कम्युनिस्टहरूको यौनकथा

अनुशासन र चरत्रिका सम्बन्धमा आमकम्युनिस्टहरू सजग र सचेष्ट हुन्छन्।' हामीले देशी र विदेशी सिद्धान्तनिष्ट कम्युनिस्टहरूबाट सुन्दै र पढ्दै आएको सत्य यही हो। यसमा पनि महिला अस्िमता र सतित्वका पक्षमा उच्च आवाज उठाउनेहरूमा पनि आमराजनीतिक दलहरूभन्दा कम्युनिस्टहरू नै अघि देखिन्छन्। एमालेका नेता प्रदीप नेपाल भन्छन्, "हामी पश्चिमा छाडा नीतिको विरोध गर्छौं र हामीले हाम्रै दलभित्रका केही कार्यकर्तालाई यौनशोषणमा दोषी पाउँदा देशनिकाला पनि गरेका छौँ, हामी यस्ता क्रियाकलापप्रति पूर्णतः विरोधी हौँ।" त्यसैले माओवादीको अखिल नेपाल महिला संघले 'मिस नेपाल'जस्ता कार्यक्रमहरूलाई नारी शरीरको विज्ञापन गर्ने माध्यम भनेर प्रतिबन्धजस्तै लगाएको छ। यति हुँदाहुँदै पनि वामपन्थी विचारधाराको स्वच्छ छविभित्र अनेकौँ महिला नांगिएका प्रसंगहरू यदाकदा सुनिँदै आएका सत्य हुन्।
पञ्चायती निरंकुशकालमा प्रतिबन्धित अन्य राजनीतिक दलहरूका नारी अस्िमताविरोधी गतिविधिका फाटफुट समाचारहरू प्रकाशित भए पनि नेपाल कम्युनिस्ट पार्टीका बारेमा यस्ता व्यभिचारी क्रियाकलापका समाचार छापाहरूमा विरलै आउँथे। यसलाई विशुद्ध राजनीतिक अभिप्रायले शोषण र हरेक अन्यायविरुद्ध आन्दोलन गर्ने दलका रूपमा मात्र चिनिन्थ्यो। यस अर्थमा यस दलमा लाग्ने आममहिला कार्यकर्ता आफ्नो अस्िमताको सवालमा साँच्चै स्वतन्त्र र निष्कलंक छन् भन्ने सन्देश प्रवाह हुन्थ्यो। तर, भर्खरै प्रकाशित उपन्यास भूमिगतलीला ः दुई हजार बत्तीसमा लेखक राजवको प्रस्तुति र त्यस प्रस्तुतिसँग बुनिएर आएका घटनाहरूले भन्छ, प्रतिबन्धित अवस्थामा महिला कार्यकर्ताहरूमाथि सबैभन्दा बढी यौनशोषण गर्ने कम्युनिस्टहरू नै थिए।

लेखक राजव कट्टर कम्युनिस्ट विचारधारालाई स्वीकार गर्दै आएका प्रगतिशील लेखक हुन्। र, आज पनि उनी आफूलाई प्रजातन्त्रवादी कम्युनिस्ट भन्नमा गौरव गर्छन्। यस आधारमा भन्दा उनी नेपाली कम्युनिस्ट आन्दोलनलाई नजिकबाट अध्ययन गर्ने मात्र होइन, स्वयं कम्युनिस्ट भएर त्यसभित्रका यावत् उतारचढाव र अन्तरकथालाई अनुभव गर्दै आएका व्यक्ति पनि हुन्। यिनै राजवले आफ्नो पछिल्लो उपन्यास भूमिगतलीला ः दुई हजार बत्तीसमा विसं २०२२ देखि ०३२ सम्मको भूमिगतकालमा कम्युनिस्टहरूले महिलाहरूमाथि गरेका चरम यौनशोषणलाई अत्यन्तै सूक्ष्म र सोदाहरण प्रस्तुत गरेका छन्।

उपन्यासमा हरेक पुरुष कम्युनिस्ट पात्र स्त्रीलम्पट देखिन्छ र यस लहरमा कतिपय महिलाहरू पनि थिए भन्ने यथार्थलाई औपन्यासिक विन्यास कलामा बाँधेर कम्युनिस्टभित्रको चरत्रिलाई चिरफार गरेका छन् लेखकले।

