बहराइनमा दोस्रो सेक्स सप

मुस्लिम बाहुल्य बहराइनको मानामामा सेक्स सपको दोस्रो शाखा सञ्चालनमा आउने भएको छ । सन् २००८ मा पहिलो पटक सेक्स सप खोलेकी खादिजा अहमदले बढ्दो मागका कारण दोस्रो शाखा खोल्न लागेको बताइन् । ३२ वर्षीया तीन सन्तानकी आमा खादिजाले मुस्लिम राष्ट्रमा सेक्स सप खोल्नु र त्यसका शाखा बढाउनुलाई चुनौतीपूर्ण कार्य मानिएको छ । एकातर्फ उनको कामको प्रशंसा हुँदै अन्य देशहरूले पनि खादिजा फेसन हाउस अन्तर्गत सेक्स सप खोल्ने चाहना व्यक्त गरिरहेका छन् । अहिले खादिजाले कतारको राजधानी दोहामा सेक्स सप खोल्ने योजना बनाएकी छिन् भने लेबनान र दुबईका लगानीकर्ताहरूले प्रस्ताव राखेका छन् ।

आफ्ना कतिपय ग्राहक मुस्लिम भएका कारण अरब मुलुकतिर दम्पतीहरूको यौन आचरणमा परिवर्तन आएको र त्यसले उनीहरूको सम्बन्धलाई अझ गाढा बनाएको खादिजा बताउँछिन् । उनी पनि दम्पतीहरूको सम्बन्ध यौनसाधनले प्रगाढ बनाएकोमा खुसी छिन् । अहिले उनको सेक्स सपमा महिलाको भित्री पोसाकदेखि चिल्लो पदार्थका समेत गरी १ हजार ८ सय किसिमका यौन प्रसाधन पाइन्छन् । उनको पसलका लागि अहिले मासिक रूपमा २० देखि ३० वटा पानीजहाजका कन्टेनरमा यौन प्रसाधन आउँछन् ।

यौनसामग्रीको कारोबार राम्रो भए पनि खादिजाले भन्सार अधिकारीहरूबाट बेलाबेलामा दुःख पाउने गरेकी छिन् । आफूले सबै सामग्री वैधानिक रूपमा अमेरिकाबाट मगाए पनि भंसार अधिकारीहरूले दुःख दिने नियतले पक्राउ गरेर महिला यौनकर्मीहरूसँगै थुनेको कुरा खादिजाले गल्फ डेली न्यूजलाई बताएकी छिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out