हप्तामा तीनपटक यौनसम्पर्क राम्रो

यो अनुसन्धानअनुसार मानिसले आफ्नो वैवाहिक जीवनलाई स्वस्थ र सुखमय बनाउनका लागि हप्तामा तीनपटक यौनसम्पर्क गर्नु उत्तम रहेको जनाएको छ । 'यदि तपाइर्ं आफ्नो वैवाहिक जीवन स्वस्थ, सुखमय र खुसीले भरिएको बनाउन चाहनुहुन्छ भने हप्तामा तीनपटक यौनसम्पर्क राख्ने गर्नुहोस् र हरेक दिन ४ पटक आफ्नो श्रीमान् वा श्रीमतीलाई चुम्बन गर्ने गर्नुहोस्' अनुसन्धान प्रतिवेदनमा भनिएको छ । अनुसन्धानअनुसार मानिसले आफ्नो सुखमय वैवाहिक जीवनका लागि हरेक दिन आफ्नो श्रीमान् वा श्रीमतीलाई बिहान एकपटक 'आइ लभ यु' भन्न पनि आवश्यक रहेको छ । यसका साथै यदि तपाइर्ंले हरेक दिन आफ्नो जोडील्ााई कम्तीमा तीनपटक अँगालो मार्ने तथा महिनामा दुईपटक बाहिर खाना खान लग्नुभयो भने तपाइर्ंको वैवाहिक जीवन स्वस्थ र सुखमय बन्न सक्नेछ । यो अनुसन्धानमा तीन हजारभन्दा बढी विवाहित मानिसलाई समावेश गरिएको थियो । अनुसन्धानमा सहभागीलाई वैवाहिक जीवनका बारेमा धेरैभन्दा धेरै जिज्ञासा राखिएका थिए । ३० देखि ३३ वर्ष उमेर समूहका वैवाहिक जोडीमा विवाह भएको दिनदेखि दुई वर्षसम्म वैवाहिक जीवन बिताएका मानिस सामेल थिए । अनुसन्धानपछि अधिकांश मानिसले हप्तामा कम्तीमा तीनपटक यौनसम्पर्क गर्ने गरेको र दैनिक चारपटक चुम्बन गर्ने गरेको बताएका थिए । भने केहीले मात्र हप्ताको सातै दिन र केहीले एकपटक यौनसम्पर्क गर्ने गरेको बताएका थिए, जसमा सबैभन्दा खुसी र स्वस्थ जोडी हप्तामा तीनपटक यौनसम्पर्क गर्ने र दैनिक चारपटक आफ्नो जोडीलाई चुम्बन गर्ने मानिस रहेका थिए ।हप्तामा तीनपटक यौनसम्पर्क गर्नुहोस् र आफ्नो वैवाहिक जीवन स्वस्थ र सुखमय बनाउनुहोस् । हालै गरिएको एक नयाँ अनुसन्धानले सार्वजनिक गरेको एक तथ्य हो यो ।    

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out