शीर्षकबाटै थाहा हुन्छ, यो कुनै राजनीतिक विषयवस्तुमा केन्दि्रत छैन। उपन्यास खालि यौनजन्य घटनाहरूको मियोवरपिर िघुमेको छ। उनको उपन्यासमा जसलाई समाजले एउटा आदर्श बोकेर भूमिगत रूपमा पार्टीका अभीष्टलाई गन्तव्यमा पुर्‍याउने सुकिलोमुकिलो चारिित्रक व्यक्तिका रूपमा चिनेको हुन्छ, त्यो व्यक्ति सबैभन्दा फोहरी भएर यौन व्यभिचारमा चुर्लुम्म डुबेको देखिन्छ। ०२२ सालदेखिका प्रसंगहरू आए पनि ०२८ सालदेखि यस्ता यौनजन्य घटनाले गतिशीलता पाएको देखिन्छ। ०२८ साल भनेको कम्युनिस्टले सामन्त र शोषकको समूल नष्ट गर्ने अभिप्रायले कैयौँ झापालीको शिरोच्छेदन गरेको उत्सर्गकाल थियो। त्यही कालमा कर्णबहादुर गौतमदेखि धर्मप्रसाद ढकालसम्मको नृशंस हत्या गरएिको थियो, शोषण र अत्याचारका विरुद्धमा भनेर। तर, उपन्यासमा राजवले यही कालखण्डलाई वामपन्थी आन्दोलनका सचेत प्रचारक र व्याख्याताहरूले चरम रूपमा यौनशोषण गरेको उल्लेख गरेका छन्।

उपन्यासमा वणिर्त पात्र कमरेडहरू प्राध्यापक नरप्रसाद शर्मा, धनाढ्य प्रताप श्रेष्ठ, केदारसिंह थापा, गगन, अशोक, हेमन्त आदि 'सेल्टर'मा बस्ने हरेक वामपन्थीहरू भूमिगत रूपमा आफ्नो दलको प्रचारसँगै परस्त्रीगमनमा सीमान्त रूपमा वशीभूत भएर लागेका देखिन्छन्। कतिसम्म भने एउटा कमरेडको घरमा सेल्टर बनाएर बसेको कमरेडले उसैकी श्रीमतीलाई पनि बाँकी राख्दैन। द्वापर युगमा कृष्णले १६ सय गोपिनीहरूमाथि गरेको लीलाभन्दा चर्को र सीमान्त लीला सेल्टरभित्रका कमरेडहरूले गरेका छन्, उपन्यासमा।

एउटा उदाहरण भूमिगतलीला ः दुई हजार बत्तीसबाटै ः "कलेजमा नरप्रसाद राजनीतिशास्त्र पढाउँथ्यो। पार्टीभित्र ऊ माक्र्सवादको एक कुशल व्याख्याता मानिन्थ्यो। वास्तवमा ऊ राम्रो विचारक र संगठक थियो। त्यसैकारण उसको पहलमा पार्टीले व्यापक विस्तार पाएको थियो। ...दिलप्रसादको घरमा ऊ अढाई वर्ष बसेको थियो। त्यही घरमा बसेर उसले पहिलोपटक यौनको अनुभव पाएको थियो। पछिपछि यसको त्यो अनुभवले निकै विस्तार पाएको थियो। ...नरप्रसादसँग बोली फुटेपछि पुनमाया -एक साहूकी श्रीमती) आफ्नू भान्छासँगै जोडिएको उसको कोठामा पनि के गर्न ला'को ? के पढ्न ला'को, के पका'को' आदि केही न केही भन्दै छिर्थी। यो क्रम बढ्दै गएपछि पुनमायासँग उसको यौनसम्पर्कको सुरुवात भयो।" यस्तो यौनक्रीडामा मुछिएको थाहा पाएर घरबेटीले उसलाई त्यहाँबाट निकाला गर्छ र ऊ शिवदत्तको घरमा बस्न पुग्छ। त्यस घरमा बस्दा उसको नियमित यौनजीवन कुण्ठित हुनपुग्छ। तर, यस समयखण्डमा पनि उसको कुनै एक महिलासँग १५/२० पटक यौनसम्पर्क हुन्छ। पार्टीकै कामले ऊ भक्तपुरको एक कमरेडको घरमा बेलाबेला बास बस्न पुग्थ्यो। यसै क्रममा ती कमरेडकी फुपूसँग उसको यौनकर्म सुरु हुन्छ। तर, पार्टीमा यस कुराको हल्ला चलेपछि अनुशासनकै कारबाही हुने त्रासमा उसलाई भक्तपुर जान बन्देज लगाइन्छ। त्यहाँबाट ऊ जहाँजहाँ डेरा सथ्र्यो, त्यहाँ त्यहाँ उसले स्त्रीभोग गरेकै हुन्थ्यो।

