बलात्कृत बालिकाको पीडा

शर्मिला ठकुरी, काठमाडौँ, मङ्सिर २४- करिब दुई वर्षअघि आफ्नै बाबुबाट बलात्कारको सिकार भएकी काठमाडौँकी १० वर्षीया बालिका अझै पनि सधैँ एकोहोरो टोलाइरहन्छिन्। उनका बाबुले उनलाई बलात्कार गरेपछि विष सेवन गरेर आत्महत्या गरेका थिए।

बाबुले आफूमाथि गरेको बलात्कार र बाबुले गरेको आत्महत्याको दृष्य उनको मानसपटलमा घुमिरहेका कारण उनी सधैँ टोलाइरहने भएकी हुन्।

राति उनकी आमा घरमा नभएका बेला आफू सुतिरहेको बेलामा रक्सीले मातेर आएका आफ्नो बुबाले बलात्कार गरेपछि उनी बेहोस भएकी थिइन्।
घरमा छ वर्षकी एउटी बहिनी र आफूमात्र भएको बताउँदै उनले आमाले 'बुबा घरमा हुनुहुन्छ, नडराइकन बस म भोलि आउँछु' भनेका कारण घरमा नै बसेको तर राति बुबाले आफूलाई बलात्कार गरेपछि 'कसैलाई नभन्, भनिस् भने मारी दिन्छ'ु भने पछि कसैलाई पनि सो घटनाको बारेमा केही नबताएको उनको भनाइ रहेको छ।

'घटनाको भोलिपल्ट आमा मामाघरबाट आउनुभयो, मलाई बुबाले कसैसँग पनि केही नभन्नु' भनेकाले घरमा बसेर रोइरहेको थिएँ, आमाले म रोएको देखेर निक्कै कर गरेर सोध्नुभयो अनि मैले आमालाई सबै भनिदिएँ।' उनले सुक्सुकाउँदै सुनाइन्।

'आमाले सो कुरा सहन नसकी बुबालाई तथानाम गाली गर्नुभयो, जसको कारण बुबा आत्महत्या गर्नुभयो, आमाले मलाई त्यस्ता अपराधी बाबु बाँचेको भन्दा मरेकै राम्रो भनेर सम्झाउनुभयो।' उनले आफ्नो यथार्थ राखिन्।

त्यस घटनाको सम्झना अझै पनि घरीघरी आउने गरेको, बाबुले ज्यान गुमाउनुपरेको र आफ्नो जिन्दगीसँग नराम्रो खेलबाड भएका कारण कहिले रिस उठ्ने, कहिले दुःख लागेर आउने, त्यसैले कसैसँग बोल्न मन नलाग्ने गरेको पीडा उनले व्यक्त गरिन्।

उनी सधैँ यी र यस्ता कुरा सोचेर एकोहोरो हुने गर्दछिन्, उनलाई जिन्दगीको बारेमा कुनै वास्ता छैन न अरु साथीसङ्गीको वास्ता। बाध्यताले विद्यालय जान्छिन् र घरमा मन भुलाउनका लागि काम गर्छिन्।

त्यस्तै आफ्नो घरमालिकबाट बलात्कारको सिकार भएकी सिन्धुपाल्चोककी १४ वर्षीया किशोरीको कथाव्यथा पनि कम टिठलाग्दो छैन।

उनी गरिबीका कारण घरबाट काठमाडौँकै एक साहुको घरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी थिइन्।

'उनी निकै राम्री भएकीले घरबेटीले निक्कै माया गर्दथे। तर त्यो माया त राम्रो मनले गरेको होइन रहेछ'-रुँदै बिलौना पोखिन् उनकी आमाले।

यी किशोरीले आफूलाई बलात्कार भएपछि प्रहरीसमक्ष कारबाहीका लागि उजुरी गरेकी थिइन्। तर घरमा उनका बाबुको रक्सीखाने बानीका कारण आर्थिक प्रलोभनमा परी मुद्दा फिर्ता लिएपछि यी पीडित किशोरीले बाध्यतावश विवाह गर्नुको विकल्प नभएकाले सानैमा विवाह गरिन्।

बलात्कार पीडित यी दुई बालिकाको कथाव्यथा त सानो उदाहरण मात्र हो। नेपालमा बर्सेनि १८० जनाभन्दा बढी बालिका बलात्कारको सिकार हुने गरेको बालबालिकाका लागि काम गर्ने संस्था (सिविन) को तथ्याङ्क रहेको छ।

सन् २००९ मा मात्र १६ वर्षभन्दा मुनिका ११३ जना बालिका बलात्कारको सिकार भएका थिए भने ११ वर्षभन्दा मुनिका ७० बालिका बलात्कारको सिकार भएको सिविनको तथ्याङ्कले जनाएको छ।

