तमू-गुरुङहरूले अनेक भूराजनीतिक परििस्थतिहरूसँग जुझ्ने र भिज्ने क्रममा लामा-बुद्ध धर्म हुँदै हिन्दु धर्मतिर ढल्किँदै अहिले मिश्रति धर्म अवलम्बन गरेको नमुना जातिको परचिय दिइरहेका छन्। हालैका तीज र दसैँको रमझममा देखिएका मंगोलियन अनुहार र तिनका निधारमा देखिएका रातो टीका, जमराहरू यसका ताजा दृश्य हुन्। नेपाली समाजका आन्तरकि आयामहरू बुझ्नका लागि यी ताजा र वस्तुगत सामग्री पनि हुन्, जसले एकअर्को जाति र समुदाय छुट्टनिै नसक्ने गरी खप्टिएको देखाउँछन्। एक-अर्काका सामाजिक सम्बन्ध, धार्मिक आस्था र सांस्कृतिक व्यवहारहरू खँदिलोसँग जेलिएका छन्। यस पुस्तकभित्र पनि तमू-गुरुङ र नेपालका अन्य जातिका सांस्कृतिक-धार्मिक व्यवहारसँगको तुलनात्मक अध्ययनले यही देखाएको छ, जुन जातीय आधारमा राज्य विभाजन र नश्लका आधारमा अवसर तथा स्रोतको बाँडफाँट गर्नुपर्छ भन्नेहरूका लागि सोचनीय विषय हो। यति मात्रै होइन, भावी सामाजिक संरचना र मानव विकासको प्रवाहलाई कतातिर लैजाने भन्ने गहन मन्थन भइरहेका बेला हाम्रा समाजशास्त्री/मानवशास्त्रीका लागि मात्रै होइन, फाट्टफुट्ट सुनिने सोसल इन्जिनियरङि्को जिम्मा पाएका राजनीतिक नेताहरूका लागि समेत यो पुस्तक नेपाली समाजलाई बुझ्ने र मार्गदर्शन गर्ने सामग्री बन्न सक्छ।

पुस्तक निकै मिहिनेतका साथ अध्ययन र अनुसन्धानबाट तयार गरेको देखिन्छ। कतिपय सन्दर्भमा कुनै निश्चित लेखकका निश्चित लेख वा पुस्तकमा बढी भर परेजस्तो पनि देखिन्छ। तर, विदेशी लेखकका ती सामग्रीलाई नेपाली समाजकै, त्यसमा पनि तमू समुदायकै अध्येताले पुनःव्याख्या गरेर नेपाली पाठकलाई सजिलो बनाइदिएको अर्थमा बुझ्न सकिन्छ। पूर्वप्रकाशित पुस्तक र लेखकबाहेक धेरै ठाउँमा लेखकले प्राथमिक स्रोतलाई समेत उद्धृत गरेबाट उनको अनुसन्धानप्रतिको लगाव र दक्षतालाई प्रतिविम्बित गर्छ। विभिन्न विकासे संस्थाहरूमा परामर्शदातृका रूपमा सक्रिय लेखक थकालीले आफँै सदस्य रहेको जातीय समुदायलाई अनुसन्धानको विषय बनाएर त्यस जातिप्रति पनि न्याय गरेकी छन्। थकालीले प्रशस्तै ठाउँमा तमू-गुरुङसम्बन्धी अन्य लेखकका पूर्वप्रकाशित सामग्रीका कतिपय तथ्य र तर्कहरूको खण्डन, मण्डन गर्दै नयाँ तथ्य र तर्कसमेत अघि सारेकी छन्। तिनको सत्यापनका लागि अन्य विद्वान्हरूको प्रतिक्रिया थप अपेक्षित ठहरन्िछ। थकालीको यस प्रयासले नेपाली समाजशास्त्री, मानवशास्त्री एवं इतिहासकारका लागि स्तरीय बहसलाई बढावासमेत दिनेछ। यसले सरोकारवालालाई खोज र अध्ययनका लागि थप घच्घच्याउँछ।

