सर्वाधिक कामुक पुरुष

पुरुषहरूका सन्दर्भमा कामुकताको बेग्लै परिभाषा छ। कामुकताको परिभाषामा पुरुषहरूलाई महिलाहरुजस्तो शारीरिक आकर्षणसँग जोडिएको पाइँदैन। मानिससँग गर्ने  व्यवहार, बोली वचन र आफ्नो क्षेत्रमा प्राप्त सफलताले पुरुषहरूको आकर्षणलाई परिभाषित गरेको पाइन्छ। यसै सन्दर्भमा यो वर्ष पिपुल म्यागजीनले वर्ष २०१० मा  आफ्नो कार्य क्षेत्रको सफलता र महिलाहरूलाई आफूतर्फ आकषिर्त गर्न सक्ने क्षमताका आधारमा संसारका सर्वाधिक कामुक पुरुषको सूची जारी गरेको छ। कामुक  महिलाहरूका तुलनामा यस्तो सूचीमा फेसन मोडल तथा गीत संगीतको क्षेत्रभन्दा बाहिर चलचित्रका नायकहरूले सूचीमा अग्रस्थान ओगटेका छन्।
प्याट्रिक डेम्पसे
पिपुल म्यागजिनको सर्वाधिक कामुक पुरुषको सूचीको दोस्रो स्थानमा हलिउडकै चलचित्र कलाकार तथा कार ड्राइभर प्याट्रिक डेम्पसे छन् । सन् १९६६ जनवरी १३ मा  जन्मिएका डेम्पसेलाई चलचित्र म्याकडि्रमीमा निर्वाह गरिएको डा. डेरेक शेर्फडको भूमिकाका लागि स्मरण गरिन्छ । आफ्नो जीवन लगभग हलिउडमा बिताएका डेम्पसे  चलचित्र अभिनेताका अतिरिक्त कार रेसिङका समेत चर्चित खेलाडी हुन् ।

जोनी डेप
सूचीको छैटौं स्थानमा हलिउडका चलचित्र अभिनेता जोनी डेप छन् । सन् १९६३ जून ९ मा जन्मिएका डोनी डेप पाइरेट्स अफ द क्यारिबियन सिरिजका चलचित्रहरूका  कारण चर्चामा आएका हुन् । आफ्नो फरक र विशिष्ट गेटअपका कारण ४६ वर्षीय जोनी युवा अवस्थादेखि नै सुन्दरीहरूको मनमा रहन सफल छन् ।

जेम्स म्याकोभे
सर्वाधिक कामुक पुरुषको सूचीको पाँचौं स्थानमा स्कटल्यान्डका चलचित्र अभिनेता तथा रंगमञ्चकर्मी जेम्स म्याकोभे छन् । सन् १९७९ अपि्रल २१ मा जन्मिएका म्याकोभे  आश्चर्यजनक रूपमा यो सूचीमा अटाएका हुन । स्कटल्यान्ड बाहिर खासै चर्चामा नआएका म्याकोभेलाई पिपुल म्यागजिनले सर्वाधिक प्रभावशाली स्टेज एक्टरका रूपमा  समेत चित्रण गरेको छ । उनका चर्चित चलचित्र द क्रोनिकल्स अफ नार्निया तथा द लास्ट किङ अफ स्कटल्यान्ड हुन् ।

बिल स्मिथ जुनियर
सूचीको आठौं स्थानमा हलिउडका चलचित्र अभिनेता विल स्मिथ जुनियर छन् । सन् १९६८ सेप्टेम्बर २५ मा जन्मिएका स्मीथको परिचय अभिनयका अतिरिक्त चलचित्र  निर्माता र पप र्‍यापरका रूपमा समेत छ । टेलिभिजनको बाटोबाट अभिनयमा प्रवेश गरेका स्मीथलाई सन् २००७ मा न्युजविक म्यागजिनले पृथ्वीका सर्वाधिक शक्तिशाली  कलाकार घोषणा गरेको थियो । उनका चर्चित चलचित्रमा वाइल्ड वाइल्ड वेस्ट, म्यान इन ब्ल्याक, रोबोट आदि छन् ।