यो त उपन्यासको एउटा पात्र नरप्रसादको यौनक्रीडाको प्रसंग मात्र हो। प्रतापले त आफ्नै कमरेडकी बहिनीलाई गर्भवती बनाउँछ र बाध्यतावश स्वीकार्छ। तर, श्रीमतीको नाताले होइन, सेल्टरमा बस्ने कमरेडको नाताले एउटी रखौटीसरह मात्र। तर, ऊ स्वास्नीका नाताले हरेकपल्ट बलात्कार भने गररिहन्छ। स्वास्नीको दर्जा दिँदैन। यो क्रम ऊ गर्भवती हुँदासम्म जारी रहन्छ। जब कमरेडहरूको दबावमा स्वास्नीको दर्जा दिन्छ, श्रीमती अर्कै बूढो कमरेडको यौनलिप्सामा फसिसकेकी हुन्छे। उपन्यासका बूढा पात्रहरू पनि यौनव्यवहारमा उदार र लम्पट देखिन्छन्। त्यो पढ्दा उपन्यासका पात्रहरू नै कृत्रिम लाग्छन्। तर, लेखक यसलाई सत्य ठान्छन्। उनले उपन्यासको शीर्षकलाई तादात्म्य गर्न ०२८ सालको विद्यार्थी आन्दोलनमा पुर्‍याएर उपन्यासको अन्त्य गरेका छन्।

यद्यपि, त्यसपछि पनि यौनजन्य शोषणहरू भइरहेको कुरा लेखकले स्वीकारेका छन्। र, ती बाँकी यौनप्रसंगहरूलाई आगामी उपन्यासमा उल्लेख गर्ने कुरा उनले यस पंक्तिकारलाई इमेलमार्फत जानकारी गराएका छन्।

उपन्यासमा कम्युनिस्टहरूको यस्ता नकारात्मक प्रसंगहरू मात्र छैनन्। वामपन्थी विचारधारामा लागेपछि सोच र दृष्टिकोणबाट सुधारएिका शंकरजस्ताको परविर्तित चरत्रिलाई पनि देखाइएको छ। जो पहिला गाउँकी केटीलाई प्रेमपत्र लेख्दालेख्दा थाक्छ तर ऊ अर्कै कुनै कसाईंसँग पोइल जान्छे। शंकर त्यसपछि नरप्रसादको संगतले असल कम्युनिस्ट बन्छ। पुस्तकभरमिा वामपन्थी विचारधारामा लागेपछि मान्छे सुधि्रन्छ भन्ने एउटा मात्र उदाहरण हो यो। बाँकी सबै पात्रहरू बिग्रेका छन्।

राजवले उपन्यासलाई मोटा बनाएर पाठकलाई अध्ययन गर्न आलस्य नहोस् भन्नका खातिर ०३२ सम्मको समयलाई मात्र यसमा बाँधेका छन्। तर, उपन्यासमा सुरुका पाँच परच्िछेदका ३७ पृष्ठ कथ्यको उठान, बैठान र आख्यानात्मक अभीष्टसिद्धिका लागि उपयुक्त छैनन्। लेखकले यी ३७ पृष्ठमा पछिल्ला चरणमा भएका यौन कुकृत्यलाई अझ प्रभावकारी रूपमा राख्न सक्थे। उपन्यासको एउटा गुण्डा पात्र शंकर कम्युनिस्ट विचारधाराका पुस्तकहरू पढेर सकारात्मक मोडमा पुग्छ तर ऐंगेल्स, लेनिन, माक्र्स, स्टालिन, माओका किताब मुखाग्र भएर पनि प्रताप भने चारिित्रक रूपमा खत्तम देखिन्छ। गाउँकी एउटी बाहुनी केटी तल्लोजातको केटासँग भाग्दा लेखकले त्यसका विरुद्धमा झन्डै दुई परच्िछेद गाली गराएका छन् तर नायिका प्रतिमा गर्भवती भएर भाग्दा ऊमाथि एक शब्द पनि गाली लेखेका छैनन्। त्यसैले पाँचौँ परच्िछेदसम्म उपन्यास पुनरावृत्त हुँदै अघि घिसि्रएको छ, गतिशील यात्रामा दौडेको छैन। यति हुँदाहुँदै पनि यो उपन्यास राजनीति साहित्यमा विशेषतः यौन मनोविज्ञानमाथि लेखिएको सशक्त उपन्यास हो। र, लेखक आफैँको अद्यापि कम्युनिस्ट हुँ भन्ने स्वीकारोक्तिले यसलाई बढी आधिकारकि पनि बनाएको छ।

