२०१० का महंगा सिनेमा सेलिव्रेटी

बित्न लागेको वर्ष सन् २०१० नेपाली सिनेमाका लागि प्रतिकूल रह्यो यद्यपी अभिनेता र अभिनेत्रीका लागि भने सन्तोषजनक । यो वर्ष केही यस्ता सिनेमा पनि रिलिज भए जसले उक्त सिनेमाको अंकगणित उत्साहप्रद मात्र भएन कलाकारको पारिश्रमिक पनि बढ्यो । तुलनात्मक रुपमा अघिल्ला वर्षको तुलनामा यो वर्ष कलाकारले पाउने पैसाको ग्राफ पनि उक्लँदो अवस्थामा छ भलै त्यो नेपाली र नेपाली कलाकार भोजपुरीमा नै किन नहोस् ।

अभिनेतातर्फ :
२०१० मा बिराज भट्ट सर्वाधिक पारिश्रमिक लिने नेपाली अभिनेता बने । उनले भोजपुरी चलचित्र 'दुस्मनी'बाट १० लाख भारतीय रुपैंया पारिश्रमिक लिए । यो वर्ष रिलिज भएको नेपाली चलचित्र 'सिन्दुर'बाट उनले ५ लाख रुपैंया पारिश्रमिक लिए । बिराज यो वर्षमा सर्वाधिक धनी कहलिनुमा उनले करोडौं मूल्य पर्ने बंगाला, जग्गा, मोटर र दिल्लीमा फ्ल्याट पनि खरिद गरे । पारिश्रमिकमा उनलाई पछ्याउँदै छन् लभरब्वाइ आर्यन सिग्देल ।
आर्यन स्टारर 'फस्टलभ' सन् २०१० मा सर्वाधिक कमाउने 'गोर्खापल्टन'पछि दोस्रो सिनेमा बन्यो । 'फस्टलभ'को सफलताले निर्माता/निर्देशक मात्र लाभान्वित भएनन् कि यही चलचित्रबाट आर्यनको मूल्य एकाएक बढ्यो । दीपेन्द्र के. खनालले निर्देशन गर्ने चलचित्र 'काठमाण्डू नाइट'मा आर्यनले ६ लाखमा साइन गरे । 'फस्टलभ' पछाडिका चलचित्रमा आर्यनले पाँच लाखको अनुपातमा पारिश्रमिक लिएका छन् । महानायक राजेश हमाल तेस्रो महंगा नायकमा छन् । उनले अधिकांश चलचित्रबाट ३ देखि ४ लाख पारिश्रमिक लिइरहेका छन् ।

अभिनेत्रीतर्फ :
सन् २०१० मा नम्रता श्रेष्ठ विविध कारणले चर्चामा आइन् । नेपाली सिनेमामा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पनि उनी दरिइन् । हिरो दीलिप रायमाझीले निर्माण गरेको चलचित्र 'मीस यू'बाट यी सुन्दर हिरोइनले ४ लाख रुपैंया पारिश्रमिक लिइन् । प्रभुशमशेर राणाको अपकमिङ प्रोजेक्ट 'पर्पल डेज'मा त यी हिरोइनले ६ लाखमा साइन गरेकी छिन् जुन मूल्य हिरोहरुको बराबर हो । भलै सन् २०१० मा नम्रताका कुनैपनि चलचित्र रिलिज त भएनन् तर नम्रता अन्य कारणले गर्दा लोकप्रिय बनिन् ।

यो वर्ष पारिश्रमिक लिने कुरामा नम्रतालाई पछ्याउँदै छन् रेखा थापा र झरना बज्राचार्यले । सन् २०१० मा रेखा र झरनाले अभिनय गरेका कुनैपनि फिल्म हिट त भएनन् तर उनीहरुले लिने पारिश्रमिक बढ्यो होमप्रोडक्सनबाहेक । दुबैले राम्रो प्रोजेक्टबाट ३ लाख रुपैंया लिने गरेका छन् जुन नम्रताको भन्दा एकलाखले कमी हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out