असान्जलाई जेलमा कोच्ने केटी यिनै हुन्

सामान्यतया बलात्कारको मुद्दामा पीडित केटीको नाम अनि पहिचान खुलाइँदैन। तर यो के अचम्म, पश्चिमी मिडिया त फोटोसहित समाचार पो लेख्दैछन् त। विकिलिक्स संस्थापक जुलियन असान्जले सहमतिमा थालेको सेक्स असहमतिमा टुंगिएको (कन्डम फुटेको) भन्दै बलात्कारको मुद्दा लगाउने दुई महिलामध्ये एक अन्ना आर्दिन यिनै हुन्। सो मुद्दामा इन्टरपोलबाट वारेन्ट जारी भएपछि हाल असान्ज लन्डनमा थुनामा रहेका छन्। पछिल्लो समाचार अनुसार अन्नाले स्वीडेन छाडेकी छिन्। उनले आफ्नै वकील र मुद्दा दायर गर्ने स्वीडिस प्रोसेक्युटरलाई सहयोग गर्न छाडेकी छिन्। यसलाई उनले मुद्दा फिर्ता लिन लागेको रुपमा व्याख्या गर्न थालिएको छ।
अन्ना अहिले इजरायल र प्यालेस्टाइनको द्वन्द्व भइरहने ठाउँ वेस्ट ब्याङ्कमा गएर बसेकी छिन्।
सोफिया विलेन र अन्ना आर्दिनः माथिका दुई महिलाले जुलियन असान्जमाथि बलात्कार आरोप लगाएका हुन्।
सोफिया विलेनलाई मार्ने धम्कीहरु आउन थालेपछि प्रहरीको विशेष सुरक्षामा उनलाई विशेष घरमा राखिएको छ। अन्नालाई त अमेरिकी जासुसी एजेन्सी सीआईएसँग सम्बन्ध रहेको खबर पनि आएका थिए।
खासमा भएको के थियो ?
प्रहरीलाई दिएको बयान, आरोपीहरुले साथीहरुसँग गरेको कुराकानी आदिबाट यस्तो भएको भन्दै खबर बनाइएका छन्-
अगस्तको ११ तारिखका दिन असान्ज स्वीडेनको स्टकहोम आइपुगेका थिए। आर्दिनले उनलाई आफ्नो कोठामा निम्त्याइन् र उनी भने आफ्नो परिवारसँग देशबाहिर घुम्न गइन्। उनी अगस्त १३ मा फर्किन् र त्यही रात उनीहरुबीच सेक्स भयो। दुवैले् स्वीकारेका छन् कि त्यतिबेला कन्डम प्रयोग भएको थियो तर फुटेको थियो।
सेक्सको सात दिनपछि आर्दिन अकस्मात् प्रहरी कहाँ गइन् र असान्जले जानाजान सेक्सको क्रममा कन्डम फुटाएको आरोप लगाइन्। सहमतिबाट सुरु भएको सेक्स असहमतिमा टुंगिए बलात्कार मानिने त्यहाँको कानुन छ।
अर्का आरोपी २६ वर्षकी सोफिया विलेन भने फोटोग्राफर हुन्। उनले अगस्त १६ को रात र भोलिपल्ट बिहान असान्जसित सेक्स गरेकी थिइन्। पहिलो पटक कन्डम प्रयोग भएको थियो तर दोस्रो पटक भने थिएन। तीन दिन पछि अगस्त २० मा विलेनले प्रहरीकहाँ गई असान्जले कन्डम लाउन अस्वीकार गर्‍यो भन्दै उजुरी लेखाइन्।
असान्जले भने दुवै केटीसँग सहमति मै सेक्स गरेको बताउँछन्। दुवैले सेक्सपछि उनलाई पठाएको एसएमएसमा गुनासो गरेका थिएनन् भन्ने असान्जका वकीलको दावी छ।
अगस्त १४ का दिन, असान्जले उनको आरोपमा अपराध गरेको भोलिपल्ट गरेको भाषणमा दुवै केटी उपस्थित थिइन्। तर अन्नाको अनुहारमा कुनै त्यस्तो ग्लानी देखिएको थिएन। यसको भिडियो प्रमाणसमेत रहेको छ।
विकिलिक्स अपडेट
  • जुलियन असान्जलाई अहिले जेलमा एक्लै राखिएको छ। उनलाई कम्प्युटर पनि चलाउन दिइएको छैन।
  • उनका वकीलहरु अमेरिकामा लगाइन सकिने जासुसी मुद्दा र अमेरिकी सुपुर्दगीविरुद्ध अपील गर्न तयारी गरिरहेका छन्।
  • विकिलिक्सको दस्तावेजले भ्रष्टाचारको आरोप लगाएपछि भागेका क्रोएसियाका पूर्व प्रधानमन्त्री इभो सानादेरविरुद्ध इन्टरपोलले अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरेको छ।
  • विकिलिक्सका पूर्व कर्मचारीले विकिलिक्स जस्तै अर्को साइट बनाउने घोषणा गरेका छन्।
  • विकिलिक्स विरोधी साइबर आक्रमण गरेको आरोपमा जर्मनीमा एक १६ वर्षीय किशोरलाई पक्रेको विरोधमा ह्याकरहरुले जर्मन प्रहरीको साइटमा आक्रमण गरी बन्द गरिदिएका छन्।
  • विकिलिक्सको खाता बन्द गरिदिने पेपालमा भएको आक्रमणले यसको एपीआईमा असर परेको छ।
  • रुसपछि चीनले पनि असान्जलाई नोबल शान्ति पुरस्कार दिनुपर्ने बताएको छ।
  • नेपालको अनलाइन पत्रकार संघले विकिलिक्स र यसका संस्थापक जुलियन असान्जप्रति राजनीतिक प्रतिशोध राखेर कारबाही गर्न नहुने भन्दै विरोधमा वक्तव्यमा निकालेको छ। इन्टरनेटमा कुनै पनि किसिमको सेन्सर हुनुहुन्न, संघका अध्यक्ष केपी ढुंगानाले आज जारी गरेको वक्तव्यमा भनेका छन्-हामी अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउने कदमको भत्सर्ना गर्छौँ।
  • सिड्नीमा हजारजना जतिले विकिलिक्सको समर्थनमा प्रदर्शन गरेका छन्। भिडियो हेर्नुस्

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out