२०१० का उत्कृष्ट पाँच सिनेमा

नेपाली सिनेमामा वर्ष २०१० मा अधिकांश चलचित्रहरु फ्लप र औषतमा खुम्चिए । तीमध्ये केहीले आर्थिक मन्दीको चपेटाका बीचपनि आफूलाई ब्यवसायिक रुपमा सुरक्षित राख्न सफल भए । फटाफट हलबाट सातामै चलचित्र उत्रिदैं गर्दा तीमध्ये केही चलचित्रले आशाको सम्भावनालाई जीवित राखेका थिए ।

हलिउडको बहुचर्चित सिनेमा 'अवतार'ले नेपाली थिएटरहरु पिटिरहँदाको अवस्थाबीच पनि चलिरहेको 'हिफाजत'ले ब्यावसायिक रुपमा नेपाली सिनेमामा आशाको किरण दीप्त पारेको थियो ।
चर्चा र कलेक्सनको आधारमा हामीले वर्ष २०१० का उत्कृष्ट पाँच नेपाली सिनेमा यहाँ प्रस्तुत गरेका छौं ।

१) गोर्खापल्टन
प्रशान्त तामाङ स्टारर चलचित्र 'गोर्खापल्टन' वर्ष २०१० मा सर्वाधिक कमाउने र लोकप्रीय नेपाली चलचित्र हो । २ करोड १० लाख रुपैंया ग्रस आम्दानी गरेको यो चलचित्रले पूर्व इन्डियन आइडल प्रशान्तको लोकप्रीयतालाई अनुमोदन मात्र गरेन 'कोही…मेरो'को कारण घाटामा डुबेका वंशल दाजुभाईलाई फाइदा दियो । निर्देशकका रुपमा लोकगायक नारायण रायमाझी दरिए । नेपाली लाहुरेको कथामा आधारित चलचित्रको पक्षमा लाहुरेका सहरहरुमा र्‍याली, झाँकी र पन्चैबाजा निकालिए । मौलिक कथा र प्रशान्तको स्टारडमले चलचित्रको पिकअप उत्कृष्ट रह्यो । दोस्रो सातामै यसले अर्को चलचित्र 'फस्टलभ'को रेकर्डलाई माथ दिएको थियो ।

२) फस्टलभ
वर्ष २०१० मा नेपाली चलचित्रलाई संकट र निराशबाट उतार्ने श्रेय चलचित्र 'फस्टलभ'लाई जान्छ । लभस्टोरी, मल्टिस्टारर र सिमोस सुनुवारको राम्रो निर्देशकीय प्रयोगका कारण 'फस्टलभुले राम्रो रिभेन्यु संकलन गरेको थियो । उस्तै प्रविधि, शैली र ट्रेन्डका चलचित्र धमाधम फ्लप भैरहेको बेलामा 'फस्टलभ'ले गुड ओपनिङ गर्दै पहिलो साता ८५ लाखको जबर्जस्त खाता खोलेको थियो । यो चलचित्रले कूल १ करोड ८० लाख आम्दानी गर्‍यो । चर्चाको हिसाबले पनि यो चलचित्र उत्कृष्ट रह्यो । निर्माता माधव वाग्ले 'फस्टलभ'को ब्यापारिक सफलता देखेर यसको सिक्वेल निर्माणमा जुटेका छन् । यही चलचित्रले आर्यन सिग्देल, निशा अधिकारी, ऋचा शर्मा र विनय श्रेष्ठलाई रजतपटमा बलियोसँग स्थापित गरिदियो । यही चलचित्रबाट हिरो आर्यनको रेट ५ लाख पुगेको थियो र चुलिने क्रममा छ ।

३) कसले चोर्‍यो मेरो मन
परम्परागत राज परिवारभित्रको प्रेमकथामा आधारित यो चलचित्रले वर्ष २०१० मा ९० लाख कलेक्सन गर्दै तेस्रो वरियतामा आफूलाई उभ्यायो । छवि ओझाले निर्माण गरेको चलचित्रमा आर्यन सिग्देल र रेखा थापाको मुख्य भूमिका छ । फर्मुला श्रेणीको भएपनि हिरोइन रेखाको स्टारडम र पब्लिसिटीले 'कसले चोर्‍यो मेरो मन' चर्चा र आम्दानीका हिसाबले राम्रो रह्यो ।

४) पलपलमा
वर्ष २०१० मा उकेश दाहाल निर्देशित चलचित्र 'पलपलमा'ले ७५ लाख कलेक्सनमात्र होइन चर्चाको हिसाबले पनि प्रसिद्धी बटुलेको थियो । नेपाली सिनेमामा पहिलोपटक यही चलचित्रबाट 'एडल्ट' सिनेमाको थालनी भएको छ । वयस्क अर्थात १६ वर्षमाथिका दर्शकले मात्र हेर्न पाउनेगरि सेन्सर बोर्डले यो चलचित्रलाई एडल्ट सर्टिफिकेट प्रदान गरेको थियो । प्रदर्शन अगावै चर्चाको विषय बनेको 'पलपलमा'ले मोफसल र उपत्यकामा कलेक्सनको अनुपातलाई समान तुल्याएको थियो । राजधानी काठमाडौंको यथार्थ पुरुष यौनकर्मीको प्रवृत्तिलाई कथा बनाएको यो चलचित्रपछि निर्देशक दाहालले उस्तै ट्रेन्डको अर्को चलचित्र 'किन किन'मा जुटेका छन् ।

५) हिफाजत
जेम्स क्यामरुन निर्देशित हलिउड चलचित्र 'अवतार' रिलिजकै दिन 'हिफाजत' प्रदर्शनमा आएको थियो । क्रीटिक्स राम्रो पाउन नसकेपनि यो चलचित्रले मोफसलमा राम्रो कलेक्सन गर्दै ७० लाख आम्दानी गर्‍यो । कथा नौलो र ट्रेन्ड पुरानै रहेको यो सिनेमाबाट आयुष रिजाल सम्भावना बोकेका अभिनेताका रुपमा उदाए । संकट ब्योहोरिरहेको नेपाली चलचित्रमा 'हिफाजत'ले आशाको सूत्रपात गरिदिएको थियो । छवि ओझाले निर्माण गरेको यो चलचित्रलाई बलिउडको कपि-पेस्ट भनिएपनि स्वदेशी दर्शकले मनपराए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out