बलिउड, विवाह र विवाद

अघिल्ला वर्षहरूझैं वर्ष २०१० मा पनि बलिउडका सेलिब्रेटी तथा स्थापित कलाकारहरू विवादमा आइरहे। वर्ष २००९ को अन्तिम सप्ताहमा प्रदर्शित चलचित्र ँथ्री इडियट्स’  ले जब बक्स अफिसमा अत्यधिक सफलता हासिल गर्‍यो। चलचित्रको सफलतासँगै यसका वास्तविक लेखक चेतन भगतले आफूप्रति अन्याय भएको कुरा सार्वजनिक गरे।  भगतले यो चलचित्र आफ्नो उपन्यासमा आधारित भएको कुरा चलचित्र निर्माताले धेरै पछि मात्र बताएको तथा आफूलाई दिइनुपर्ने श्रेय पनि नदिइएको आरोप लगाएका  थिए।
इन्डियन प्रिमियर लिग (आईपीएल) को तेस्रो संस्करणमा शाहरूख खानले पाकिस्तानी क्रिकेटरहरूलाई पनि सहभागि गराइनुपर्छ भन्ने कुरा बोलेर शिवसेनासँग दुस्मनी मोले । त्यसैले  मुम्बईमा ' माई नेम इज खान' प्रदर्शन गर्ने विषयमा ठूलै विवाद भयो ।

सञ्जय दत्तले मायावतीलाई जादुको झप्पी दिने कुरा बोलेकै कारण कडा टिप्पणी सुन्नुपर्‍यो ।

सलमान खानले आफ्नो घरबाहिर एउटा भ्यान पार्किङ गरेको आरोपमा १ हजार २ सय भारतीय रुपैयाँ जरिवाना तिर्नुपरेको प्रसंगले पनि यो वर्ष बलिउडलाई ततायो ।

अजय देवगणले गोवामा सार्वजनिक स्थानमा धूम्रपान गरेकै कारण दण्ड तिर्नुपर्‍यो ।

मुन्नी बदनाम हुई... गीतमा झन्डू बामको नाम उल्लेख गरिएकोमा झन्डू बाम कम्पनीले आपत्ति जनायो । उक्त गीतमा आइटम डान्स गर्ने मलाइका अरोडाले झन्डू  बामको नयाँ विज्ञापनमा काम गर्ने आश्वासन दिए पछि मात्र कम्पनि शान्त भयो ।

प्रायः सधैं विवादमा रहने नृत्यांगना राखी सावन्तले एउटा टेलिभिजन कार्यक्रम 'राखीका इन्साफ' मा एक जना पुरुषलाई 'नामर्द' भनिन् । राखीको उक्त भनाइकै कारण  ती युवकले आत्महत्या गरे । फलस्वरूप राखीविरुद्ध अदालतमा मुद्दा दायर भयो ।

देओल परिवारको नक्कल गर्ने एउटा रेडियो स्टेसनविरुद्ध सनी देओल यति धेरै रिसाए कि उक्त रेडियो स्टेसनले देओल परिवारको नक्कल नै बन्द गर्‍यो ।

रघुवीर यादवकी श्रीमती पूणिर्मा आफूलाई 'गुजारा भत्ता' नदिएकोमा निकै रिसाइएकी थिइन् । अन्त्यमा एक दिन रघुवीर श्रीमतीको फन्दामा परे । त्यसपछि उनले  श्रीमतीलाई पालनपोषण भत्ता दिने शपथ नै खाए ।

बलिउडकर्मी अनुराग कश्यपले अमिताभ बच्चनमाथि आरोप लगाउँदै उनले आफ्नो छोराको चलचित्र 'खेलें हम जी जान से' का लागि सोही विषयमा आधारित अर्को  चलचित्र 'चिटगाँव' को प्रदर्शन मिति पर सारिदिएको दाबी गरे । अमिताभकै कारण अभिषेक बलिउडमा टिकिरहेका हुन् भन्नेहरूका लागि यो प्रकरणले थप बल प्रदान गर्‍यो ।

