यसपालि पनि लगन जुरेन

यसपालिको मंसिरमा पनि लगन नजुरेका नायिकाहरू भन्ने गर्छन्- बिहे गर्न केको हतार ?
काठमाडौं/ मंसिर, बिहेको मौसम । तर, नेपाली फिल्ममा यद्यपि चल्तीमा रहेका केही अविवाहित नायिकालाई भने यसपालिको मंसिरले पनि लगनगाँठो कसाइदिएन । गत वर्ष मंसिरको लगनमा ऋचा घिमिरे बिहेबन्धनमा बाँधिएकी थिइन् । तर, यसपालि भने चलेका कुनै हिरोइन पनि श्रीमती बनेको खबर सुन्न पाइएन 
बिहे गर्न उमेरको पावन्दी नभए पनि उषा पौडेल, रेजिना उप्रेती, पूजना प्रधान र नन्दिता केसीको 'पराइ घर जाने' उमेरले भने नेटो काट्न थालिसकेको छ । यिनीहरूले यस वर्षको मंसिरको लगन पनि टारेका छन् 
नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि क्रियाशील यी नायिका अविवाहित छन् । आमसेलिब्रेटी बिहे गर्‍यो या गरेको थाहा भयो भने आफ्नो क्रेज घट्छ भन्ने भ्रममा रुमल्लिएका हुन्छन् । यी अविवाहित नायिकामा पनि यो भ्रम व्याप्त छ । 

 'अहिले नै बिहे गर्न के हतार ?' नन्दिताको भनाइ छ, 'करिअर बनाउँदै छु । अझै चार/पाँच वर्ष बिहे गर्ने योजनै छैन, मेरो ।' आफूलाई बलिउड अभिनेता शाहरुख खानजस्तो बेहुलो चाहिने बताउने गरेकी नन्दिताले 'शाहरुखजस्तो' केटो नभेटेर पो बिहे नगरेकी हुन् कि ? 'होइन, मैले खोजेकै छैन । खोजेँ भने त भेटिएला नि !' उनी भन्छिन्, 'केही वर्षलाई बिहेबन्धनबाट टाढै रहन चाहेकीले पहल नगरेकी हुँ ।' 'अरूले जेसुकै गरून्, मलाई बिहे गर्न हतार छैन,' अर्की नायिका रेजिना उप्रेती जतिवटा मंसिर आए-गए पनि आफू नआत्तिने बताउँदै भन्छिन्, 'म करिअरकै चिन्तामा छु । बिहे भन्ने कुरा देखेर हँुदैन, लेखेकै हुनुपर्छ । त्यसकारण म यो भाग्यकै भरमा छाड्छु ।' हालै सतुंगलमा जग्गा किनेकी रेजिना घर बनाएपछि मात्रै बिहेबारे सोच्ने बताउँछिन् । 'बल्ल-तल्ल घडेरी किनेकी छु । घर बनाएर सेटल भएपछि मात्रै बिहेको योजना बनाउनुपर्ला,' आफूलाई घरपरिवारबाट बिहे गर्न दबाब आइरहने गरेको बताउँदै उनले भनिन्, 'बुबाआमा त सधैँ बिहे गर्, बिहे गर् भन्नुहुन्छ नि ! तर, अचेल उहाँहरूले मेरो कुरा बुझ्नुहुन्छ । मैले गरिरहेको कामबाट उहाँहरू सन्तुष्ट हुनुहुन्छ । त्यसकारण अचेल बिहे गर् भनेर दबाब दिन छाड्नुभएको छ ।'
अर्की अविवाहित नायिका उषा पौडेललाई पनि लगन छुट्ला भन्ने चिन्ता छैन । 'बिहे निकै सोचविचार गरेर गर्नुपर्छ । हतारमा बिहे गरेर फुर्सदमा पछुताएका साथीहरू धेरै देखेकी छु मैले,' उनको भनाइ छ, 'त्यसकारण म हतारिएर बिहे गर्ने पक्षमा छैन ।'
केही वर्षयतादेखि धर्म-कर्ममा लीन भएकी अर्की नायिका पूजना प्रधान पनि बिहे गरिहाल्ने योजनामा नरहेको बताउँछिन् । 
जय संगत अभियानमा लागेकी उनी बिहे नगरीकनै जिन्दगी पार गर्न पनि सकिने धारणा राख्छिन् । 'बिहे गर्नैपर्छ भन्ने छैन,' उनको तर्क छ, 'यो संसारमा धेरै त्यस्ता स्त्री, पुरुष छन् जसले बिहे नगरीकनै जिन्दगी बिताएका छन् । मेरो सन्दर्भमा पनि यो लागू हुन सक्छ ।' भविष्यमा बिहे गर्ने दिन आउन सक्ने भए पनि आजसम्म भने आफूले बिहे गर्ने योजना नबनाएको बताउँछिन्, उनी  फिल्मक्षेत्रमा अन्य थुप्रै नायिका अविवाहित छन् । कतिपयले त बिहे गरेर डिभोर्स पनि गरिसकेका छन् भने केहीलेे दोस्रो बिहे पनि गरेका छन् । अधिकांश अविवाहित नायिका बिहे नै नगरे पनि बिहेबराबरको सम्बन्धमा भने रहेका छन् । रेजिना उप्रेती १० वर्षदेखि निर्देशक शोभित बस्नेतसँग प्रेममा छिन् । उषा पौडेल बलिउड नायक राहुल रोयसँग प्रेममा भएको हल्ला चल्ने गरेको छ । पूजना प्रधान र पुष्पराज पुरुष पनि केही वर्षअघिदेखि निकै निकट छन् । अर्की नायिका नन्दिता केसी र निर्माता वसन्तकुमार श्रेष्ठको सम्बन्धको पनि निकै चर्चा हुने गर्छ  अधिकांश अविवाहित नायिकाले गर्ने गरेको प्रतिप्रश्न- 'बिहे गर्न केको हतार ?' मा उनीहरूको निकटतम् सम्बन्ध नै रहस्य भएको लख सजिलै काट्न गाह्रो छैन । 

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out