नयाँ वर्षमा नयाँ आइटम

सन् २०१० लाई विदाई गर्न तथा सन् २०११ लाइ स्वागत गर्न बलिउडमा कसले कति महँगो ठुम्का लगाउने अहिले भारतभर चर्चा छ । यो वर्षका दुई वटा सुपरहिट आइटम डान्सरले डिसेम्वर ३१ का लागि केही मिनेटको डान्सका लागि तीन करोड भारतीय रुपैयाँ चार्ज गर्दैछन् ।
अरु नायिकाले पनि गच्छे अनुसार पैसा लिंदैछन् । ‘तिस मार खाँ’ चलचित्रमा शिलाकी जवानी आइटम डान्स गरेकी कैट्रिनाले केही मिनेटकालागि तीन करोड माग गरेकी छन् ।
त्यसो त दबंग चलचित्रमा ‘मुन्नि बदनाम हुई..’ गीतमा नृत्य गरेकी मलाईका अरोरा खानले पनि केही मिनेटका लागि तीन करोड चार्ज गर्ने भएकी छन् । त्यसो त मलाइका आरोरा खान लामो समयदेखि आइटम डान्सरका रुपमा चिनिएकी छन । उन्ले वेलकम चलचित्रका लागि होंठ रसिले गीतमा पनि अभिनय गरेकी थिइन । त्यसबाहेक पनि उनले बलिउडका थुप्रै फिल्ममा ठुम्का लगाएकी छन ।
त्यस माथि फराह खानले कोरियोग्राफ गरेको शिला की जवानी आइटम डान्स बलिउडमा यो वर्षकै सुपरहिट डान्स बनेको छ । त्यसबाहेक ओन्स अपन अ टाइम चलचित्रमा पर्दा है पर्दा आइटम डान्समा अभिनय गरेकी गौहर खानले नयाँ वर्षको नृत्यका लागि एक करोड रुपैयाँ चार्ज गर्ने भएकी छन् । गौहरले पर्दा है पर्दामा हेलेनको जस्तो रुप लिएर नृत्य गरेकी थिइन ।
त्यसबाहेक यस पटक राखि सावन्त, कश्मिरा साह लगायतका आइटम डान्सरले पनि नयाँ वर्षमा जलवा देखाउने भएका छन । यो वर्षका सुपर दुई नायिका करिना कपुर र पि्रयंका चोपडाले भने नयाँ वर्षको आइटम डान्सका लागि अहिलेसम्म आˆनो तालिका तय गरेका छैनन् । पि्रयंकालाई पनि आइटम डान्सका लागि तीन करोड अफर आए पनि अहिलेसम्म स्वीकार गरिसकेकी छैनन । करिनालाई पनि थुप्रै आफर आएको तर सैफसँग नयाँ वर्ष मनाउने कारण उनी नयाँ वर्षमा आइटम डान्स नगर्ने सम्भावना छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out