कुनै जातिविशेषको उत्पत्ति, विस्तार, धर्म-संस्कृतिजस्ता विषयमा कलम चलाउनुलाई रूखो लेखन पनि भन्ने गरन्िछ। तर, तमू-गुरुङले आजसम्म बेहोरेका आरोह-अवरोह, सामाजिक-राजनीतिक संघर्षका कथाहरू, आज यस जातिले अँगालेका व्यवहारहरूको रोचक वर्णनका कारण यो पुस्तक रूखो इतिहास या दस्तावेजजस्तो लाग्दैन। नेपाली भाषामा, नेपाली कोण र नेपाली हातबाट लेखिएको तमू-गुरुङहरूको यो स्तरको अनुसन्धानमूलक इतिहास र सांस्कृतिक अभिलेखन पाउनु नेपालको मानवशास्त्रीय जगत्कै लागि महत्त्वपूर्ण उपलब्धि मान्न सकिन्छ। किनभने, अहिलेसम्म विदेशी विद्वान्हरूले नै बढी चासोका साथ अध्ययन र लेखनको विषय बनाइएको थियो, यसलाई। सरल, स्तरीय र तथ्यपरक प्रस्तुति रहेको पुस्तकमा तस्िबर, चित्र र नक्सासमेत प्रयोग भएका छन्, जसले विषयलाई बुझ्न सघाउ नै पुर्‍याउँछन्।
कथामा महिला पीडा

पूर्वको सीमावर्ती द्वारमा लामो समयदेखि शिक्षण गर्दै आएकी भुवन सुब्बा खरेल सायद साहित्यमा अलि अघि नै आउनुपर्ने थियो। उनका नौवटा कथाहरूको सँगालो सेती नदीभित्रका सबै कथाहरूको विभिन्न भँगालाहरूलाई छिचोलेर किनारमा पुगेपछि यस्तो लाग्छ, उनका कथाले नेपाली समाज-संस्कृतिमा हुर्किरहेको आजको गाउँलाई आफ्ना कथाभित्र कसिलोसँग बाँधेेकी छन्। देशमा क्रान्ति र आन्दोलनका अनेकौँ चरणहरू छिचोल्दै 'नयाँ नेपाल', 'रूपान्तरण', 'गणतन्त्र'जस्ता अनेकौँ नौला नारा उर्लिए पनि गाउँ आज पनि त्यहीँ छ। कुनै रूपमा नयाँ हुन सकेको छैन, कतैबाट रूपान्तरति भइरहेको छैन र समाजको कुरीतिबीच बाँचेको यी गाउँमा आज पनि गणतन्त्र भन्ने कुरा खालि शब्दमा बाँचेको रहेछ। भुवनका अधिकांश कथाले समाजभित्र पहिल्यै हुनुपर्ने तर कहिल्यै हुन नसकेको परविर्तनका विभिन्न पाटाहरूलाई प्रस्तुत गरेकी छन्।

विशेषतः नारी पीडाहरूको भित्री तह खोतल्न सफल छिन्, कथाकार। शीर्षक कथा सेती नदी मात्र पढ्यो भने आजको आधुनिक समाजमा खियाजस्तो टाँसिएर भित्रभित्रै खाइरहेको प्रवृत्तिलाई बुझ्न सकिन्छ। पुरुषप्रधानताको हैकममा आफ्ना हरेक रहर र इच्छाहरूलाई बन्धकी राखेर शताब्दीयौँदेखि बाँच्दै आएकी एउटी महिलाभित्र लुकेको कारूणिक बाध्यता उनका हरेक कथामा उद्घाटित हुन पुगेका छन्।

त्यसैले, शैली, प्रस्तुतीकरण र कथाको बुनोटले सेती नदीलाई भुवनको पहिलो कृति हो भन्दा पत्यार लाग्दैन। उनका हरफहरफ माझिएका छन्। बरु कथावस्तुको चुरोमा केही नवीनता आइदिएको भए अझ सशक्त संग्रह हुनसक्थ्यो। सेती नदी एउटै कथाले उनको सशक्त कलमको उदाहरण दिन्छ। कलात्मक संवादमा उनले खेलाएका शब्द र विन्यास तथा यस कथामा उनले अघि सारेको तर्क साँच्चिकै प्रशंसनीय छ।

