'भगवानले बचाए’

पूर्वयुवराज पारस शाहले पेस्तोल ताकेपछि शनिबार रातिदेखि बेहोस भएका परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरी सोमबार बिहानसम्म पनि राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन् । चितवनको टाइगरटप्समा पारसले ४ राउन्ड हवाई फायर गरेपछि उनलाई नवलपरासी ल्याई सुरक्षा दिइएको थियो । उनी आइतबार दिउँसो श्रीमती मेलानी कोइराला र छोरा ४ वर्षे मोहिमसहित नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा थिए । चौधरी सोमबार दिउँसो चार्टर गरेर ल्याइएको हेलिकप्टर चढ्नुअघिसम्म पनि त्रसित देखिन्थे । हेलिकप्टर चढ्नु १० मिनेटअघि कान्तिपुरका नारायण शर्मासँग चौधरीले गरेको संक्षिप्त कुराकानी-
टाइगरटप्समा तपाईं र पारस शाहबीच किन झगडा भयो ?
म र परिवार बाँच्न सफल भयौं । त्यो सम्झिँदा म अत्यन्त त्रसित छु । हेर्नुस् न -कामेका आफ्ना दुवै हात माथि उचाल्दै), म बोल्न सक्ने अवस्थामै छैन । खुदा -भगवान्) ले हामीलाई बचाए । भगवान्लाई धेरै-धेरै धन्यवाद । म उनलाई चिन्दा पनि चिन्दैनथें । मेरो उनीसँग कुनै सरोकार पनि थिएन । कुनै दुस्मनी पनि थिएन । उनीप्रति कुनै चासो पनि थिएन । म त परिवार र साथीसँग थिएँ । एक्कासि घटना भयो । हामी बाँच्न सफल भयौं ।

चिनजानै नभए पारस तपाईंमाथि किन जाइलागे ?
त्यस रात खाना खाने बेला भएको थियो । त्यसै क्रममा परिचय भयो । त्यसपछि उनले एकैचोटि कोइराला परिवारका कारण मोनार्की (राजतन्त्र) गयो भने । मैले चासो दिइनँ । उनी एकैछिन पछि इमोसनल भएर आए । अनि राजतन्त्र फाल्नुमा कोइराला परिवारको ठूलो हात छ भने । उनलाई हार्दिकतापूर्वक मैले यसमा मेरो केही दोष छैन भनें । मैले हात जोडेर भनें, म त विदेशी नागरिक हुँ । उनले एक्कासि आवेशमा आएर जंगलतिर घुम्न जाउँ भने । मैले परिवार र साथीसँग छु, माफ गर्नुहोला जान सक्दिनँ भनें । म कुनै मारामारी गर्ने मान्छे होइन । आदत पनि छैन । माफ गर्नु होला महोदय, कृपया तपाईं जानुहोस् भनें । उनले आवेशमा आएर पेस्तोल ताके....(आफ्नो वाक्य पूरा नगरी आत्तिँदै) परिवार र म बाँच्यौं यसैमा खुसी छु । म अरू केही बोल्न
चाहन्नँ । हामी बाँच्यौं...।
हतियार पारससँगै थियो कि कोसँग ?
उनले मलाई सोझै ताकेर त हानेनन् । नत्र....(बोल्दाबोल्दै रोकिए), फेरि सम्हालिएर -हातले आकाशतर्फ देखाउँदै) ३/४ राउन्ड हवाई फायर गरे । मेरो होस गुम भयो । केही थाहा छैन । म बोल्न पनि सक्दिनँ हेर्नुस् न ।
पारसका सुरक्षाकर्मीले केही गरेनन् ?
सबै त्रसित थिए । मलाई थाहै भएन । म त केही सोच्नै सक्दिनँ । उनीहरू पनि सायद...।
पारसविरुद्ध कानुनी कारबाही अघि बढाउनु हुन्छ कि के गर्नुहुन्छ ?
भगवान्ले बचाए । मलाई केही भन्नु छैन । म परिवार र साथीसँग छुट्टी मनाउन आएको हो । अरू केही छैन । (सँगै रहेकी ३६ वर्षीया उनकी श्रीमती मेलानीले अंग्रेजीमा केही भन्न खोज्दा रुवेलले नबोल्न संकेत गरे ।) भयो अब धेरै नबोलौं, हामीलाई घर जान दिनुहोस् है

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out