इन्डियन आइडल अभिजित सावन्तकी साथी प्राजत्या शुक्रेले आफ्नो कारले दुई जना युवकलाई ठक्कर दिइन् । उनलाई बचाउन घटनास्थल पुगेका अभिजीत त्यहाँ  उपस्थित भीडको आक्रोशको सिकार भए ।

एउटा च्यारिटी समारोहमा सहभागिता जनाइरहेकी नायिका याना गुप्ताले उक्त दिन अन्डरवेयर (पेन्टी) लगाउन बिर्सिएकी थिइन् । पेन्टीबिना नै उनका थुप्रै तस्बिर खिचिए । उनका ती तस्बिरको चर्चा लामो समयसम्म भयो । केही मानवअधिकारवादी संस्थाले त गुप्ताविरुद्ध मुद्दा हाल्ने घोषणा पनि गरे ।

बिग बोसमा देखाइएको अश्लीलताविरुद्ध भारतको उत्तरप्रदेशस्थित अलिगढको अदालतमा मुद्दा नै दायर भयो । उक्त मुद्दा कार्यक्रमका निर्माताका अतिरिक्त सलमान  खानलाई पनि विपक्षी बनाइएको छ ।

एउटा संस्था डक्टर्स फर युले चलचित्र 'गुजारिश' को पोस्टर तथा एउटा दृश्यको विरोध गर्‍यो । पोस्टर तथा दृश्यमा नायिका ऐश्वर्या रायले सिगरेट पिइरहेको देखाइएको  थियो । 'गुजारिश' ले अर्को एउटा आरोप पनि सहनुपर्‍यो । दयानन्द राजन नाम भएका एक व्यक्तिले 'गुजारिश' उनको अप्रकाशित उपन्यास 'समर शो' मा आधारित भएको  दाबी गरेर चलचित्रलाई विवादमा ल्याउने प्रयास गरे । यस विषयमा अनुसन्धान भैरहेको बताइन्छ ।

केही साताअघि प्रदर्शनमा आएको चलचित्र 'ब्यान्ड बाजा बारात' का नायक रणवीरसिंह नयाँ दिल्ली गैरहेको एउटा फ्लाइटमा सहयात्रीसँग वादविवाद गरेर चर्चामा  आए । विमानमा सँगै रहेकी नायिका अनुष्का शर्माले विरोध जनाउँदा समेत ती यात्री उनीहरूको तस्बिर खिचिरहेका थिए ।

चलचित्र 'कजरारे' का निर्माता भूषण कुमारले कुनै पनि प्रचार-प्रसार बिना नै यो चलचित्रलाई मुम्बई तथा पुणेका एक-एकवटा सिनेमा हलमा प्रदर्शन गरे । उनले  चलचित्रको स्याटेलाइट अधिकार बेच्नका लागि त्यसो गरेका थिए । चलचित्रका नायक हिमेश रेशमियाले यो प्रकरणले आफूलाई आश्चर्यमा पारेको बताए ।

एक-अर्काको शत्रुका रूपमा चिनिने सलमान खान तथा ऋतिक रोशनबीच पुनः मित्रता गाँसियो । त्यसो त ऋषि कपुर तथा करण जौहरबीचको मनमुटाव पनि वर्षको अन्त्यमा आएर टुंगिएको चर्चा छ । उनीहरूले पनि मित्रताको हात अघि बढाइसकेका छन् । सलमान र ऋतिकलाई सलमानकै कान्छा भाइ सोहेल खानले मिलाइदिएका  हुन् ।

