गच्छदारले किनेपछि टक्ला ट्वाल्ल

काठमाडौं। फुट्नै लागेको पार्टी जोगाउनका लागि उपप्रधानमन्त्री एवं लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदारले तीन करोडभन्दा बढी खर्च गर्नुपरेको फोरम सम्बद्ध स्रोतले जनाएको छ। संजयकुमार साह 'टक्ला' को नेतृत्वमा फुट्न लागेका ११ जना सभासदलाई खरिद गर्न त्यति रकम जोहो गर्नुपरेको बताइएको छ। यद्यपि लोकतान्त्रिक फोरमका मन्त्री हुन नपाएका सभासदहरुलाई नियमित रुपमा कम्तीमा १ लाख रुपैयाँ मासिक दिने गरिएको थियो। मन्त्रीले पैसा कमाउने काम गर्न नदिएपछि रुष्ट बनेका राज्य तथा सहायकमन्त्री करिमा बेगम, संजय टक्ला तथा मासिक एक लाखले पनि नपुगेर असन्तुष्ट बनेका प्रमोद गुप्ता, निलम बर्मा, रामानन्द मण्डल लगायतले शुरुदेखि नै बिद्रोह गरिरहेका थिए। पार्टी फुटाउन लागेको चाल पाएपछि गच्छदारले उनीहरुसँग व्यक्तिगत रुपमै डिल गरेको बताइएको छ।

कृषिमन्त्री मृगेन्द्रकमार सिंहले पैसा कमाउने कुनै काम पनि गर्न नदिएपछि बोलचाल नै बन्द गरेकी सहायकमन्त्री करिमालाई गच्छदारले मन्त्रीसँगै राखेर अधिकार प्रत्यायोजन गरिदिए। कर्मचारी सरुवा बढुवामा बेगमलाई अधिकार दिएपछि उनले पार्टी फुटाउने संजय साहलाई साथ दिइनन्। त्यस्तै निलम बर्मालाई संजय टक्लाको ठाउँमा भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनाउने आश्वासन दिएर फकाएको चर्चा चलेको छ। अन्यलाई भने पैसा (पेटीका पेटी) नै गनेर दिएको चर्चा पनि फोरम कार्यकर्ताहरुबीच चलेको छ।
उता संजय टक्लाको सभासद पद भने धरापमा परेको छ। अन्तिममा सबैले घात गरेपछि एक्लै परेका टक्लाको राज्यमन्त्री पद गइसकेको छ भने सभासदबाट पनि हटाउन गच्छदारले पहल गरेका छन्। टक्ला धनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित सभासद हुन्। सभासद हुनुभन्दा पहिले उनी राजमार्गमा ढाट राखेर पैसा असुली गर्थे।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out