प्रतिवेदन भन्छ, 'पर्यटकले यौन शोषण गर्छन्'

काठमाडौं, पुस ४ - बाल आवाज नामक गैरसरकारी संस्थाले विदेशी पर्यटकले नेपाली बालबालिकाविरुद्ध यौनदुर्व्यहार गर्ने गरेको जनाएको छ ।
उक्त संस्थाद्वारा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विदेशी पर्यटकले शक्ति, पैसा र सहयोगको फाइदा उठाउँदै बालबालिकाविरुद्ध यौनदुर्व्यहार गर्ने गरेको बताइयो ।
संस्थाका निर्देशक कृष्ण थापाले अन्तर्राष्ट्रिय श्रम सङ्गठन ( आइएलओ) को प्रतिवेदनलाई उद्धृत गर्दै यौनदुर्व्यहारमा पर्ने ८० प्रतिशत बालबालिकामध्ये ६७ प्रतिशत बालबालिका विदेशी पर्यटकबाट यौनशोषणमा पर्ने गरेको जानकारी गराए । 

विदेशी नागरिकले आफैँ संस्था चलाएर, विद्यालय तथा बालबालिकालाई छात्रवृत्तिलगायतका सहयोगको बहानामा यौनदुर्व्यहार गर्दै आएको बताइयो । सम्मेलनमा ६१ वर्षीय फ्रेन्च नागरिक जिन ज्याकस् मौरिस हेयले नेपाली बालकविरुद्ध आठ वर्षसम्म यौनशोषण गरेको घटनाबारे जानकारी गराइयो ।
निर्देशक थापाका अनुसार सन् १९८६ मा पहिलोपटक नेपाल आएका उनले एसोसियसन फर द चिल्ड्रेन अफ छाउनी नामक बालगृह सञ्चालन गरी ७५ जना सडक बालबालिकालाई आश्रय दिएका थिए । सोही आश्रममा बस्ने एकजना बालकले आफूलाई करिब आठ वर्षसम्म यौन शोषण गर्दै आएको बारे आश्रमकै कर्मचारीलाई जानकारी गराएपछि सन् १९९९ मा नेपाल प्रहरीले हेयलाई पक्राउ गरेको थियो ।
तर विदेशी नागरिकको मुद्दा नेपालमा दर्ता नहुने कानुनी व्यवस्थाले गर्दा बाल आवाज नामक संस्थाको सहयोगमा बाल तथा मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको संयुक्त प्रयासमा हेयका विरुद्ध फ्रान्समा मुद्दा दायर गरिएको थियो ।
नेपाल सरकारको निरन्तरको दबाबपछि फ्रान्स सरकारको अदालतले निज हेयलाई अपराध ठहर गरी रु सात लाख जरिवाना तिर्न लगाएको थियो ।
विदेशी पर्यटकले नेपालमा आएर विभिन्नखाले यौनदुर्व्यहार गरेको देखिए तापनि अपर्याप्त र फितलो कानुनी व्यवस्थाले गर्दा यस्ता क्रियाकलापमा संलग्नहरू उम्कने गरेको समेत निर्देशक थापाले बताए । रासस

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out