'पैसाका लागि फिल्म खेल्छु'

अघिल्लो महिना बीबीसीको साझा सवालमा टिप्पणी गरेर विवादमा तानिएका पाका अभिनेता नीर शाहले शुक्रबार पनि पुल्चोकको चिसोमा टिप्पणी गर्न चुकेनन् । खामका लागि सिनेमा खेल्छु भनेर यी बूढाबाघले अर्को पासा फ्याँकेका छन् ।
'वास्तवमा म खामका लागि फिल्म खेल्छु' तुलनात्मक रुपमा कनिष्ठ फिल्मकर्मी उपस्थितमाझ शाहले भने 'खामभित्र के हुन्छ तपाईँ सबैजनालाई थाहा होला ।' लोकेन्द्र कार्कीले बढी मूल्यको खाममा फिल्म खेल्न अफर गरेपछि खेलेको बताए उनले । भन्छन् 'साँच्चिकै खामका लागि खेल्दिन भन्नेहरु मुर्ख हुन् म त्यो मुर्ख हुन चाहिन ।'
शाहको यस्तो प्रतिक्रीया सुनेपछि उपस्थित सिनेकर्मीमा मौनता छायो भने कसैले ताली पनि पिटे । पत्रकारहरुको प्रश्नमा शाहले यस्तो टिप्पणी गरेका हुन् । ब्यवहारिक र व्यक्तिगतरुपमा 'हक्की' विशेषताका नीर शाह कहिलकाहिँ यस्तै हक्की टिप्पणीका कारण चर्चामा आइरहन्छन् । पाका मान्छेकै यस्तो भनाइबाट सिनेमा क्षेत्रमा संघर्ष गरिरहेकाहरुमा कस्तो प्रभाव पर्छ भन्नेमा उनी सजग हुँदैनन् ।
बीबीसीको बहसमा यी बूढाले भनेका थिए -'म आफैले खेलेका एउटा फिल्म पनि हेरेको छैन । नेपाली फिल्म हेर्न लायककै छैनन् ।' उनले यति के भनेका थिए इन्टरनेटका सोसल साइटहरु उनीविरुद्धै खनिए । वास्तवमा गजब छन् नीर शाह । भूपी शेरचनले कवितामा विम्व पोतेका थिए -जे देख्छन् त्यो भन्छन्, जे सुन्छन् त्यो गर्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out