पुर्वयुवराज पारसबिरुद्ध पक्राउ पुर्जी जारी

चितवन, मंसिर २८ - पुर्वयुवराज पारश शाहले गोली प्रहार गरी उप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाई रुवेल चौधरीलाई ज्यान मार्ने उद्योग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता भएको छ । नेपालको इतिहासमा पुर्वयुवराज बिरुद्ध परेको संभवत यो पहिलो मुद्दा हो ।
चितवनको टाईगरटप्स होटलका पाहुना रुवेल चौधरीलाई गत शनिवार राती हतियार देखाएर ज्यान मर्ने उद्देश्य राखेको भन्दै मेघौली प्रहरीका एक प्रहरी सहायक निरीक्षकका नामवाट पारश शाह बिरुद्ध मुद्दा दर्ता भएको हो ।
चितवन प्रहरी कार्यालयमा दर्ता नं‌. १६६ रहेको मुद्दामा चितवनका एसपी पुष्पचन्द्र रञ्जितले आवश्क कारावही गर्नु भन्ने तोक आदेश लगाएका छन् । जिल्ला प्रहरी चितवनले काठमाण्डौं महानगरपालिका वडा नं ४ स्थित निर्मल निबास बस्ने तपाई पारश शाहले होटलका पाहुना रुवेल चौधरीलाई ज्यान मार्ने उदेश्यले फायरिङ समेत गरेको भन्ने आरोप छ भन्ने व्योहोराको पुर्जी जारी गरेको छ ।

चितवन प्रहरीले जिल्ला प्रहरी कार्यालय काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय कास्कीलाई पक्राउ पुर्जि पठाएर पारशलाई पक्राउ गरेर बुझाउनु भन्ने पत्र पठाएको छ ।
प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुक्का तयारी गरी त्यसैको आधारमा प्रहरीकै नामबाट पारश बिरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता भएको हो ।
चितवन प्रहरी कार्यालयले भने आफुहरुले त्यसवारे केही भन्न नमिल्ने जनायो । 'यसवारे हामीले केही भन्न मिल्दैन' जिल्ला प्रहरी कार्यालयका डिएसपी रबिराज खडकाले भने 'अनुसन्धान आयोग गठन भैसकेकाले तपाईले उतै सम्पर्क गर्नु ।' उनले घट्ना सम्बन्धमा एकै ठाउँवाट मात्रै सूचना दिनु भन्ने माथिको आदेश रहेको पनि बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out