'मलाई मार्न माओवादीले टोली नै खटायो'

प्रकाश तिमल्सिना/राजधानी
काठमाडौं, ८ पुस
'सुरेशजी र मातृकाजीलाई पक्राउ गराउन मेरो भूमिका रहेको ठहर गर्दै माओवादी केन्द्रीय समितिले भौतिक कारबाही गर्ने निर्ण्र्ाागरेको जानकारी पाएपछि म ज्यान जोगाउन लुकीलुकी हिँडें ।'
यी अभिव्यक्ति माओवादीपरस्तको आरोप लगाउने गरिएका मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका हुन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वमा गठित सरकारको उपप्रधानमन्त्रीसमेत हुन् । राजधानीसँगको कुराकानीमा यादवले माओवादी केन्द्रीय समिति बैठकले नै आफूलाई 'सफाया' गर्न टोली खटाएको खुलासा गरे ।
भौतिक कारबाही गर्न माओवादीले नेपाल र भारत दुवैतिर टोली खटाएपछि लामो समयसम्म भूमिगत रहनुपरेको दुखेसो पनि उनले गरे । 'केन्द्रीय समितिले नै मलाई मार्ने निर्ण्र्ाागरेको जानकारी पाएपछि म छक्क परें, जतिबेला मैले माओवादीलाई नै सहयोग गरिरहेको थिएँ,' यादवले भने ।
उनले आफूलाई भौतिक कारबाही गर्ने जानकारी माओवादी मित्रहरूबाटै पाएपछि भूमिगत भएको स्मरण पनि गरे । माओवादीका उच्च नेताहरूले फोन गरेर ज्यान जोगाएर हिँड्न सुइँको नदिएको भए जे पनि हुन सक्ने उनले सुनाए । उनका अनुसार आफूलाई मार्ने पार्टर्ीीनर्ण्र्ााो जानकारी दिने नेताहरू अहिले माओवादीको शर्ीष्ा तहमा छन् ।
माओवादी नेता सुरेश आलेमगर र मातृकाप्रसाद यादवलाई पक्राउ गर्न उनले सुराकी गरेको माओवादी केन्द्रीय कार्यालयको ठहर थियो । भारतको राजधानी नयाँ दिल्लीस्थित आलेमगरको डेराबाट भारतीय प्रहरीले यादवसहित आलेमगर र मातृकालाई पक्राउ गरेपछि उनीमाथि शंका गरिएको थियो ।
मधेस, संघीयता र जनयुद्धमा भारतको भूमिकाबारे माओवादी अध्यक्ष प्रचण्डसँग दिल्लीस्थित इन्डिया नगरमा कुराकानी गरेको पर्सिपल्ट भारतीय प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो ।
'प्रचण्डसँग मातृकाजी र मैले कुराकानी गरेको पर्सिपल्टै हामी पक्राउ पर्‍यौं,' यादवले सम्भिmए, 'सुरेशजीले मेरो डेरामा जाऔं, उतै खाना खाऔं र कुराकानी पनि गरौं भनेर हामीलाई लानुभयो तर गएको तीन घन्टा पनि नबित्दै हामीलाई पक्राउ गरियो ।'
भारतीय प्रहरीको पक्राउपछि आलेमगर र मातृकालाई नेपाल बुझाइयो भने यादवलाई ४५ दिनसम्म भारतमै राखेर मुक्त गरिएको थियोे ।
नेपाल सुपुदर्गी गरिएका यादव र आलेमगर सैनिक हिरासतबाट जेलमा नआउन्जेलसम्म माओवादीले आफूलाई मार्न निकै प्रयास गरेको घटना उनले सविस्तार सुनाए । 'मातृकाजी र सुरेशजीले जेलमा भेट्न गएका पत्रकारहरूसँग म निर्दोष भएको बताएपछि माओवादी नेताहरू केही पछि हटे,' यादवको भनाइ थियो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि पनि आफूलाई भौतिक कारबाही गर्ने निकै प्रयास भएको यादवको दाबी थियो । उनका अनुसार प्रचण्ड नेतृत्वको सरकार गठन नहुन्जेलसम्म पनि माओवादीबाट भौतिक कारबाहीको अनेकौं प्रयास भएका थिए ।
'नेपालगन्जको आमसभा र भैरहवामा मेरो ज्यानसम्म लिन खोज्नु त्यसको उदाहरण हो,' यादवले भने, 'सरकार निर्माणका लागि छलफल गर्दा मात्र म निर्दोष भएको प्रचण्डजीले आत्मसात् गर्नुभयो र भन्नुभयो, हामी गलत रहेछौं ।' दिल्लीमा भएको कुराकानीको वषौर्ंपछि मात्र प्रचण्डसँग यादवको लामो कुराकानी भएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out