वर्ष २०१० को प्रारम्भदेखि अन्त्यसम्म नै सलमान खान तथा कटरिना कैफबीचको सम्बन्धका बारेमा विभिन्न समाचार सार्वजनिक भैरहे । उनीहरूको सम्बन्धको  वास्तविकता बलिउडकर्मीका लागि ज्ञिजासाकै विषय रह्यो । यद्यपि उनीहरू दुईबीच दूरी कायमै रहेको कुरा यो वर्ष छर्लङ्ग भयो ।

शाहरुख खान तथा फराह खानबीचको दूरी पनि यो वर्ष बढेको बढ्यै भयो, घटेन । कुनै बेलाका निकट मित्र शाहरुख तथा फराहले यो वर्ष एक-अर्कालाई तल पार्न  विभिन्न उपाय अपनाए । शाहरुख फराहको नयाँ चलचित्र 'तीस मार खाँ' प्रदर्शन हुने दिन (२४ डिसेम्बर) अजय देवगण तथा काजोल अभिनीत चलचित्र 'टुनपुरका  सुपरहिरो' जुधाउन सफल भए । वास्तवमा टुनपुरका सुपरहिरो डिसेम्बर १७ मा प्रदर्शन गर्ने तय भएको थियो, तर शाहरुखले फराहलाई चिढ्याउन निर्माण संस्था इरोस  इन्टरटेन्मेन्टलाई मनाएर उक्त चलचित्र २४ डिसेम्बरमै प्रदर्शन गराइदिए । फराहसँग जति नै टाढिए पनि शाहरूखले दुई नायिकाको झगडा भने समाप्त पारिदिए । शाहरु खले करिना कपुर तथा प्रियंका चोपडाबीचको लामो समयदेखिको संवादहीनता अन्त्य गरेका हुन् ।

बलिउड र विवाह  

बलिउडमा वर्ष २०१० मा थुप्रै कलाकार वैवाहिक जीवनमा बाँधिए ।

वर्षको पहिलो विवाह नायिका नन्दिता दासले गरिन् । नन्दिताले २ जनवरी २०१० मा दोस्रो विवाह गरेकी हुन् । उनले यसपटक सुबोध मस्करालाई जीवनसाथी रोजिन् ।

चन्द्रकान्त कुलकर्णीसँग सम्बन्ध-विच्छेद गरेपछि 'दिल चाहता है' मा अभिनय गर्ने नायिका सोनाली कुलकर्णीले २४ मे २०१० मा नचिकेत पन्तवैयसँग दोस्रो विवाह  गरिन् ।

मनीषा कोइरालाले सम्राट् दाहाललाई आफ्नो जीवनसाथी बनाइन् । मनीषा तथा सम्राटले १९ जून २०१० मा काठमाडौंमा विवाह गरेका हुन् ।

गायक तथा नायक लकी अलिसँग चलचित्र 'सुर' मा अभिनय गर्ने गौरी कणिर्कले ३ जुलाई २०१० मा विवाह गरिन् ।

लामो समय रोमान्स गरेपछि रणवीर शौरी तथा कोनकणा सेनले मुम्बईमा ३ सेप्टेम्बर २०१० मा विवाह गरे ।

ऐश्वर्या रायलाई बिर्संदै विवेक ओबेरायले आफ्ना आमा-बुवाद्वारा मन पराइएकी प्रियंका अल्वालाई २९ अक्टुबर २०१० मा आफ्नो जीवनसाथी बनाए ।

नायिका सनोबर तथा रम्भाले पनि यसै वर्ष दुई भिन्न पुरुषसँग विवाह गरे ।

इन्गेज्मेन्ट

इमरान खान तथा अवन्तिका लामो समयदेखि रोमान्स गरिरहेका छन् । दुवैले १६ जनवरी २०१० मा इन्गेज्मेन्ट गरे ।

लारा दत्ताले पनि नाइँ-नाइँ भन्दै विवाहका लागि 'ल' भनेकी छिन् । लाराले टेनिस खेलाडी महेश भूपतिसँग यसै वर्ष इन्गेज्मेन्ट गरेकी हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out