पेरिसडाँडामा दाहालसामु ‘मोजा र टोपी’

काठमाडौ। शान्ति र संविधानको कार्यदिशा छोडेर तत्काल बिद्रोहमा जान नहुने बाबुराम भट्टराईको मतलाई अश्वीकृत गरेपछि पेरिसडाँडामा भएको माओवादी केन्द्रीय कमिटी बैठकमा बुधवार रमाइलो बहस भयो। जनबिद्रोहको कार्यदिशा पास गरेर कार्यविभाजनमा हेरफेर गर्न छलफल भइरहंदा केही सदस्यले अध्यक्ष पुष्पकमल दाहाललाई टाउकोमा मोजा र खुट्टामा टोपी लगाउँदा कस्तो होला कामरेड भनेर सोधेपछि रमाइलो बहस भएको थियो।
जनबिद्रोहको कार्यदिशामै असहति राख्दै नोटआफ डिसेन्ट लेखेका उपाध्यक्ष बाबुराम भट्टराईलाई आन्दोलन संयोजन समितिको संयोजक बनाउने प्रस्ताव दाहालले राखेपछि सदस्यहरूले दाहाललाई ब्यंग्य गर्दै यस्तो प्रश्न गरेका थिए। बाबुराम पक्षीय पोलिटब्युरो र केन्द्रीय सदस्यहरूले भट्टराईले त्यस्तो जिम्मेवारी अस्वीकार गर्ने बैठकमा वताएका थिए।
उनीहरूले शान्ति र संविधानको कार्यदिशा भट्टराईको भएकाले उनलाई नै संसदीय दलको नेता बनाउनु पर्ने प्रस्ताव राखेका थिए। 'शान्ति र संविधानको कार्यदिशा ब्यवस्थापिका संसद्सँग जोडिएको छ, त्यसको नेताचाही बिद्रोहको कार्यदिशाका पक्षधर हुने, बिद्रोहको कार्यदिशाप्रति असहति राख्ने नेतालाई चाहीं बिद्रोहको नेतृत्व गर्ने जिम्मेवारी दिने कुरा टाउकोमा मोजा र खुट्टामा टोपी लगाउने अभ्यासजस्तो भयो' भट्टराई पक्षका केही सदइहरूले भनेका थिए।
भट्टराई पक्षको असहमतिका वावजुद माओवादीले आन्दोलन संयोजन समितिको संयोजक भट्टराईलाई नै बनाएका छन् भने भट्टराईले त्यसलाई अस्वीकार गर्ने जनाउ दिइसकेका छन्। भट्टराई दिल्लीमा रहेका कारण उनी आफैं भने बैठकमा सहभागी थिएनन्। माओवादीले गतवर्ष बैशाखमा अभ्यास गरेको जनबिद्रोहताका भट्टराईवाट आन्दोलन संयोजन समितिको संयोजक खेसेर दाहालले नै लिएका थिए। दाहालको संयोजकत्वमा माओवादीले अनिश्चितकालसम्मका लागि गरेको आम हड्ताल छैठौं दिनमा असफल भएर टुंगिएको थियो। बैठकले मोहन बैद्यलाई संगठन विभाग हेर्ने जिम्मेवारी तोकेको छ। बैद्यको जनबिद्रोहको विचारसँग आत्मसमर्पण गरेर बहुमतमा पुगेका दाहालले उनैलाई संगठनको जिम्मेवारी दिने सहमति अनुरुप त्यस्तो प्रताव राखेका हुन्। महासचिव रामबहादुर थापालाई भने तामसालिङ राज्य, भ्याली र केन्द्रीय कार्यालयको जिम्मेवारी दिइएको छ। यस्तै बैद्य दाहाल गठजोडको विरोध गर्दै आएका बैद्य पक्षीय हस्ती नेत्रविक्रम चन्दलाई युवा परिचालनको जिम्मेवारी दिएर गठबन्धन टिकाउन खोजिएको छ। भट्टराई पक्षीय अन्य महत्वपूर्ण नेताहरूलाई भने दाहालले जिम्मेवारीविहीन बनाएका छन्। भट्टराईको महत्वपूर्ण सहयोगीका रुपमा काम गर्दै आएका राम कार्की, देवेन्द्र पौडेल र नवराज सुवेदीलाई उनले जिम्मेवारीबिहीन बनाएका छन्।
यसअघि विवाद निर्णायक रुपमा चर्कंदै जाँदा बाबुराम भट्टराईलाई पेल्न बैद्यको साथमा सफल हुँदै गएका दाहालले यसपटक भने बाबुरामको संगठित शक्ति देखेपछि चकित नै परेका थिए। बैद्य दाहालको गठजोडमा पारित भएको बिद्रोहको कार्यदिशा कसरी कार्यान्वयन हुन्छ भन्नेमा दाहाल स्वयं विस्वस्त छैनन्। त्यसैले त्यसको असफलताको दोष पनि बाबुराम माथि लगाउने योजना मुताविक उनलाई आन्दोलन संयोजन समितिको संयोजक बनाउने प्रस्ताव गरिएको भट्टराई निकटले वताएका छन्। गलत कार्यदिशा सफल स्वयंमा असफल हुने भएकाले कार्यदिशाको असफलतालाई बाबुरामको असफलतासँग जोड्न र संगठनमा उनको बन्दै गएको पकड भत्काउन जिम्मेवारीको यस्तो खाका ल्याएको उनी निकटको भनाई छ। हुन पनि बाबुराम भट्टराईले केन्द्रीय कमिटीको बैठकसम्म आइपुग्दा आफ्नो पक्षमा सबै क्षेत्रवाट प्रतिनिधिमुलक सहभागीता बलियो भएको नोटआफ डिसेन्ट लेख्ने वेलामै पुष्टि गरिदिएका छन्। उनले राखेको मतप्रति सहमति जनाउँदै केन्द्रीय कमिटीको बैठकमा ८ जनाले प्रंतिनिधिमुलक रुपमा नोटआफ डिसेन्ट लेखेका थिए।
बिद्रोहको मूल कार्यनीति माओवादीको भए पनि प्रक्टिसमा माओवादीलाई बाबुरामको कार्यदिशावाट बाहिर जान अप्ठेरो छ। प्रचारकै लागि भए पनि संसदीय मोर्चामा रहनु पर्ने र शान्ति र संविधानप्रति ओठेभक्ति जनाइरहनु पर्ने भएकाले त्यसको फाइदा आफुले उठाउने रणनीतिमा दाहाल छन्। कुटनीतिज्ञ र राज्यका औपचारिक मञ्चमा विद्रोहका नेता दाहालले भट्टराईको कार्यदिशा फलाक्नै पर्ने वाध्यता छ। त्यसवाट बाबुरामको कार्यनीतिक सहीपनाको फाइदा आफुलाई हुने र आफुले बलियो हुन बैद्यसँग मिलाएको कार्यदिशाको असफलताको भागीदार बाबुराम मात्र हुने उनको बुझाई रहेको हो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out