अभिनेत्री निशा अधिकारीले अमेरिका उड्नुअघि मेरोसिनेमासँग भनेकी थिइन् 'न्यूयोर्क फिल्म स्टुडियोमा चारमहिने कोस्र पढेर नेपाल फर्कन्छु । त्यसपछि नयाँ प्रोजेक्टहरुको काम गर्नुछ ।'
उनी अमेरिका हानिएको तीनदिनपछि आमा दुर्गाले पुनः मेरोसिनेमासँग भनिन् 'पाँच वर्षको भिसामा अमेरिका उडेकी हो । उसले फिल्म पढ्छु भनेर जिद्दि गरेपनि हामीले अरु विषय पढ्न दवाव दिएका थियौं । नेपाल फर्कने/नफर्कने उसको मुडमा भर पर्छ । दाइ पनि उतै भएकाले निशा पनि उतै बस्न सक्छे ।'
यतिबेला निशाको अमेरिका गन्तव्यप्रति आमा-छोरीको अलग-अलग कुरा सुन्नमा आएको छ । निशा स्वयमले आफू नेपाल फर्किएर फिल्म क्षेत्रमै लाग्ने बताएपनि उनकी आमा दुर्गाले चाहिँ निशा अमेरिकामै बस्न सक्ने र त्यो कुरा उनको मुडमा भरपर्ने बताइदिएर अर्को तरंग सिर्जना गरिदिएकी छिन् । धमाधम नेपाली कलाकारहरु अमेरिका पलायन भइरहँदा निशाको अमेरिका उडानले पनि नेपाली सिनेमा क्षेत्रको अर्को संशय पैदा गरिदिएको छ ।
निशा अमेरिकामै बस्ने उल्लेख गर्दै काठमाण्डूस्थित केही ट्याब्लोइड अखबारले पनि खबर छापेका छन् । 'फस्टलभ' चलचित्रबाट राम्रो चर्चा बटुलेकी निशा नेपाली सिनेमा र संचार क्षेत्रमा स्थापित हुन संघर्ष गरिरहेकी थिइन् । निशाकी आमा स्वयमले यसो भनेपछि पत्याउने आधार बलियो बनेको छ । यद्यपी निशा नेपाल फर्किएर सिनेमाको विकासमा लागून, हाम्रो अपेक्षा ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago