"कोर्टकी रानी"

पेरिस/ डेनमार्ककी टेनिस सुन्दरी कारोलिन बोज्नियाकीले यो वर्षको अन्त्य विश्व नम्बर १ भएर गर्दै छिन् । तर, अहिले पनि सेरेना विलियम्सलाई विश्वकै सर्वोत्कृष्ट खेलाडी मानिन्छ, त्यसैले उनलाई अहिले 'टेनिसकी रानी' भन्न थालिएको छ । आगामी वर्ष ३० वर्षकी हुने अमेरिकी 'ब्ल्याक ब्युटी' को समस्या भने एउटै छ । फेसन डिजाइन तथा अपि|mकामा च्यारिटीका लागि काम गर्दा उनले कोर्टमा आफ्नो क्षमता देखाउन सकिरहेकी छैनन् । यो वर्ष अस्ट्रेलियन ओपनको उपाधि जित्दै सेरेनाले आकर्षक ढंगमा वर्षको सुरुवात गरेकी थिइन् । सो प्रतियोगिताको फाइनलमा उनले लामो समयपछि कोर्टमा फर्किएकी जस्टिन हेनालाई हराएकी थिइन् । त्यसपछि मेमा पेरिसमा भएको प|mेन्च ओपनको तयारीमा उनले मात्र दुई प्रतियोगिता खेलिन् । शीर्षस्थानमा रहेपनि उनी प|mेन्च ओपनमा क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकिनन् । त्यसवेला अस्ट्रेलियाकी सामन्था स्टोसुरले उनलाई रोकेकी थिइन् । तर, त्यसको केही सातापछि जीवनको १३औँ ग्रान्डस्लामका रूपमा विम्बल्डन जित्दै विगतको तीतो मेटाउने प्रयास गरिन्, सेरेनाले । साथै विम्बल्डनका सातवटै खेल सीधा सेटमा जितेर उनले आफू कमजोर नरहेको प्रमाणित पनि गरेकी थिइन् । फाइनलमा रुसकी भेरा जोनारेभालाई सजिलै हराउँदा उनको तुलना अन्य कुनै खेलाडीसँग हुननसक्ने दाबी गरिएको थियो । तर, २०१० मा त्यो नै उनको अन्तिम खेल बन्यो । लन्डनमा सफलता पाएको एकदिनपछि नै म्युनिखको एक होटलमा फुटेको ग्लासमा टेक्दा उनको खुट्टा काटिएको थियो ।
त्यही चोटका कारण उनले वर्षको बाँकी समय कोर्टबाहिर बिताउनु पर्‍यो । त्यही कारणले गर्दा उनले युएस ओपन र वर्षको अन्तिम डब्ल्युटिए च्याम्पियनसिपमा समेत खेल्न पाइनन् । साथै त्यो घाउ निको नभइसकेका कारण उनले अस्ट्रेलियन ओपनमा समेत नखेल्ने निर्णय गरिसकेकी छन् । सेरेना फेरि कोर्टमा र्फकंदा उनले थप उपाधि जित्न सक्छिन् तर कोर्टबाहिर बस्दा उनलाई रमाइलो भने लाग्दैन ।'यो निर्णयले मेरो मन दुखाएको छ तैपनि त्यही निर्णय सही छ,' मेलबर्नमा नखेल्ने निर्णय गरेपछि सेरेनाले भनिन्, 'म स्वस्थ बनूँ भन्ने कामना गरिरहेकी छु साथै म आफ्ना अस्ट्रेलियाली तथा विश्वभरिका समर्थकसँग के वाचा गर्न चाहन्छु भने म चाँडै पूर्ण तयारीका साथ कोर्टमा उत्रिनेछु अनि उपाधि पनि जित्नेछु ।' सेरेनाकै अनुपस्थितिका कारण किम क्लाइस्टर्जले सजिलैसँग आफ्नो युएस ओपनको उपाधि रक्षा गर्न पाइन्, यो वर्ष । क्लाइस्टर्जले सो प्रतियोगिताको फाइनलमा मात्र ५९ मिनेटमा भेरा जोनारेभालाई हराएकी थिइन् । साथै सो फाइनल युएस ओपनको इतिहासमै सर्वाधिक छिटो सकिएको फाइनल बनेको थियो । अगस्ट २००९ मा कोर्टमा फर्किएपछि क्लाइस्टर्जका लागि त्यो दोस्रो ग्रान्डस्लाम उपाधि थियो । यो वर्ष अन्य प्रतियोगितामा भने उनको खास जादु चल्न सकेको थिएन । तर, वर्षको अन्तिम डब्लुटिए च्याम्पियनको उपाधि भने क्लाइस्टर्जले नै जितिन्, त्यो पनि नम्बर १ बोज्नियाकीलाई हराएर । डेनमार्ककी २० वषिर्या बोज्नियाकी भने २००० मा मार्टिना हिंगिजपछि नम्बर १ का रूपमा वर्षको अन्त्य गर्ने सबैभन्दा कान्छी खेलाडी भने बन्ने भएकी छिन् । तर, अहिले पनि भन्ने गरिन्छ, उनी नम्बर १ हुन लायक खेलाडी भने होइनन् । अहिले उनलाई दिनारा सफिनासँग पनि तुलना गर्न थालिएको छ । २००९ को अधिकांश समय नम्बर १ रहेकी सफिनाले कुनै ग्रान्डस्लाम भने जित्न सकेकी छैनन् । रुसकी सफिनाले २०१० को वर्ष भने चोटमा बिताउनु पर्‍यो जसले गर्दा आत्मविश्वासको कमीका कारण उनी अहिले बरियताक्रमको ६३औँ स्थानमा झरेकी छन् । महान् टेनिस खेलाडी मार्टिना नाभ्रातिलोभासमेत बोज्नियाकीको तुलना सफिनासँग गर्न रुचाउँछिन् । 'बोज्नियाकीले वर्षभरि राम्रो खेलिन् तर ग्रान्डस्लाममा राम्रो गर्न सकिनन्,' नाभ्रातिलोभा भन्छिन्, 'यही उचाइमा रहने हो भने उनले ग्रान्डस्लाम जित्नु आवश्यक छ ।' यो वर्ष हेना र मारिया सारापोभाका लागि पनि राम्रो रहेन । तर, उनीहरूले उच्चस्तरको टेनिस खेल्न अझ पनि आफूहरू सक्षम रहेको प्रमाणित भने गरेका छन् । जुनमा सन्यास तोड्दै फेरि कोर्टमा फर्किएकी हेनाको विम्बल्डनका क्रममा दायाँ कुहिनाको लिगामेन्ट च्यातिएपछि उनले खेल छाड्नु परेको थियो । उनी अहिले स्वस्थ भएकी छन् । साथै उनका प्रशिक्षक कार्लोज रोडि्रग्युज भने २८ वषर्ीया खेलाडीले अझै तीन वर्ष खेल्न सक्ने दाबी गर्छन् । अक्टोबर २००८ मा दायाँ काँधमा लागेको चोटबाट मुक्ति पाउने प्रयासमा नै सारापोभाको यो वर्ष पनि बित्यो । तर, उनी अब नयाँ प्रशिक्षक थोमस होगटेडको सहयोगमा सक्रिय रूपमा कोर्टमा फकर्ने तयारी गर्दै छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out