जाभियर बार्डेन
पिपुल म्यागजिनको सर्वाधिक कामुक पुरुषको सूचीको नवौ स्थानमा स्पेनिस चलचित्र अभिनेता जाभियर बार्डेन छन् । सन् १९६९ मार्च १ मा जन्मिएका जाभियर बार्डेन स्पेनिस चलचित्रका अन्तर्राष्ट्रिय अनुहार हुन् । उनका चलचित्र जामोन, कार्ने ट्रे मूला, बोका अ बोकाले भाषाको सीमितताका बावजुद विश्वव्यापी चर्चा पाएका छन् । बार्डेनले ओस्कारसहित लगभग सबै अन्तर्राष्ट्रिय चलचित्र एवार्ड पाइसकेका छन् ।



डेभ अनाभल
पिपुल म्यागजिनको सर्वाधिक कामुक पुरुषको सूचीको सातौं स्थानमा हलिउडका चलचित्र अभिनेता डेभ अनाभल छन् । सन् १९७९ सेप्टेम्बर १५ मा जन्मिएका अनाभल यो सूचीको पहिलो दस स्थानमा रहने व्यक्तित्वहरूमध्ये सबैभन्दा कान्छा हुन् । ब्रदर्स एन्ड सिस्टर्स, लिटिल ब्ल्याक बुक जस्ता चलचित्रका लागि चर्चित अनाभल टेलिभिजन सिरियलहरूमा निर्वाह गरिएको भूमिकाका लागि समेत पटक-पटक चर्चामा आइरहन्छन् ।


म्याट डेमोन
पिपुल म्यागजिनले सार्वजनिक गरेको सर्वाधिक कामुक पुरुषहरूको सूचीको पहिलो स्थानमा हलिउडका चलचित्र अभिनेता म्याट डेमोन छन् । सन् १९७० अक्टोबर ८ मा जन्मिएका डेमोनले पहिलो पटक सन् १९९७ मा सार्वजनिक भएको चलचित्र विल हन्टिङको सफलतापछि चर्चामा आएका हुन् । चलचित्रमा अभिनयका अतिरिक्त पटकथा  समेत लेख्ने म्याट डेमोनले यसै विधामा दुई पटक गोल्डेन ग्लोब एवार्ड समेत पाइसकेका छन् । उनका चर्चित चलचित्रमा सेभिङ प्राइभेट र्‍यान, सिरियना, द गुड शेर्फड,  द डिपार्टेड तथा इन्भिक्टस छन् ।


रेयान रेनोल्ड्स
सर्वाधिक कामुक पुरुषको सूचीको तेस्रो स्थानमा क्यानाडाका चलचित्र कलाकार ३३ वर्षीय रेयान रेनोल्ड्स छन् । हालसालै हलिउड अभिनेत्री स्कारलेट जोहन्सनसँगको दुई  वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याएर चर्चामा आएका रेनोल्ड्सले सन् १९९८ मा सार्वजनिक भएको टु गाइज एन्ड अ गर्ल नामक टेलिभिजन कार्यक्रमपश्चात् सार्वजनिक  परिचय बनाएका हुन् । उनी हास्यव्यङ्ग्यलगायत विभिन्न भूमिकामा देखिन्छन् ।


ब्राड पिट
सूचीको चौथो स्थानमा हलिउडका चलचित्र अभिनेता ब्राड पिट छन् । नायिका एञ्जेलिना जोलीसँग विवाहित ब्राड पिटको जन्म १९६३ डिसेम्बर १८ मा भएको थियो ।  हलिउडका चलचित्रमा अभिनय गर्नुका अतिरिक्त समाजसेवामा पनि नाम कमाएका ब्राड पिटलाई मानिसहरू मिस्टर एन्ड मिसेज स्मीथ, ओसियन ट्वेल्भ, ट्रोय जस्ता  चलचित्रका लागि स्मरण गरिन्छ ।

शेरमार मूर
सर्वाधिक कामुक पुरुषको सूचीको दसौं स्थानमा हलिउडका चलचित्र अभिनेता शेरमार मूर छन् । फेसन मोडलका रूपमा आफ्नो करियर सुरु गरेका शेरमार अफ्रो-अमे रिकन मूलका कलाकार हुन् । उनलाई मानिसहरू चलचित्र द योङ एन्ड द रेस्टलेसमा निर्वाह गरेको मेल्कम विन्टर्सको भूमिकाका लागि बढी स्मरण गर्छन् । चलचित्र  अभिनेताका रूपमा शेरमार मूरले जुन व्यावसायिक सफलता पाएका छन् त्यसले थुप्रै अफ्रिकी युवकलाई अमेरिका आप्रवासनमा समेत प्रेरित गर्ने गरेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out