कमल खरेलद्वारा प्रकाशित यस संग्रहको आफ्नो भनाइमा आफू ढिलो भएकामा कथाकारले पछुतो मानेकी छन्। यो स्वाभाविकै पनि हो। तर, ढिलो आइन् र सफल कृतिका साथ आइन्। यस पक्षबाट उनले चित्त बुझाउँदा हुन्छ। जम्माजम्मी ४८ पृष्ठमा अटाएका नौवटा कथाभित्र उनले आफ्नो अभिव्यक्तिपूर्ण कला र सीप देखाएकी छन्। भुवनले ४ हजार ८ सय शब्दमा भन्न नसकेका कुरा यी ४८ पृष्ठमा भनेकी छन्।

'मान्छेको मन खुसी हुँदा जाँगर पनि उर्लिएर बाढी आउँछ' -सरकारी खर्च, पृष्ठ ः ४६), 'अन्तर्घातको पीडाले यो आत्मा जलाउनु थियो भने म यो संसार किन रच्थेँ? यो फूलबारी किन स्याहार्थें? आफ्नो अस्ितत्वलाई यो घरको ढुंगोमाटोमा किन मिसाउँथे' -सेती नदी, पृष्ठ ः २८) 'साँच्चै भन्ने हो भने अब उनीहरूको संरक्षकत्व र पितृस्नेहमा समेत अंश लाग्ने दुर्दिनहरू आउने छन्' -सेती नदी, पृष्ठ ः २९) यी केही उदारहणीय हरफहरू हुन्, जसले उनको काव्यात्मक गद्यको उदाहरण दिन्छन्। एकै फड्कोमा तर्न सकिने यो सानो सेती नदीमा सेती नदीजस्तै गहिरा अभिव्यक्तिहरू छन्। यस संग्रहको प्रेरणाले भुवन सुब्बा खरेलले निरन्तर कलम चलाइरहिन भने उनको कलमले निश्चय नै साहित्यलाई नयाँ मोडतर्फ डोर्‍याउने छ।
 रमण घिमिरे
आगोमाथि कवि
दीप्स शाह कवितावृत्तमा खासै सुनिएको नाम होइन। तर, उनको पहिलो कवितासंग्रह आगो पढ्दा उनी सिकारु लाग्दिनन्। आफ्ना कवितामा कवयित्री दीप्स आगो ओकल्ने कुरा पनि गर्छिन्। आगो निल्ने र ओकल्ने दुवै कुराको तर्क छ, उनीसँग। निल्नु र ओकल्नुको अर्थ उद्धार र संहार हो भन्ने उनको बुझाइ छ। झट्ट पढ्दा उनी आगोको भौतिक परभिाषा गर्छिन्। तर, राजनीतिक अर्थ प्रत्याभूत गर्छन् उनका कविताले। आगो यस्तो प्रतीक हो, जसले सबैतिर र सबैलाई डढाउँदैन। कतैकतै यसले उद्धार पनि गर्छ। उनले आगोको अर्थपूर्ण परभिाषा दिएकी छन्।
दीप्सका कवितामा धेरै धेरै आग्रह छन्। कतै आमालाई, कतै नारीलाई। उनले धेरै प्रतीक र पात्रका परभिाषासमेत गरेकी छन्। उनको परभिाषामा मोचीदेखि पागलसम्म समेटिएका छन्। 'हामीलाई पूर्णविराम चाहिन्न' शीर्षकजस्ता कवितामा उनको दार्शनिक चेत समावेश छ। यो कवितामा उनले नयाँ क्षितिज वा नयाँ गोरेटो वा नयाँ सम्भावनाका बियाड राख्न पाउनुपर्छ भन्ने आग्रह गरेकी छन्। उनले आधुनिकताको नाममा महिलाबाट हुने विकृतिमाथि समेत छडी चलाएकी छन्।
संग्रहमा ३२ कविता छन्। अल्छीलाग्दा, पट्यारलाग्दा र झन्झटिला कविताको सामना गर्नु पर्दैन, आगोमा। एक सय रुपियाँ मूल्य राखिएको यस कवितासंग्रहको प्रकाशन राम शाह राजाले गरेका हुन्। आगोका कविताहरूले दीप्सको साहित्यमा बलियो उपस्िथतिको सम्भावनालाई संकेत गर्छन्।
 दिवस गुरागाईं

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out