फोटोसपको होइन, रेजिनाको रिएल !

आयोजित प्रेसमिटमा धेरै पत्रकारले चलचित्र 'चिनो'मा रेजिना उप्रेतीले रिएल एक्सन गरेकी हुन् भनेर ठम्याउन सकेनन् । सिनेमाको प्रोमो र पोस्टर हेरिसकेपछि धेरैले रेजिनाको नक्कली एक्सन र फोटोसपको कमाल भनेर आशंका गरे ।
प्रेस मिट होस्ट गरिरहेका निर्देशक शोभित बस्नेतलाई पुष्टि गर्न चुनौति आइपर्‍यो र तत्कालै मन्चमा बसेकी रेजिनालाई फाङ र किक देखाउन आग्रह गरे । रेजिना अकमकिइन् । स्टेज अघिको चिसो भुइँमा ओर्लिएर उनले चलचित्रमा गरेजस्तो फाङ र किकका पोजहरु देखाउन थालिन् र पत्रकारले क्यामेरामा कैद गर्न थाले । अनि शोभितले भने- बल्ल देख्नुभो ?
पुस ३० मा रिलिज हुन लागेको रिमेक चलचित्र 'चिनो'बारे जानकारी दिन आयोजित प्रेसमिटमा भएको रमाइलो घटना हो यो । पत्रकारले नपत्याएपछि रेजिनालाई वास्तविकता देखाउनुपरेको थियो । यतिसम्मकी काजल म्याडमको वेशभुषा र भूमिकामा मन्चमा बसेका द्धन्द्धनिर्देशक राजेन्द्र खड्गी र निर्देशक बस्नेत पनि रेजिनाको स्टन्टपछि ढुक्क भएका थिए । रेजिनाले यो चलचित्रमा घोडाचढी र फ्रीफलका साहसिक स्टन्टहरु पनि दिएकी छिन् ।

जमघटमा धेरैले रेजिनाको एक्सनको खुलेर प्रशसा गरे । द्वन्द्वनिर्देशक खड्गीले त पहिलोपटक नेपाली चलचित्रमा हिरोइनले गरेको यो साहसिक एक्सन भएको टिप्पणी गर्न चुकेनन् । 'हिरोइन होइन हिरोहरुले गर्न नसक्ने एक्सन पनि रेजिनाले गरेकी छिन्' निर्देशक शोभित बस्नेत भन्दै थिए ।
चर्चा तेस्रोलिङ्गीको

चलचित्रमा काजल म्याडमको रुपमा द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी तेस्रोलिङ्गी भएर खेलेका छन् । 'खेल्दा-खेल्दा आफैलाई गे जस्तो लाग्न थाल्यो' खड्गी भन्दै थिए । भुवन केसीकी पूर्वपत्नी सुस्मिता केसीको सुझावमा फिल्मको खलपात्रलाई तेस्रोलिङ्गी बनाइएको र सुरुमा यो भूमिका अशोक शर्मालाई दिइएकोमा ब्यवस्तताले राजेन्द्रले खेलिदिएको शोभितले बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out