पारस शाह धरौटीमा रिहा/यस्तो थियो, रिहा हुँदाको दृष्य

भरतपुर, पुस १ - केही सार्वजनिक अपराध सम्बन्धि अभियोगमा पक्राउ परेका पूर्व युवराज परास शाहलाई बिहीबार चितवन जिल्ला प्रशासन कार्यालयले १० हजार रुपैयाँ धरौटीमा छाडेको छ ।
उनलाई प्रशासनले पुष १९ गते तारेखका लागि उपस्थित हुन आदेश गरेको छ । बिहीबार कार्यालय समय लगत्तै प्रशासनमा पेश गर्ने भनिएपनि अपरान्ह ४ बजे उनलाई उपस्थित गराइएको थियो । आफना समर्थक सहित जिल्ला प्रशासन ल्याइएका पारसकै उपस्थितिमा आधा घण्टा दुबै पक्षका वकिलले बहस गरेका थिए ।

बा ८ च ३७११ नम्बरको नीजि गाडीमा उनलाई निगरानीमा राखिएको मध्य क्षेत्र प्रहरी तालिम केन्द्रबाट प्रशासन कार्यालय ल्याइएको थियो । उनको अघिपछि सयौं युवा थिए । उनको गाडीसंगै समर्थकहरु पनि प्रशासन कार्यालयमा प्रबेश गरेका थिए । कार्यालय छिर्ने बेला पारसले समर्थकलाई हात हल्लाएका थिए ।
 तिनले तस्बिर खिच्न बसेका संचारकर्मीलाई हटाएका थिए । दिउँसो १ बजे देखि प्रशासन ल्याउन सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो ।
प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमको कक्षमा बहस चल्दा  कार्यालयको प्रबेशद्वारमा पारसको समर्थनमा नाराबाजी गरिएको थियो । तिनले उप्रधानमन्त्री सुजाता कोइरालाको राजीनामा माग गरेका थिए । 'राजा आउ, देश बचाउ' जस्ता नारा लगाएका थिए । प्रशासन कार्यालयमा प्रहरी भन्दा पारसका समर्थकको चुरीफुरी बढी थियो । बिहीबार जिल्ला भित्र र बाहिरबाट युवा बटुलिएको थियो ।
रिहा भएपछि मुस्कुराउदै बाहिरीएका पारसलाई समर्थकहरुले फुलमाला पहिराउनुका साथै फुलको बुकीले स्वागत गरेका थिए । समर्थक र संचारकर्मी बीच ठेममठेल चलेको थियो । उनको समर्थनमा राप्रपा नेपालका कार्यकर्ताहरुले केन्द्रीय बस टर्मिनलमा सम्बोधनको कार्यक्रम राखेका थिए । पारस प्रहरी स्कटिङमा बसपार्क छिरेका थिए । उनी कार्यक्रमका लागि तयार मञ्चमा नपुगीकनै फर्किए । आफु सवार गाडी माथि उनले बसेर राष्ट्रिय भण्डा फहराएका थिए ।
उनले समर्थकसित हात मिलाए । बसपार्कबाट सिधै भरतपुर विमानस्थल पुगेका थिए । त्यहाँ बिशिष्ट कक्षमा बिश्राम गरेपछि उनी फिष्टेल एयरको हेलिकप्टरबाट पोखरातर्फ उडेका थिए । नाराबाजी गर्दै युवा विमानस्थलसम्म पुगेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out