कन्ट्रोभर्सीबीच रियालिटी सो र टेली सोपकै रजाइँ

अभिताभ बच्चनले कौन बनेगा करोडपतिलाई धपेडी र स्वास्थ्यका कारण बीचैमा बन्द गर्नुपरेको चर्चा ।
पहिले नै विवाहित जोडी सारा खान र अली मर्चेन्टको 'निकाह' को नाटक गरिएकोमा 'बिग बोस' का सञ्चालकविरुद्ध अदालतमा मुद्दा ।
राखीका इन्साफकी सञ्चालिका राखी सावन्तद्वारा कार्यक्रममा खराब शब्दहरूको प्रयोग कारण अदालतमा मुद्धा ।
स्टार प्लसको श्रृंखला 'प्रतिज्ञा'मा प्रतिज्ञाकी आमा बन्ने कलाकार मोनिका सिंह र भाइ बन्ने कलाकार अंकित गेराबीच प्रेम प्रसंग अर्थात् अनस्क्रिन आमा-छोरा, अफस्क्रिन  प्रेमीप्रेमिका ।एकता कपुरले बालाजी फिल्म्समाकार्यरत २५ जना लेखकको जागिर खोसिन् । ती लेखकले उनको चाहना बमोजिम नौलो किसिमको कथा सिर्जना नगरेकाले जागिरबाट  निकाल्नुपरेको बताइन्छ ।
टेलिभिजनको संसारमा नेपाली दर्शकहरूले रुचाएका भारतीय च्यानलका हस्तीहरूका बारेमा वर्ष २०१०मा सुनिएका यी गसिप तथा स्क्यान्डलका केही नमुना मात्र हुन् ।  दर्शकका घर-घरमा सोझै पुग्ने टेलिभिजन कलाकार तथा परिचित अनुहारहरूका नाटकीय कुरा र कन्ट्रोभर्सी वर्षैभरि सुनिए ।

टेलिभिजनलाई 'इडियट बक्स' अर्थात् मुर्ख बाकस पनि भनिन्छ, तर भारतीय टेलिभिजन च्यानलहरूले केही वर्षयता यसरी प्रगति गरेका छन् कि यसले अब मनोरञ्जनको  बजारलाई हाँक्न थालेको अनुभूति हुन्छ । मनोरञ्जनका नाममा 'रियालिटी सो' तथा धारावाहिक कथाहरू मात्र प्रस्तुत गर्ने प्रतिस्पर्धा केही वर्षदेखि भारतका च्यानलहरूमा  जोडका साथ चलिरहेको छ, र यो वर्ष पनि त्यो प्रतिस्पर्धा जारी रह्यो । 'भ्युअर्स कञ्जुमर रिसर्च'का अनुसार भारतीय टेलिभिजनका ती कार्यक्रम दर्शकले रुचाए, जसलाई  बढीभन्दा बढी नाटकीय शैलीमा प्रस्तुत गरिएको थियो ।

छाए रियालिटी शोहरू

भारतीय च्यानलहरूमा यसपटक रियालिटी शोहरूको बाढी नै आयो, त्यसमा कुनै भारतीय परिपाटीका थिए भने कुनै विदेशीको नक्कल । रमाइलो कुरा के छ भने तीमध्ये  ८० प्रतिशत शोले 'टिआरपी' अर्थात् अत्यधिक टेलिभिजन रेटिङ प्वाइन्टस् बटुले । यो वर्ष सर्वाधिक रुचाइएको रियालिटी सो 'कौन बनेगा करोडपति' को सफलताले सोनी  च्यानलको घट्दो लोकप्रियतालाई ह्वात्तै माथि उठायो । कलर्समा चलिरहेको सो 'बिग बोस-४'को डे टु डे नौटंकी दर्शकलाई निकै मनपर्यो । जिटिभीको डान्स रियालिटी  सो 'डान्स इन्डिया डान्स'ले दर्शकलाई नाचमा रुचि जगायो भने सोनीको 'झलक दिखला जा'को ओपनिङ पनि भव्य रह्यो । यसका अतिरिक्त हास्य शोहरूमध्ये 'कमेडी  सर्कसका जादु', गायन प्रतिस्पर्धामा 'इन्डियन आइडल', 'सारेगम', 'छोटे उस्ताद' आदिले पनि दर्शकलाई टेलिभिजन अघिल्तिर बस्न बाध्य पारिरहे ।

