११ प्रतिशत बालबालिका अपरिचितसँग अनलाइनमा 'सेक्स'बारे कुरा गर्छन् : तथ्याङ्क

काठमाडौं, मंसिर २३ - इन्टरनेट प्रयोगकर्ता ११ प्रतिशत बालबालिका अपरिचितसँग अनलाइनमा 'सेक्स'बारे कुरा गर्ने गरेको एक तथ्याङ्कले देखाएको छ । बालबालिकाहरु नचिनेको मान्छेसँग व्यक्तिगत सूचना दिएर च्याटमा कुरा गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
सिविन नेपालले राजधानीमा गरेको अध्ययनमा नचिनेका व्यक्तिहरुसँग पनि ४ दशमलव ५ प्रतिशत बालबालिकाहरु वेबक्याममा देखा पर्ने गरेका छन् । त्यसक्रममा बालिका तथा किशोरीहरुले यौन दुर्व्यहार खेप्नुपरेको सिविन नेपालकी कार्यकारी संयोजक सुम्निमा तुलाधारले बताइन् ।

सिविनले गरेको अनुसन्धानमा ६१ प्रतिशत बालबालिका अश्लिल चित्र तथा भिडियो हेर्न साइबर क्याफे जाने गरेका छन् । १ दशमदव ७ प्रतिशत बालबालिकाको मनपर्ने वेबसाइट यौनसँग सम्बन्धित हुने गरेको सिविनको तथ्याङ्कमा उल्लेख छ ।
तथ्याङ्कअनुसार ९९ प्रतिशत बालबालिकाहरुले इन्टरनेटमा यौनसँग सम्बन्धित समाग्री हेरेका छन् । ती मध्ये १८ दशमलव ९ प्रतिशत बालबालिकाहरुले नियमित यस्तो अश्लिल तस्बिर र भिडियो हेर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।
अध्ययनका अनुसार ६० प्रतिशत बालबालिका अनलाइनमा च्याट गर्दागर्दै चिनजान भएकासँग भेट्ने गरेको र ती मध्ये १६ प्रतिशत यौन दुर्व्यवहारको शिकार हुने गरेका छन् । ७३ प्रतिशत किशोर र २६ प्रतिशत किशोरीले च्याटमै व्यक्तिगत सूचना दिने गरेकाले यौन दुर्व्यवहार तथा अपहरणका घटना हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out