यस्तो छ जनविद्रोहको कार्यदिशा सफल पार्ने योजना

केपी ढुंगाना, काठमाडौं, पुस २० - महानगरीय प्रहरी परिसर प्रमुखमा रमेश खरेल रहँदा समातिएको माओवादी नेता खड्गबहादुर विश्‍वकर्माले प्रयोग गर्दै आएको चोरीको गाडी उनी विदामा बसेपछि माओवादीलाई नै फिर्ता दिइएको छ। शान्ति मन्त्रालयको त्रुटीपूर्ण पत्रलाई आधार बनाउँदै वरामद भएको चोरीको पजेरो फिर्ता गरिएको हो।
प्रहरीले अनुसन्धान अगाडि बढाउन नपाउँदै एआइजी अर्जुनजंग शाहीले महानगरीय प्रहरी परिसरका कामु प्रमुख प्रधुम्न कार्कीलाई गाडी फिर्ता दिन निर्देशन दिएका थिए। कार्की आजैमात्र डिएसपीबाट एसपीमा बढुवा भएका हुन्। खरेल प्ररिसर प्रमुख हुँदा 'माथि'का यस्ता निर्देशन कमैमात्र आउँथे।
शान्ति मन्त्रालयले यातायात व्यवस्था कार्यालय वागमतीले पजेरोमा प्रयोग भएको नम्बरमा टाटा सफारी दर्ता रहेको पुष्ठी गर्दै काठमाडौं परिसरलाई पत्र पठाएपछि अवैध गाडी फिर्ता भएको हो। गत बिहीबार समातिएको गाडी खरेलले भन्सार विभागलाई बुझाएका थिए।

माओवादी नेतृत्वको सरकार रहेको समयमा अस्थाई नम्बरमा दर्ता गरेको बा ००१ अ ३४ नम्बरको प्लेट प्रयोग गरी चलाएको खैरो रङको पजेरो नियन्त्रणमा लिएको थियो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out