प्रचण्डको खतरनाक खेल

काठमाडौं । एकिकृत नेकपा माओवादीको पालुङटार बैठकपछि नयाँ शक्ति आर्जन गर्दै अघि बढेका उपाध्यक्ष डा. बाबुराम भट्टराईको राजनीतिक भविष्य समाप्त पार्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले खतरनाक खेल सुरु गरेका छन्। गत पुस २ गतेको केन्द्रीय समिति बैठकबाट पारित अध्यक्ष दाहालले प्रस्तुत गरेको जनविद्रोहको कार्यदिशामा उपाध्यक्ष भट्टराईले 'नोट अफ डिसेन्ट' लेखेपछि प्रचण्डले भट्टराईलाई सिध्याउने खेल सुरु गरेका हुन्।
उच्च माओवादी स्रोतका अनुसार भारत प्रवास इन्चार्ज रहेका प्रचण्डका सम्धी टिवी पाठकमार्फत् बाबुरामको राजनीतिक भविष्य समाप्त पार्ने षड्यन्त्र भइरहेको छ।
माओवादीको जनयुद्धका क्रममा सिलीगुढीबाट उपाध्यक्ष मोहन वैद्य 'किरण', जाली पासपोर्ट प्रयोग गरेर युरोपतर्फ जान लाग्दा चेन्नइ विमानस्थलबाट सीपी गजुरेल तथा पटनाबाट पोलिटब्युरो सदस्य कुलप्रसाद केसी, लोकेन्द्र विष्ट तथा केन्द्रीय सदस्य हितबहादुर तामाङ, अनिल शर्मालगायत १८ जना उच्चस्तरीय माओवादी नेता पक्राउ परेका थिए। यी घटना बाबुरामको संलग्नतामा भएको प्रमाण खोज्न प्रचण्डले सम्धी पाठकलाई खटाएको माओवादी स्रोत बताउँछ।
माओवादीको महिषापुर बैठकले नेतृत्वलाई केन्द्रीकरण गर्दै भारतविरुद्ध सुरुङयुद्ध गर्ने निर्णय गरेको थियो। त्यो निर्णयपछि माओवादीले गाउँगाउँमा सुरुङ खनेर त्यसको रिहर्सलसमेत गरेका थिए। नेतृत्वको केन्द्रीकरण गरी प्रचण्डलाई प्राधिकार बनाउने र सुरुङयुद्ध गर्ने पार्टी निर्णयप्रति उपाध्यक्ष भट्टराईले असहमति जनाएका थिए। बाबुरामको असहमति लगत्तै पटनामा माओवादीका नेता पक्राउ परेकाले यस घटनामा बाबुरामलाई दोषी करार गर्ने प्रयत्न भइरहेको छ। सभासद् समेत रहेकी प्रचण्डपुत्री रेणु दाहालका ससुरा पाठक अहिले त्यो मुद्दा उल्ट्याउन जोडतोडका साथ लागेको बताइएको छ। सभासद् रेणुका श्रीमान् अर्जुन पाठक माओवादी संसदीय दलमा कार्यरत छन्। माओवादी सभासद्ले पार्टीलाई बुझाउने रकम उनै पाठकले बुझ्ने गरेका छन्। प्रचण्डले आफन्तलाई राखेर आर्थिक कोष सञ्चालन गरेको विषयमा पालुङटार बैठकमै गम्भीर ढंगले कुरा उठेको थियो। उपाध्यक्ष वैद्यले त अध्यक्षमा सांस्कृतिक र आर्थिक विचलन देखा परेको संगीन आरोप नै लगाएका थिए।
पालुङटार बैठकमा शान्ति र संविधानको पक्षमा राजनीतिक प्रतिवेदन पेश गरेर प्रचण्डलाई कडा चुनौती दिएका भट्टराईको लगाम बेलैमा नकसे माअेावादीको नेतृत्व कालान्तरमा भट्टराईको हातमा पुग्ने निष्कर्षमा नयाँबजार पुगेपछि आफ्नै सहकर्मीविरुद्ध घातक काम गर्न प्रचण्ड अग्रसर भएको स्रोत बताउँछ। अन्तर्राष्ट्रिय समुदाय, सर्वसाधारण मात्र होइन पार्टीभित्रै पनि दिनप्रतिदिन बाबुरामको पक्षमा समर्थन बढिरहेको छ। पुस २ गतेको बैठकमा प्रचण्डले वैद्यको ढाडमा टेकी ल्याएको जनविद्रोहको कार्यनीतिप्रति लिखित असहमति जनाएपछि बाबुराम झन् चर्चामा छन्। पार्टीमा टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, राम कार्की, गंगा श्रेष्ठ, हरिमुल्लाह खाा, प्रभु शाहलगायत केही नेता मात्र बाबुरामको पक्षमा खुलेका अवस्थामा पालुङटार बैठकपछि १ सय ४८ सदस्यीय केन्द्रीय समितिमा बाबुरामको विचारलाई समर्थन गर्ने ४० भन्दा बढी केन्द्रीय सदस्य पुगेको बताइएको छ। पार्टीभित्र बाबुरामको पक्षमा अपार समर्थन बढिरहेकाले नै प्रचण्ड हतास बनेको स्रोत बताउँछ।
