मनोज, रेखा र प्रशान्त वर्षका हिट फिल्मकर्मी

तस्विरहरु चलेकै कारण 'चलचित्र' भन्ने उपाधि पाए पनि नेपाली चलिचत्र सन् २०१० मा खासै चल्न सकेनन्। पुरानै ढर्रामा बनाइएका चलचित्रहरुले नेपाली दर्शकहरुलाई तान्न सकेनन्। मनोज पण्डित निर्देशित 'दासढुंगा' यो वर्ष बनेको राम्रो चलचित्र रह्यो। रंगकर्मी अनुप बराललाई हिरोको रुपमा स्थापित गराउन सफल दासढुंगाले पण्डितलाई राम्रो निर्देशकको रुपमा समेत स्थापित गराइदियो भने दयाहाङ राईलाई झकास हिरोको रुपमा। एमाले नेताहरु मदन भण्डारी र जीवराज आश्रितको जीप दुर्घटनाको कथानक आफैँमा चर्चित रहेर मात्र हैन सिनेमेट्रोग्राफीका हिसाबले पनि यो वर्ष बनेका फिल्महरुमध्ये दासढुंगा अब्बल रह्यो।
रेखा थापाले निर्माण गरेको 'कसले चोर्‍यो मेरो मन'मा भव्य सेट लगाइए अनुसार नै त्यसले ठिकै व्यापार गर्न सक्यो। रेखाको चातुर्‍याइँका कारण राजनीतिक नेताहरु समेत यो फिल्म हेर्न सिनेमा हलसम्म पुगे। चलचित्र क्षेत्रकी चतुरी नायिका रेखाले बनाएको यो पाँचौं फिल्म थियो। सबीर श्रेष्ठ निर्देशन गरेको फिल्म दशैँको मौकामा रिलिज गरिएको थियो।

इन्डियन आइडियल प्रशान्त तामाङलाई हिरोको भूमिकामा लिएर निर्माण गरिएको 'गोरखा पल्टन'ले धेरैको अनुमान विपरित राम्रो व्यापार गर्न सक्यो। क्यासेट कम्पनी म्युजिक डटकमका लगानीकर्ताहरु राजेश र जितु बंशलले निर्माण गरेको यो फिल्मले नेपालीहरु मौलिक शैलीको फिल्मलाई रुचाउँछन् भन्ने सन्देश दिएको छ।लामो समयसम्म अमेरिका भासिएका हिरो सुधांशु जोशीले निर्माण गरेको 'नेपाल' सुपर फल्प हुनपुग्यो। दयाराम दाहालद्वारा निर्देशित यो फिल्ममा उनले देखाएको देशभक्तिपूर्ण कथालाई दर्शकले रुचाएनन्। चलचित्र क्षेत्रमा बिकाउ मानिएका राजेश हमाल, धीरेन शाक्य, सुधांशु जोशी, राजेन्द्र खड्गी, दीपकराज गिरी, सञ्चिता लुइँटेल, सज्जा मैनाली, पूर्ण थापा, निर्मल शर्माले अभिनय गरे पनि फिल्म चल्न सकेन।
म्युजिक भिडियो किङ आलोक नेम्वाङले निर्देशन गरेको 'कोही मेरो'सँग दर्शकको अपेक्षा बढी नै भए पनि त्यसले खासै राम्रो व्यापार गर्न सकेन। पाँच वर्षको अन्तरालपछि नेपाली सिनेमाको पर्दामा फर्किएकी हिरोइन झरना बज्राचार्यको फिल्मी करियअरलाई समेत जोडेर प्रचार गरिएको यो सिनेमा पुरानै रोगले ग्रस्त थियो- कथा नबग्ने। अब्बल छायाँङ्कन हुँदा हुँदै पनि कथालाई बगाउन नसक्ने रोगका कारण 'कोही मेरो'लाई दर्शकले अस्वीकार गरिदिए। म्युजिक भिडियो किङको निर्देशनमा बनेको फिल्म फल्प भएपछि उनले बुझेको हुनुपर्छ- चलचित्र र म्युजिक भिडियो फरक बिधा हुन्।

अर्का म्युजिक भिडियो निर्देशक सिमोस सुनुवारले निर्देशनमा बनेको 'फस्ट लभ' भने दर्शकको आँखामा अब्बल रह्यो। यो चलचित्रले एक सातामै ९० लाख रुपैयाँ कमाएपछि उनी भावी दिनमा समेत चलचित्र निर्देशकको रुपमा दोहोरिने सम्भावना बढाइदिएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out