दलित युवतीलाई गर्भवती बनाएको विरोधमा चक्काजाम

महेश्वर चामलिङ राई, उदयपुर, पुस २०- दलित युवतीलाई गर्भवति बनाएर फरार ब्राम्हण युवकलाई कारबाहीको माग गर्दै दलित र महिला अधिकारकारबादी संघसंस्थाहरुले जिल्ला सदरमुकाम गाइघाटमा मंगलबार बिहानैदेखि चक्काजाम गरेका छन्।
चक्काजामका कारण सदरमुकाम गाईघाटबाट अन्यत्र जाने तथा आउने गाडीहरु ठप्प छन्। सदरमुकामबाहेक मोतिगडा, देउरी, बगाहा, जलजलेलगायत गाईघाट-कदमाहा सडकखण्डमा यातायात नचल्नाले यात्रु अलपत्र परेका छन्। बन्द दिउँसो १ बजेसम्मका लागि गरिएको माडिबास संघर्ष समितिका संयोजक पृथ्वी विकले बताए। त्यसबेलासम्म पनि निकास ननिकाले थप सशक्त आन्दोलन गर्न बाध्य हुने अधिकारकर्मी पाण्डु परियारले बताइन्।
जिल्लाको पूर्वी गाविस बेल्टार-९ माडिबासकी एक १८ वर्षीयालाई ९ महिनाअघि गर्भवती बनाएर बेपत्ता २१ वर्षीय नुतन भट्टराई छ महिनादेखि सम्पर्कमा नआएपछि कारबाहीको माग गर्दै संघर्षमा उत्रिन बाध्य भएको अर्की अधिकारकर्मी मौसम राईले बताइन्।

फरार युवकलाई प्रहरी प्रशासनको मिलेमतोमा कारबाही नगरेको भन्दै पीडित पक्षका तर्फबाट अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा सोमबार दुईघण्टा धर्ना दिएका थिए।

दलित बुहारी भित्र्याउनुपर्ने डरले युवकको परिवारले नै युवकलाई भगाएको र अहिले परिवार नै भागेको भन्दै जिल्लाका दर्जन अधिकारबादी संघसंगठनले कारबाहीका लागि दवाव दिदै आन्दोलनमा उत्रिएका हुन्।

प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले पीडितलाई न्याय दिलाउने गरी सर्वपक्षीय छलफल बोलाए पनि अधिकारकर्मीहरु टुङ्गोमा पुग्न नपाई उठेर हिँडेको बताए। मंगलबार दिउँसो राजनीतिक दल र सुरक्षा निकायसहितको सर्वपक्षीय बैठक बसे पनि निश्कर्षमा पुग्न नपाई पीडित पक्ष उठेर हिँडेको उनले बताए।

'पहिले युवतीलाई सुरक्षित सुत्केरी गराउँ, कारबाही पनि गर्दै जाउँला भन्दाभन्दै उनीहरु उठेर हिँडे,' बैठकमा भएका सहमतिका प्रयासबारे सीडीओ श्रेष्ठले भने। उनीहरुले युवकको घरभित्र पुगेर जबरजस्ती युवतिलाई हुल्न खोजेपछि भट्टराई परिवार पनि विस्थापित भएको श्रेष्ठले बताएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out