त्यसो त प्रचण्डले केन्द्रीय समिति बैठकबाट बाबुराममाथि अनुशासनको डन्डा बर्साएर उनको राजनीतिक विचारलाई समाप्त पार्ने योजना बनाएका थिए। तर, फरक विचारलाई पार्टीमा अघि बढ्न नदिने प्रचण्डको अधिनायकवादी सोचको पार्टीभित्र र बाहिरबाट चर्को विरोध भएपछि प्रचण्ड बाबुरामलाई कारबाही गर्ने प्रस्ताव फिर्ता लिएर पछि हट्न बाध्य भएका छन्। अखिल क्रान्तिकारीले आइतबार आयोजना गरेको चियापानमा अध्यक्ष दाहालले भट्टराईमाथि कारबाही प्रस्ताव स्थायी समितिले फिर्ता लिएको बताएका थिए। विश्लेषकहरूले कारबाही फिर्ता प्रकरणलाई भट्टराईको ठूलो राजनीतिक विजय मानेका छन्। स्रोतका अनुसार प्रचण्डले बाबुराममाथिको कारबाही प्रस्ताव फिर्ता नलिएका भए माओवादीमा ठूलो राजनीतिक दुर्घटना हुने सम्भावना थियो। आफ्नो राजनीतिक भविष्य रक्षाका लागि बाबुरामले प्रचण्डसाग आत्मसमर्पण गर्ने अवस्था थिएन। त्यतिबेला बाबुरामसाग पार्टी फुटाउनुको विकल्प मात्र रहने थियो। तर, अहिले बाबुरामले गत वैशाखको आन्दोलनअघि प्रचण्डले खोसेको आन्दोलनकारी मोर्चाको नेतृत्वसमेत हात पारेका छन् भने प्रचण्डसागको फरक मत पार्टीका तल्ला कमिटीसम्म लैजाने विजय पनि हासिल गरेका छन्।
पार्टीभित्र आफ्नो खस्कादो छवि र बाबुरामको उदाउादो छविले पनि प्रचण्डको निदहराम भएको स्रोत बताउाछ। माओवादीभित्र उपयोगवादी राजनीति गरेर दुई दशकदेखि पार्टीमा एकछत्र हालीमुहाली चलाइरहेका प्रचण्डको अवस्था दिनप्रतिदिन खस्कादो छ। पार्टीमा प्रचण्डपथसमेत लागू गराएर प्राधिकार बनेका प्रचण्डले पेश गरेको राजनीतिक लाइन पालुङटार बैठकबाट पारित हुन सकेन। पालुङटारबाट फर्केपछि केन्द्रीय समिति बैठकबाट पनि प्रचण्डको प्रतिवेदन पास हुने स्थिति नबनेपछि वैद्यसाग आत्मसमर्पण गरेर प्रचण्डले केन्द्रीय समिति बैठकबाट जनविद्रोहको नीति पास गरेको थियो। प्रचण्ड कतिसम्म उपयोगवादी राजनीति गर्छन् भने जनयुद्ध विसर्जन गरेर बाबुरामको हुलियामा काठमाडौं छिरेका प्रचण्ड जनविद्रोहको कार्यनीति पास गर्नुअघि वैद्य हुलियामा देखापरे। त्यसो त वैद्यको विचारमा टेकेर जनयुद्ध सुरु गरेका प्रचण्ड चुनवाङ बैठकबाट बाबुरामले अघि सारेको लोकतान्त्रिक गणतन्त्रको विचार मान्दै शान्ति प्रक्रियामा आएका थिए।
बाबुरामको राजनीति सिध्याउन प्रचण्डले २०६१ माघ १८ गते लावाङ बैठकबाट कारबाही गरेर जनसेनाको घेराबन्दीमा राखेका थिए। तर, तीन महिनाजति नजरबन्दमा राखेपछि बाध्य भएर बाबुराम र कृष्णबहादुर महरालाई राजनीतिक दलसाग वार्ता गर्न भन्दै नयाादिल्ली पठाएका थिए। प्रचण्ड अनुदार नबनेको भए बाबुरामको नेतृत्वमा करिब एक वर्षअघि नै संयुक्त राष्ट्रिय सरकार बनिसक्ने थियो। तर, माओवादीमा आफूबाहेक अरुलाई प्रधानमन्त्री बन्न नदिने प्रचण्डको सोचकै कारण मुलुक लामो समयदेखि राजनीतिक गतिरोधको सिकार भई संविधान निर्माण कार्य विलखबन्दमा परेको छ। बाबुरामलाई प्रधानमन्त्री बनाउन माधव नेपालले प्रचण्डलाई औपचारिक प्रस्ताव गरेपछि प्रचण्डले भारतले उनलाई प्रधानमन्त्री बनाउन खोजेको सार्वजनिक अभिव्यक्ति दिएर भट्टराईको तेजोबध गरेका थिए। प्रचण्डको यो आरोपले ल्याएको तरङ्गलाई मत्थर पार्न भट्टराईले आफू प्रधानमन्त्री नबन्ने घोषणा गर्नुपरेको थियो।
नेपाली राजनीतिमा माओवादी अहिले सबैभन्दा ठूलो दल हो। ठूलो दलको अध्यक्षको हैसियतमा प्रचण्डले राजनीतिक गतिरोध अन्त्यका लागि पहलकदमी लिनुपर्ने थियो। तर, पार्टी व्यवस्थापनमै असफल भइरहेका प्रचण्डबाट त्यो ढंगको अपेक्षा पूरा हुन सकिरहेको छैन। आफ्नो नेतृत्वमा सरकर गठन नभएसम्म सहमतिमा बाधक बनिरहने प्रचण्ड शैलीको परिणाम बाबुरामले मात्र होइन मुलुकले पनि भोग्ने निश्चित छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out