पर्दा सानो स्टार ठूला

सानो पर्दामा तत्काल पाइने लोकप्रियताले बलिउडका 'सिल्भर स्क्रिन' अर्थात् ठुलो पर्दाका स्टारहरूको झुकाव वर्ष २०१०मा अझै बढेको पाइयो । उनीहरूले सोको  सञ्चालनबापत पाउने पारिश्रमिकले पनि रेकर्ड नै राख्यो । चार वर्षको लामो 'ग्याप'पछि 'कौन बनेगा करोडपति'का सञ्चालक बलिउड सुपरस्टार अमिताभ बच्चन हरेक  एपिसोडमा करोडपति भैरहेका थिए । धपेडीका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनले उक्त रियालिटी शोका श्रृंखला छोट्याउन लगाए पनि प्रत्येक एकघण्टे श्रृंखला  सञ्चालन गरेपछि उनलाई २ करोड रुपैयाँ पारिश्रमिक दिइन्थ्यो । अर्कातर्फ सलमान खानले 'बिग बोस' सञ्चालन गरेबापत पाउने पारिश्रमिक अमिताभको भन्दा बढी  रह्यो । अहिले पनि सञ्चालन भैरहेको उक्त रियालिटी सोको 'एलिमेनेसन एपिसोड' सञ्चालन गरेर हरेक पटक उनी साढे दुई करोड पारिश्रमिक पाइरहेका छन् । बलिउड  स्टार हुनुअघि बैंककमा खाना पकाउने सेफको जागिर खाएका अक्षयकुमारले 'मास्टर सेफ इन्डिया' को सञ्चालन गरेर प्रतिश्रृंखला डेढ करोड रुपैयाँ पारिश्रमिक पाए । अर्का तर्फ अक्षयकुमारले गत वर्षसम्म सञ्चालन गरेको सो 'खतरोका खेलाडी' सञ्चालन गरेर नायिका प्रियंका चोपडाले प्रति श्रृंखला ३० लाख भारतीय रुपैयाँ कमाइन् । सानो  पर्दामा आएका यी ठूला स्टारले एकातिर निकै कमाए भने अर्कातिर आफू र आफ्ना चलचित्रको प्रचार प्रसारका लागि रियालिटी सोहरूमा देखिने लहर निकै चल्यो । यहाँ सम्म कि 'दबंग'का लागि सलमान खानले एउटा टेलिश्रृंखलामा अभिनयसमेत गरे भने रियालिटी शोको निर्णायक बन्न पनि ठुला स्टारहरूबीच होडबाजी नै देखियो । मिथुन  चक्रवर्तीदेखि माधुरी दीक्षित र फराह खानदेखि गोविन्दाजस्ता ठूला पर्दाका दर्जनौं चर्चित अनुहारलाई विभिन्न कार्यक्रममा निर्णायकको काम जिम्मा दिइयो ।

