नम्रताको पत्रकार सम्मेलन

आगामी शनिबार आयोजना गरिने कुमार कान्छा साँझबारे जानकारी दिन विहिबार अभिनेत्री नम्रता श्रेष्ठले पत्रकार सम्मेलन गरेकी छन् । लाजिम्पाटस्थित आफ्नो एटिक रेष्टुराँमा प्रेसमिट गरी उनले गायक कान्छाको स्वास्थ्य उपचारमा सघाउन कन्सर्ट गर्न लागिएको बताइन् । 'नेपाली श्रोता र दर्शकको मनमा राज गर्न सफल गायक कान्छालाई संगीतमा पुनःस्थापित गराउन स्वास्थ्यलाभको कामनाले मात्र पुग्दैन' प्रेस विज्ञप्ती वाचन गर्दै नम्रताले भनिन् 'थप आर्थिक सहयोगको समेत आवश्यकता पर्दछ ।'
सम्मेलनमा उपस्थित संगीतकार आलोकश्री, युनिटी ब्यान्डका सुदिन पोखरेल, अघोष ब्यान्ड, धर्मेन्द्र सेवानलगायतले पनि नम्रताको भनाईमा समर्थन जनाए । कार्यक्रमबाट उठेको सबै रकम कुमार कान्छा स्वास्थ्य उपचार सहयोग समितिलाई हस्तान्तरण गरिने नम्रताले जनाइन् । उक्त साँझमा गायक कान्छाले स्वरबद्ध गरेको र आलोकश्रीले संगीत भरेको एल्बम 'साइनो'को पनि लोकार्पण गरिने भएको छ । नम्रताको आयोजना र स्प्यारो एसएमएस तथा कुमार कान्छा स्वास्थ्य उपचार सहयोग समितिको सहयोगमा साँझ आयोजना गर्न लागिएको हो ।
साँझमा रामकृष्ण ढकाल, सुरेशकुमार क्षेत्री, हेमन्त राना, धर्मेन्द्र सेवान, श्रेया सोताङ, मल्लिका कार्की, युनिटी र अघोष ब्यान्डले गायन प्रस्तुत गर्नेछन् । स्वयम नम्रताले गायक कान्छाको जीवनीमा आधारित डकुमेन्ट्री प्रस्तुत गर्नेछिन् । कान्छाको उपचारका लागि पाटन म्युजिएममा गरिने साँझलाई सहयोग गर्न नम्रताले सबैसँग अनुरोध गरेकी छिन् । गायक कुमार कान्छा यतिबेला दिल्लीको रेहजा अस्पतालमा क्यान्सरसँग संघर्ष गरिरहेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out