अख्तियार पछि नहटे सिटौला जेल जाने

काठमाडौं। नेपाल प्रहरीको इतिहासमा हालसम्मकै सबैभन्दा ठुलो भ्रष्टाचारका रुपमा लिइएको सुडानस्थित शान्ति मिसनका लागि खरिद गरिएको बन्दोबस्तीका सामान गरिद भएको अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाका प्रमुख दोषि तत्कालिन गृहमन्त्री कृष्ण प्रसाद सिटौलाविरुद्ध मुद्दा दायर गर्न सक्छ की सक्दैन अहिले निकै चासोको विषय बनेको छ।
शान्ति मिसनका लागि आवश्यक ५ वटा एपीसी लगायत सामा खरिदमा ३५ करोड भ्रष्टाचार भएको रिपोर्ट सार्वजनिक भएको ६ महिना्क बिति सक्दा आयोगले अनुसन्धानका नाममा मुद्दा दायर नगर्नुले घटनाका दोषिहरू उम्कने सम्भावना बढ्दै गएको छ।
संसदको राज्यव्यवस्था समितले गत मंगलबार आयोगका सचिव भगवती प्रसाद काफ्लेलाई बोलाई दोषिलाई कारबाही गर्न निर्देशन दिइसकेको छ। स्रोतका अनुसार तत्कालिन गृहमन्त्री सिटौलाका अलावा सचिव उमेश मैनाली, प्रहरी महानिरीक्षक ओमविक्रम राणा र प्रहरीको खरिद शाखामा रहेका केही प्रहरी अधिकृत पनि कारबाहीमा पर्ने देखिएको छ। खरिदको समयमा विभा बिभागिय मन्त्री रहेकी सुजाता कोइराला पनि त्यसमा मुछिने सम्भावना रहेको छ। तर राजीनितक दबाबकै कारण अख्तियारले स्पष्ट प्रमाण पाइसकेपनि राजनीतिक दबाबकै कारण मुद्दा दायर गर्न नसकेको स्रोत बताउँछ।
त्यसबेला खरिदमा भएको अनियमितताकै कारण हाल नेपाल प्रहरीको ुसुडान मिशन संकटमा परेको छ। आवश्यक बन्दोबस्तीका सामाग्री नभएको भन्दै संयुक्त राष्ट्र संघले नेपाल प्रहरीलाई त्यहाँबाट फिर्ता बोलाउन लागिरेहको छ। यदि नेपाल सरकारले १० दिनभित्र आवश्यक बन्दोबस्तीका सामान खरिदको व्यवस्था गर्न नसके प्रहरीको मिशनलाई फिर्ता पठाइने चेतावनी राष्ट्रसंघले दिइसकेको छ।
द्वन्द्वग्रस्त मुलुक सुडानमा दुई हप्तापछि ने जनमत संकलन हुँदै छ। त्यसकारण त्यहाँ हिसंा भडकने सम्भावना बढिरहेको छ। तर त्यहाँ रहेको नेपाल प्रहरीसँग भने प्रतिरक्षाका सामाग्री रहेका छैनन्। पहिले कमिशनको लोभमा खरिअ गरिएका सामानहरू काम नलाग्ने भएपछि राष्ट्रसंघले चलाउन दिएको छैन। त्यसकारण त्रास बोकेर नेपाल प्रहरीले त्यहाँ काम गरिरहेको छ।
स्रोतका अनुसार उक्त खरिद प्रकरणमा हाल उपप्रधानमन्त्री रहेकी सुजाता कोइराला र उनका ज्जाई रुबेल चौधरीको हात रहेको छ। शम्भु भारतीमार्फत तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दबाबमा भारतीलाई उक्त ठेक्का दिइएको थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out