नम्रतालाई बहुराष्ट्रिय कम्पनीको सहयोग

नेपाली सिनेमाकी डिभा नम्रता श्रेष्ठ यतिबेला निकै बेचैन छिन् । लाग्छ उनका लागि चौविस घण्टा छोटो हुन थालेको छ । न खानु न सुत्नुको पत्तो । शनिबार आफ्नै पहलमा गर्न लागेको कन्सर्ट व्यवस्थापनका लागि यतिबेला यी सुन्दरी धपेडीमा छिन् । स्पोन्सर खोज्न नम्रतालाई पापड पेल्नुपर्‍यो । हम्मे गरेपछि भनेजस्तो स्पोन्सर पाएकाले 'सानो संसार' स्टार गदगद छिन् ।
नम्रताको कन्सर्टका लागि बहुराष्ट्रिय कम्पनीका उत्पादन रोएल स्टग, काल्सवर्ग, डाबर नेपालको रिएल जुस, रेडबुल, स्प्यारो एसएमएसले स्पोन्सर गर्दैछन् । 'निकै दुःख हुँदो रहेछ स्पोन्सर खोज्न र ब्यवस्थापन गर्न' नम्रताले सुस्केरा हालिन् 'अर्कालाई कन्भिस गर्न कति गाह्रो हुँदो रहेछ बल्ल बुझें ।' सँधै फिल्ममा अभिनय मात्र गर्ने नम्रतालाई निर्माताको पीडा कस्तो हुँदो रहेछ बोध भएको हुनसक्छ । कारण -उनी यो कन्सर्टकी एकखाले निर्मात्रीजस्तै हुन् ।
नम्रता भनेपछि ती कम्पनी पनि स्पोन्सर बन्न राजी भए । नम्रताको क्रेजले स्पोन्सरलाई पनि आच्छु-आच्छु परेको हुनुपर्छ । यो भन्दा पनि गायक कुमार कान्छाको उपचारका लागि गरिने कन्सर्टमा ती स्पोन्सरलाई दया पलाएछ । बहुराष्ट्रिय कम्पनीको उत्पादनले सहयोग गर्ने भएपछि भने नम्रताको कन्सर्ट पक्कापक्की जस्तै भएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out