श्रीमती हत्या गर्न ६ लाख

ललितपुर, पुस १९ - पैसाको लोभले मान्छेलाई कति हिँस्रक बनाउँछ भन्ने उदाहरण हुन नख्खु कारागारका बन्दी राजु बस्नेत । २ लाख रुपैयाँको लोभले उनी अरुको हत्या गर्न तयार भए । त्यो पनि १ लाख ८० हजार उधारोमा । तीन श्रीमतीका पति किशोर राईले कान्छी पत्नी इश्वरी थापाको हत्यामा बस्नेतलाई प्रयोग गरेका थिए ।
सुनसरीको इटहरीका किशोरले तेस्री श्रीमति भित्र्याएपछि पारिवारक कलह बढेको थियो । भित्र्याएको ३ वर्षछि किशोरले इश्वरीको हत्या गर्ने योजना बनाएर आफूहरुसग सहयोग मागेको बस्नेतले बताए । काम सकिएपछि थप ५ लाख दिने शर्तमा बस्नेत सहितका तीन जनालाई किशोरले एक लाख रुपैया“ दिएका थिए । त्यसमध्ये बस्नेतको भागमा २० हजार मात्र परेको थियो ।

गत असोज १८ र २० गतेको योजना अनुसार २२ गते घटस्थापनाका दिन राईको शंखमुलस्थित डेरा पुगेका बस्नेत, सागर थापा मगर र भोटेले थापाको हत्या गरेको बस्नेतले स्वीकार गरेका छन् । बस्नेतले सहजै अपराध स्वीकार गरी योजनाकारको पोल खोलेका भने होइनन् । हत्या लगत्तै ललितपुर प्रहरीले घटनामा संलग्न रहेको आशंकामा किशोरलाई पक्राउ गरेको थियो । २४ दिन हिरासतमा बस्दा पनि उनले मुख खोलेनन् । उनी पछि पक्राउ परेका बस्नेतले आफुसहितका तीन जनाले २५ वषिर्य थापाको हत्या गरेको स्वीकार गरेपनि योजनाकारबारे केही बताएनन् । घटनास्थलबाट हराएको मोबाइल खोज्दै जादाू प्रहरीले बस्नेतलाई पक्राउ परेका थिए । सागर र भोटे भने फरार छन् । प्रहरीले निर्दोष ठानेर किशोरलाई छोडिदिएको थियो ।
कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत काठमाडौंले मसिंर २ गते बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । राजुले फोन गरेर बोलाएपछि किशोर उसलाई भेटन् जेलमा गए । बस्नेतका अनुसार आधा घण्टा कुराकानीमा उनले किशोरसंग बाँकी रकम माग गरेका थिए । भोलीपल्ट रकम लिएर आउने वाचा गरेर निस्किएका किशोर सर्म्पर्क विहिन भए । 
किशोरलाई खोज्न पटक पटक गरेको प्रयास असफल भएपछि बल्ल बस्नेत उनको योजना र्सार्वजनिक गर्ने निस्कर्षा पुगे । बकपत्रका लागि अदालत लगेकोबेला उनले मृतकका आफन्त सामु किशोरको योजनामा उनकी श्रीमतिको हत्या गरेको बताए ।
नया“ सूचनाबाट अचम्ममा परेको प्रहरीले दोहोर्‍याएर अनुसन्धान सुरु गर्यो । सोधपुछका लागि गएर प्रहरी सामु बस्नेतले थापाको हत्या बारे सबै विवरण दिए । प्रहरीले त्यसलाई क्यामरामा रेकर्ड गरी प्रमाणका रुपमा राखेको छ । योजनाको पर्दा खुलेपछि प्रहरीले किशोरलाई आइतबार पुन पक्राउ गरेको छ । उनी शंखमुल स्थित मेनपावर कार्यालयबाटै पक्राउ परेका हुन् । 
'अनुसन्धानका लागि नयाँ आधार फेला परेको छ' ललितपुर प्रहरी परिसर प्रमुख एसपी बिक्रमसिंह थापाले भने 'तीन हप्ता भन्दा बढि राखेर अनुसन्धान गर्दा बस्नेतले किशोरको नाम लिएन, निर्दोष देखिएकाले छाडेका थियौं' उनले भने 'अब म्याद थप गरेर कारबाही गर्र्छौ ।' थापाले राई जेलमा जानु शंकास्पद रहेको भन्दै त्यस माथी अनुसन्धान गर्ने बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out