पारसको चुल्ठो, हिमानीको नाइटो सफाचट्

काठमाडौं। पूर्व राजपरिवारका सदस्यहरु जनताबीच जाने र जनतामा स्थापित हुने प्रयास चलिरहेका बेला पारस दम्पत्तिले आफ्नो शारीरिक हुलियासमेत परिवर्तन गरेको चर्चा दरवार निकटस्थहरुबीच चलेको छ। पूर्व युवराज पारसको लामो चुल्ठो र पूर्व युवराज्ञी हिमानीको पियरिङको सम्बन्धमा सबैतिरबाट आलोचना आएपछि पूर्वराजा ज्ञानेन्द्रको सुझाव अनुसार उनीहरुले आ(आफ्नो शारीरिक हुलिया हटाएको बताइएको छ।
लामो समयदेखि कपाल पालेर चुल्ठो बाटेका र सार्वजनिक समारोहमा पनि चुल्ठो बाहिर टोपी लगाएर प्रस्तुत हुने पारसले पछिल्लो पटक चुल्ठो फालेका छन्। जनतामा सहज रुपमा जान र लोकप्रियता कमाउन लवाई खवाइ र गेटअपको पनि अर्थ हुने भएकाले उनलाई चुल्ठो फाल्न लगाइएको स्रोतले जनाएको छ। त्यस्तै पूर्वयुवराज्ञी हिमानीले पनि नाइटोमा लगाइएको पियरिङ हटाएको चर्चा चलेको छ। समाजसेवाका क्रममा दोलखा पुगेका बेला उनको साडीको सुर्को हावाले उडाउँदा उनको नाइटो छेडेर लगाइएको मुन्द्रा फोटो पत्रकारहरुले प्रष्ट रुपमा देखेर फोटो खिची केही पत्रिकामा छापिएपछि त्यसले चर्चा पाएको थियो। उत्तरआधुनिक पुस्ताका अल्लारे युवतीहरुले आँखा, ओंठ, नाइटोमा लगाउने उत्ताउलो पियरिङ हिमानीको नाइटोमा समेत देखिएपछि उनका शुभचिन्तकहरुले समेत नराम्रो महशुस गरेपछि पियरिङ हटाइएको बताइएको छ। (साँघु साप्ताहिकले २०६७ असोज २५ गतेको अंकमा 'हिमानीलाई नाइटो सफा गर्न सुझाव' शीर्षकमा समाचार छापेको थियो। ) त्यसो त पछिल्लो समयमा पूर्वराजा र पूर्व युवराजको सम्बन्धमा पनि सुधार आएको छ। सँगै खाना खाने, सँगै सरसल्लाह गर्ने तहमा बाबु(छोराको सम्बन्ध विकास भएकोमा राजावादी र उनका निकटस्थहरु दंग छन्। जनतामा स्थापित हुने क्रममा पूर्व राजपरिवारका सदस्यहरु एक्लाएक्लै देश दौडाहामा पनि निस्किरहेका छन्। हिमानी कोषमार्फत् औपचारिक रुपमा समाजसेवामा लागेकी हिमानीले दोलखालाई महत्व दिए पनि पारसले भने विभिन्न जिल्लामा राजनीतिक तथा सामाजिक, धार्मिक भ्रमण निरन्तर गरिरहेका छन्। पछिल्लो पटक पारस धादिङ र सर्लाही पुगेका थिए। उनले राजनीतिक चरित्रका मात्र नभएर धार्मिक व्यक्तित्वहरुसँगको उठ्बस पनि बाक्लो पारेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out