पूर्व युवराज पारस प्रहरी नियन्त्रणमा

चितवन मा गोली प्रहार गरेको आरोपमा पूर्व युवराज पारश शाहालाई प्रहरीले पोखराको फूलबारी रिसोर्टबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले पारसविरुद्ध पक्राउ वारेन्ट जारी गरेलगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई नियन्त्रणमा लिएको नागरिकन्युजकर्मी केपी ढुंगानाले जनाएका छन्। एसएसपी केशव अधिकारीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको पोखराबाट नागरिकन्युजकर्मी सन्तोष पोखरेलले बताए। जिप्रका कास्कीका प्रमुख पुस्कर कार्कीले पक्राउको पुष्टि नगरी पक्राउ गर्न प्रहरी परिचालन भने भएको जानकारी दिए। गृह मन्त्रालयको निर्देशनमा उनलाई पक्रन ७५ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार भइसकेको थियो। पूर्व युवराज पारसले उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाँई रुबेल चौधरीसँग विवाद हुँदा हवाई फायर गरेका थिए।
यसैबीच गृह मन्त्रालयले गठन गरेको छानविन समितिका प्रमुख डिआइजी गंगा पाण्डे अनुसन्धानका लागि चितवन पुगेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out