हाल नेपालमा बालिका बलात्कारका घटनाहरु दिनपरदिन बढिरहेका छन्। उनीहरु प्रायजसो घरमा, शैक्षिकसंस्थामा र काम गर्ने स्थानमा बलात्कारको सिकार भएका पाइन्छन्।

बालिकाहरु आफ्नै परिवारका मान्यजन, आफन्त, शिक्षक, प्रहरी, सेना, काम लगाउने मालिक र द्वन्द्वकालमा लडाकूहरुबाट समेत बलात्कृत भएका थिए।

सिविन नेपालकी बालिका कार्यक्रम हेर्ने कार्यक्रम प्रमुख रसिला शाक्यका अनुसार बलात्कार गरिएका बालबालिकाहरुलाई मानसिक रुपमा सामान्य बनाउन निकै कठिन हुन्छ।

उनीहरुलाई बलात्कार गरिएको स्थानबाट उद्धार गरेर ल्याएपछि सामान्य बनाउन कम्तीमा पनि तीन महिना लाग्ने गरेको छ।

बलात्कारका घटनाहरु सार्वजनिक गरेमा समाजले घृणाको रुपमा हेर्छन् र आफ्नो सन्तानको विवाह हुँदैन भन्ने सोच बालिकाका आमाबाबुको भएका कारण पनि बलात्कारका घटनाहरु बाहिर आउने गरेका छैनन्। आए पनि ज्यादै कम मात्र।

शाक्यका अनुसार सिविन नेपालले बालिकामाथि हुने जघन्य अपराध बलात्कार न्यूनीकरणका लागि जनचेतना अभियान सुरु गरेको छ। तर सरकारी क्षेत्रबाट भने यस्तो अपराध रोक्न कुनै ठोस प्रयास नभएको र गर्नेलाई पनि भरपर्दो प्रोत्साहन सरकारले नदिएको बताइन्छ।

सिविनले विशेष गरी किशोरीहरुलाई किशोरावस्थामा हुने शारीरिक र भावनात्मक परिवर्तनका बारेमा बुझाउने र सो परिस्थितिमा के गर्नुपर्छ भन्नेजस्ता चेतनामूलक कार्यहरु देशभर सञ्चालन गरिरहेको छ।

शाक्यले बलात्कारको अपराध हुन नदिन र यदि भइहालेमा यसको उपचारका लागि जिल्ला जिल्ल्ाामा बाल संरक्षण समितिहरु बनाएको र ती समितिहरुले स्कुलस्कुलमा गएर बालिकाहरुलाई चेतना दिने र यदि बलात्कारको सिकार भएका कोही बालिका छन् भने उद्धारका लागि बाल हेल्पलाइनको मद्दत उपलब्ध गराउने गरेको बताउनुभयो।

बाल हेल्पलाइनमा वार्षिक करिब २०० वटा बलात्कारका घटनाहरुबारे जानकारी आएको तथ्याङ्क रहेको छ। यस हेल्पलाइनले पीडित बालिकालाई उद्धार गरी पीडकलाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाउन सहयोग गर्दछ।

बालिका बलात्कार गर्ने अपराधीले १० वर्षसम्मको कैद सजाय पाउने प्रावधान कानुनमा भए पनि यसको सही कार्यान्वयन नहुँदा पीडितहरु मर्कामा परिरहेको पनि शाक्यले बताउनुभयो।

बलात्कार पीडित बालिकालाई मनोसामाजिक विमर्श अति जरुरी भएकाले यसतर्फ सरकारले ध्यान दिनु आवश्यक रहेको बताउँदै शाक्यले बाल संरक्षण नीति आउनु पनि जरुरी रहेको धारणा राख्नुभयो।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले भने बालिका बलात्कारलाई पनि वयस्क महिला बलात्कार सरह नै लिने गरेको पाइन्छ। मन्त्रालयमा अझ सम्म पनि बालिका बलात्कार घटनाको बेग्लै अभिलेख राखिएको छैन।

वयस्क महिलाले बलात्कारपछि पनि परिस्थितिसँग सम्झौता गरेर आफूलाई सम्भाली सामान्य जीवनयापन गरेका कतिपय उदाहरण पाइन्छन्। तर बालिकाहरु बलात्कारको सिकार भएमा जीवनभर उनीहरुलाई मानसिक रुपमा असहज हुनेभएकाले उनीहरुलाई सहज जीवनयापनका लागि सरकारले निःशुल्क मनोचिकित्सा सेवा, शैक्षिक अवसर, आर्थिक आधार आदि उपलब्ध गराउनु अपरिहार्य छ। तर नेपालमा यस्ता अति नै संवेदनशील विषयमा राज्यस्तरको ध्यान जाने गरेको पाइँदैन। रासस

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out