पारस भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा/बिशिष्ट श्रेणीको सुविधा

चितवन, मंसिर २८ - चारदिन अघि टाइगरटप्स होटलमा सुजाताका ज्वाइँमाथि गोली चलाएको अभियोगमा पूर्व युवराज पारस शाहलाई मंगलबार साँझ पोखराबाट चितवन ल्याइएको छ ।
पोखराको फुलबारी होटलमा उच्च प्रहरी अधिकृतले सोधपुछ गरेपछि शाहलाई चितवन ल्याइएको हो । कडा सुरक्षा घेरा बनाउएर उनी चढेको हेलिकप्टर भरतपुर बिमानस्थलमा नउतारी सीधै प्रहरी तालिम केन्द्रमा झारिएको थियो ।
दर्जनौं पत्रकार र सयौं सर्मथकहरु भरतपुर बिमानस्थलमा उनको प्रतिक्षा गरिरहेका बेला पारस चढेको हेलिकप्टर प्रहरी तालिम केन्द्रमा झारिएको हो । तत्कालीन युवराजकै झझल्को दिने गरि उनलाई तालिम केन्द्र भित्र राखिएको छ । त्यहाँ संचारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको छ ।
उनी आउनु भन्दा अघि अर्को एक हेलिकप्टरमा उनका कानुनी सल्लाहकार भरतपुर बिमानस्थलमा आएका थिए । पारसको साथमा केही चिकित्सकहरु पनिसँगै आएको स्रोतको भनाइ छ ।
तालिम केन्द्र वरपर दर्जनौं प्रहरी र घुमुवाहरु परिचालन गरिएको थियो ।  
प्रकाशित मिति: २०६७ मंसिर २८ ०५:४४

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out