कन्ट्रोभर्सी नै कन्ट्रोभर्सी

यसलाई टिआरपी बढाउने चाल भन्ने कि पब्लिसिटी स्टन्ट, टेलिभिजन च्यानलका केही रियालिटी शोका प्रस्तुति आपत्तिजनक रहे । उनीहरूमाथि मुद्दासमेत पर्‍यो । भारत  सरकारको सूचना तथा सञ्चार मन्त्रालयले समेत ती शोमा रोक लगाउन पहल गर्‍यो । यद्यपि नातिजा शून्य नै रह्यो । 'बिग बोस' भित्र बोलिने अश्लील शब्द र  क्रियाकलापलाई आपत्तिजनक मानियो । त्योभन्दा पनि 'राखीका इन्साफ'मा सञ्चालक राखी सावन्तको प्रस्तुति विरुद्ध अदालती मुद्दा नै चल्यो । बिन्दास च्यानलको  रियालिटी शो 'इमोसनल अत्याचार' भित्रको अत्याचारी व्यवहारलाई क्रूर बताएर त्यसले बालमस्तिष्कमा नराम्रो प्रभाव पार्ने दाबी गर्दै सूचना तथा सञ्चार मन्त्रालयले रोक  नै लगाउन खोज्यो ।
सोसियल ड्रामा पहिलो रोजाइ
रियालिटी शोहरूको बाढी आए पनि सोसियल ड्रामाका विभिन्न रुप अर्थात् टेलिश्रृंखलाहरू दर्शकको पहिलो रोजाइ बने । भारतीय टेलिभिजनका श्रृंखलाहरूमा 'बालिका बधु'  सर्वाधिक रुचाइएको श्रृंखला बन्यो भने अगले जनम मोहे बिटिया ही किजो, भाग्यविधाता, झाँसीकी रानीजस्ता सोसियल ड्रामा निकै मन पराइए । प्रतिज्ञा, ससुराल गेंदा  फुल, पवित्र रिश्ता, उत्तरन, विदाई पनि उत्कृष्ट दस श्रृंखला मानिए । कलाकारहरूको नाटकीय अभिनय एवं महिला कलाकारहरूको आँसुले ती श्रृंखलाको लोकप्रियता  बढाएको कुरालाई नकार्न सकिँदैन ।

वल्र्ड प्रिमियरको होडबाजी
भारतीय टेलिभिजनको कार्यक्रमले बलिउडमा चलचित्र निर्माण गर्नेहरूलाई 'च्यालेञ्ज' नै गरेको अवस्था देखियो । च्यानलहरूमा ठूलो बजेटका चलचित्रलाई रिलिजभन्दा  अगावै प्रसारण गर्ने अधिकार लिने होडबाजीमा निकै खर्च गरियो भने दर्शक चलचित्र सार्वजनिक भएको केही महिनामै नयाँ चलचित्र घरमै हेर्न पाउँदा मख्ख परे । रावण,  काइट्सजस्ता २०१०का 'बिग बजेट' का सुपरफ्लप चलचित्रदेखि 'ब्रेकके बाद', 'आइ हेट लभस्टोरिज', 'खट्टामिठा'का साथ यो वर्षको 'ब्लक बस्टर' चलचित्र 'दबंग'सम्म टे लिभिजनबाट 'वल्र्ड प्रिमियर' गरियो ।

केही प्रसंग तेस्रो मुलुकका च्यानलका
सीएनएनको चर्चित लाइभ सो 'ल्यारी किंग लाइभ' का सञ्चालक ल्यारी किंगले उक्त सोबाट विदा लिए । ७७ वर्षीय ल्यारीको बिदाइ कार्यक्रममा अमेरिकी राष्ट्रपति बाराक  ओबामा तथा पूर्वराष्ट्रपति बिल क्लिन्टनसमेत उपस्थित थिए । जाने बेलामा ल्यारीले भने- 'म शोबाट बिदा लिँदैछु, तर रिटायर भने भएको छैन ।'

प्रसिद्ध टेलिकार्यक्रम सञ्चालिका ओप्राह विनफ्रेले गरिब महिला तथा बालबालिकाको शिक्षाका लागि यो वर्ष चार करोड डलर दान गरिन् र सामाजिक क्षेत्रमा सर्वाधिक  रकम दान गर्ने सेलिब्रेटीमा उनको नाम पहिलो नम्बरमा लेखियो ।
टेलिश्रृंखलाकी कलाकार तथा गायिका माइली साइरसले स्विकार गरिन् कि उनी भारतीय मूलका क्यानेडियन टिनएजर, अभिनेता अवन जोगियासंग प्रेम गर्छिन् । आफ्नो  अठारौं जन्म दिनमा पुगेका अवनसँग टङ्किस गरेपछि माइली र अवनको सम्बन्धको चर्चा बढेको थियो ।
अमेरिकी च्यानलहरूमा सर्वाधिक पारिश्रमिक लिने टेलि स्टारहरूमा अभिनेत्री किम करदासिया पहिलो नम्बरमा पुगेकी छिन् । उनको वाषिर्क कमाई ६० लाख डलर छ । से क्सटेप प्रकरणपछि यी अभिनेत्री चर्चामा आउन थालेकी हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out