आर्यनले छाडेछन् हार्डड्रीक्स !

सम्भवतः मदिरा पिउने हिरोहरुमध्ये अग्रपंक्तिमा दरिन्छन् आर्यन सिग्देल । मदिराकै कारण थुप्रै डिस्को, होटल र सार्वजनिक स्थानमा उनले घटना गराएका छन् । जमघट र पार्टीमा उनको प्रिय पेय पनि मदिरा नै हो । एउटा अखबारमा खुकुरी रम पिउँछु भनेर चर्चा बटुलेका आर्यन मदिरामा मस्त हुन्छन् र मदिरा सामु अरु बिर्सिदिन्छन । तर यतिबेला यी महंगा हिरोले हार्डड्रीक्स छाडेको बताएका छन् । हेल्थ-कन्सस हुन थालेको र हार्डड्रीक्स छाड्न सबैले दबाब दिएपछि आर्यनले कडापेय पिउन छाडिदिएका हुन् ।
मदिराकै कारण चर्चामा आइरहने आर्यनले हार्डड्रीक्स छाडेको कुरालाई उनका फ्यानहरुले पत्याउलान नपत्याउलान आफ्नो ठाउँमा छ तर आर्यनले जे गरे राम्रै गरे । उनका निकटवर्तीका अनुसार आर्यन हिजोआज हेल्थ कन्सस हुन थालेका छन् र आहारामा पनि विशेष ध्यान दिन्छन् । पार्टीहरुमा पनि हार्डड्रीक्सबाट टाढै हुन थालेका छन् । अपकमिङ प्रोजेक्ट 'काठमाण्डू नाइट'का लागि टसन-लुकमा देखापर्नुपर्ने भएकाले आर्यनले हार्डड्रीक्स छाडेका हुन् कि भन्ने अड्कल पनि काट्न थालिएको छ ।

जुनसुकै प्रीमियर र पार्टीमा पुगेपनि हार्डड्रीक्स ट्क्राउने चलनलाई आर्यनले रुचाउन छाडेका छन् । जाडोमा शरिर तताउन पनि हार्डड्रीक्स लिनैपर्छ भन्ने पूर्वमान्यताका विरोधी पनि भएछन् उनी । जेहोस् आर्यनको हेल्थ कन्ससबाट अन्य सेलिव्रेटीले पनि सिक्नु जरुरी छ । खासगरी मदिराको सेवनले ज्यान गुमाइरहेका प्रँविधिकहरुले आर्यनबाट सिक्नु जरुरी छ । तर आशंका पनि छ -आर्यनले मिडियालाई हार्डड्रीक्स छाडेको गफमात्र दिएका हुन् कि छाडेकै हुन् ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out