धर्म र अध्यात्मको तागत
दिवस गुरागाईं
केशवप्रसाद चौलागाईंले लेखेको द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका नामक पुस्तक धार्मिक र आध्यात्मिक विषयमा केन्दि्रत छ। पुस्तकबारे लेखकको निष्कर्ष छ, धर्मिक अनुशासन र आध्यात्मिक चेतले द्वन्द्वको अवसान हुन्छ र शान्ति बहाली हुन्छ।

पुस्तकको सकारात्मक पक्ष भनेको अन्तरधार्मिक अभियानमा जोड दिनु हो। यो पक्ष धार्मिक सहिष्णुता र समन्वयसँग जोडिन्छ। यसलाई जोड दिन नेपालमा पनि संयुक्त मोर्चा बनेको छ। धार्मिक युद्ध वा क्रान्तिलाई व्यवस्थापन गर्न वा युद्ध नै हुन नदिन उनको विचार सहायक हुन सक्छ। तर, लेखकले राजनीतिक द्वन्द्व र युद्धलाई केन्द्रविन्दु बनाउन खोजेका छन्, जुन त्यति प्रभावकारी लाग्दैन।

धार्मिक र आध्यात्मिक शिक्षाले पक्कै 'पेन किलर'को काम गर्दैन। त्यसैले यसले रातरात 'रजिल्ट' देखाउँदैन। लेखकले महाभारत युद्धको पक्षमा कुरा उठाएका छन्। 'युद्धका नियमहरूको व्यवस्थाले परपिक्वताको आभास दिन्छ' भनेर उनले त्यस युद्धको पक्षमा मत जाहेर गरेका छन्। विरोधीलाई मारसिकेपछि मात्र महाभारतको युद्ध सकिएको छ।

द्वन्द्व रूपान्तरणका लागि सिद्ध गणेश साधना नामको उपशीर्षक छुट्याइएको छ। यस अन्तर्गत एक पेजमा २२ वटा संस्कृत भाषाका मन्त्र छन्। त्यस्ता पेज ४६ वटा छन्। 'रसिका बेला कसैले पनि वेद पढ्दैन' भन्ने उखान सम्भिने हो भने यी मन्त्रको प्रभाव कस्तो रहला ? अर्थात्, आधुनिक मानवलाई यस्ता मन्त्र जप्न प्रेरति गर्न के गर्नुपर्ला ? कति सम्भव होला ?

संसारमा धेरै धार्मिक युद्ध भएका छन्। र, तिनको धेरथोर समाधान राजनीति र यसका कार्यकर्ताले गरेका छन्। तर, संसारमा भएका कुनै पनि राजनीतिक आन्दोलन वा क्रान्तिलाई धर्म वा अध्यात्मले बसमा राख्न सकेका छैनन्। यस यथार्थलाई आत्मसात् गरेर लेखकले नवीन सिद्धान्त वा विश्लेषण पस्िकन सकेको भए पुस्तक उपयोगी हुने थियो। "सभा, गोष्ठी, सन्त सम्मेलन, महायज्ञको आयोजनलगायत विविध कार्यहरूद्वारा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गरेर हतियार बिसाउन बाध्य पार्नुपर्छ," लेखकले निकालेको यो निष्कर्ष नै हास्यास्पद लाग्छ। लेखकलाई पनि राम्रोसँग थाहा हुनैपर्छ, उनले भनेजस्तो सभा, गोष्ठी, यज्ञ वा महायज्ञ इतिहासमै सबैभन्दा बढी अचेल हुने गरेका छन्।
मीना चौलागाईं प्रकाशक रहेको यो पुस्तक १ सय ८२ पृष्ठको छ। पुस्तकको सम्पादक महेश प्रसाईं हुन्। नयाँ खोज र अनुसन्धानको दस्तावेज होइन यो पुस्तक। तर, धर्मसँग सम्बन्धित संसारका धेरै युद्ध, धार्मिक पात्रो र केही दस्तावेजले पुस्तकलाई संग्रहणीयचाहिँ बनाएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out